त्रिशुली- मलेसियाको कारागारमा मृत्युदण्डको सजाय सुनाइएका बर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक क्रियाकलापका लागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन्। नौ वर्षअघि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी अहिले मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुरकी एकमात्र छोरी झरनाको शिक्षामा सहयोग पुर्याउन मलेसियामा काम गर्ने नेपालीले रु ६२ हजार २३५ सङ्कलन गरी पठाएको हरिबहादुरका भाइ टेकबहादुरले बताउनुभयो। Continue reading “झरनालाई मलेसियाबाट सहयोग”
Author: admin
धनुषामा सूचना अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या
जनकपुरधाम- धनुषा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा सेवाग्राहीले अनावश्यक समस्या व्यहोर्नु परिरहेको छ। सूचना अधिकारीविहीन रहेका कार्यालयमा अन्यौलपूर्ण स्थितिका कारण सेवाग्राहीले कर्मचारीको स्वेच्छाचारी प्रवृत्तिको सामना गर्नुपरिरहेको छ। स्थानीय सञ्चारकर्मी धु्रवकुमार झा आफूले आवश्यक परेको सूचना लिन एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनको कुनै प्रतिक्रिया नआएको बताए। Continue reading “धनुषामा सूचना अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या”
क्षेत्रीय कारागारका १२ कैदी फरार
इटहरी- सुनसरी जिल्लाको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी फरार भएका छन्। फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक बङ्गलादेशी नागरिक रहेका छन्। उनीहरु डकैती, ज्यान मुद्दा, अपहरण, खोटा नोट चलन र नक्कली नागरिकतालगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा लामो समयदेखि कारागार जीवन बिताउँदै आएका थिए। Continue reading “क्षेत्रीय कारागारका १२ कैदी फरार”
मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीकाको शुभ साइत
विश्वकुमार शर्मा- नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटबाट त्रयोदशी तिथि आरम्भ हुन्छ। त्यसकारण यो साँझ दैलोमा यमराजलाई स्मरण गरी आह्वान स्वरुप दीपदान गरिन्छ। Continue reading “मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीकाको शुभ साइत”
रसुवामा केबुलकार राख्न पार्टीले पहल गर्ने : नेपाल
रसुवा- पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले नेता माधवकुमार नेपालले धुन्चे र गोसाइँकुण्ड जोड्ने केबुलकार निर्माण गराउन आफ्नो दलले प्रयास गरिरहेको बताएका छन्। रसुवा जिल्लाको वस्तुस्थिति अध्ययन गर्न रसुवा यहाँ आएका नेता नेपालले केबुलकार निर्माण गरी रसुवाको गरिमा उच्च पार्न सिङ्गो पार्टी पङ्क्तिले पहल सुरु गरिसकेको बताए। Continue reading “रसुवामा केबुलकार राख्न पार्टीले पहल गर्ने : नेपाल”
टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा
काठमाडौं- नेपाल टेलिकमले काठमाडौँ उपत्यकामा द्रुत गतिको ब्रोडब्यान्ड वाइम्याक्स इन्टरनेट सेवा यही कात्तिक २७ गतेदेखि सञ्चालन गर्न लागेको छ। टेलिकमका अनुसार वाइम्याक्स सेवा प्रथम चरणमा उपत्यकाका व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनीतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्ध सरकारी र गैर सरकारी निकायलगायतका सङ्घसंस्थालाई वितरण गरिने छ। Continue reading “टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा”
दुई रङका सिलिन्डर बजारमा नल्याए कारबाही
काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) का सिलिन्डर यही मङ्सिर १ गतेदेखि दुई रङमा बजारमा नल्याउने ग्यास व्यावसायीमाथि कारबाही हुने बताइएको छ। निगमले मङ्सिर १ गतेदेखि घरघरमा प्रयोग गर्ने सिलिन्डर रातो र होटल, उद्योगधन्दाहरुमा प्रयोग गरिने सिलिन्डर नीलो रङको हुनुपर्ने निर्णय गरिसकेको निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिए। Continue reading “दुई रङका सिलिन्डर बजारमा नल्याए कारबाही”
अर्काको नाममा महिला पठाउने श्रम प्रतिनिधि दर्नामी पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीका लागि सरकारबाट स्वीकृति प्राप्त एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा वैदेशिक रोजगार विभागको विमानस्थलस्थित लेबर डेस्कले आज पक्राउ गरेको छ। विभाग स्रोतका अनुसार ओमानका लागि तीन नेपाली पुरुष कामदारको संस्थागत अन्तिम श्रम स्वीकृति निकाली कागजात हेरफेर गरेर एक महिलालाई त्रिभुवन विमानस्थलबाट दुबई पठाउन लागेको अवस्थामा पक्राउ गरिएको हो। Continue reading “अर्काको नाममा महिला पठाउने श्रम प्रतिनिधि दर्नामी पक्राउ”
राष्ट्रपतिद्वारा ‘कू’ गर्ने परिस्थिति असम्भव : यादव
जनकपुरधाम- मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति तानाशाह बन्ने र कु गर्नेजस्ता परिस्थिति असम्भव भएको बताएका छन्। सञ्चारकर्मीसँगको भेटमा उनले राष्ट्रपतिले दलहरूको सहमतिमा नै निकासको बाटो पहिल्याउने धारणा राखे। अध्यादेशबाट राष्ट्र सञ्चालन गर्न खोज्नु लोकतन्त्रको घाँटी निमोठ्नुसरह हो भन्दै उनले अध्यादेशबाट राष्ट्र सञ्चालन गर्ने सोच त्याग्नु जरुरी भएकोमा जोड दिए। Continue reading “राष्ट्रपतिद्वारा ‘कू’ गर्ने परिस्थिति असम्भव : यादव”
स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखलाई निर्देशन
विराटनगर- पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले नेपाल सरकारबाट प्राप्त स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। क्षेत्रीय प्रशासन कार्यालयद्वारा आज जिल्ला प्रशासन कार्यालयमा गरिएको क्षेत्रीय कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। Continue reading “स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखलाई निर्देशन”