छठ पर्वको तयारी

भद्रपुर- प्रत्येक वर्षझैं यस वर्ष पनि झापाको भद्रपुरस्थित मेची नदीको तटमा छठ पर्व मनाउनका लागि मैथिल समाज भद्रपुरले तयारी सुरु गरेको छ। छठ पर्व व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि सो समाजले विभिन्न उपसमिति गठन गरेको छ। उक्त समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा बसेको बैठकले कन्हैया झाको संयोजकत्वमा आर्थिक सङ्कलन उपसमिति गठन गरेको छ भने पन्डाल तथा घाट व्यवस्थापनमा विकासकुमार गुप्ता, विद्युत् व्यवस्थापनमा यदुनन्दन साह र प्रचारप्रसार तथा सरसफाइमा सुशील कर्णलाई चयन गरेको छ। Continue reading “छठ पर्वको तयारी”

सिरहाका वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार

सिरहा- इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएल सिरहाका सहइन्चार्ज श्रवण यादवलाई लक्षित गरेर केहीबेर अगाडि गोली प्रहार भएको छ। यादवलाई लक्षित गरेर चार गोली प्रहार भएको हो।प्रहरीका अनुसार, गोली प्रहार भए पनि रामपुरविर्ता गाविस–२ घर भएका वाइसिएल सहइन्चार्ज यादव बाँच्न सफल भएका छन्। गोली प्रहार गरेका रामनगर मिर्चैया–५ का १८ वर्षीय कैलास ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। Continue reading “सिरहाका वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार”

थारु फिल्मको प्रिमियर सो

श्रीनिवास चौधरी, बुटवल- शक मुभिजको ब्यानरमा निर्माण भएको थारु भाषाको चलचित्र ‘तोहरिक हम भुला न सकली’को आज बुटवलस्थित चलचित्र मन्दिरमा प्रिमियर सो गरियो। सावन मर्चाहाको लेखन, विवेक थापाको निर्देशन र श्रीनिवास चौधरिको संगीत रहेको यस चलचित्रमा लक्की दीपक, विज्जु खवास, चिरन बराल, कुलचन्द्र पुरी, श्रीनिवास चौधरी, सावन मर्चाहा, प्रदीप खड्कालगायतले अभिनय गरेका छन्। Continue reading “थारु फिल्मको प्रिमियर सो”

सत्तापक्षले बेवास्ता गर्‍यो : एमाले नेता नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी र विपक्षी दलहरु सहमतिका लागि अधिकतम लचकताका साथ अगाडि बढेको भए पनि सत्तापक्षले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका छन्। नेपाल सम्वत् ११३३ नयाँ वर्ष तथा दीपावलीका अवसरमा नेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नं ७ द्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुका बीच सहमतिको विकल्प नभए पनि सत्तापक्षको एकलौटी र मनोमानी क्रियाकलापका कारण सहमति तुहिएको बताए। Continue reading “सत्तापक्षले बेवास्ता गर्‍यो : एमाले नेता नेपाल”

सफल पोखरा कपको उपाधि मनाङलाई

तस्बिर : मनोज मगर

पोखरा- सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। पोखरा रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मनाङले मच्छिन्द्र क्लबलाई १–० ले पराजित गरेको थियो। कास्की जिल्ला फुटवल सङ्घको आयोजनामा गत कात्तिक १४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा बिजेता मनाङ मर्स्याङ्दीले नगद रु तीन लाख पाँच हजार र उपविजेता मच्छिन्द्र क्लबले रु एक लाख ५० हजार जितेको छ। Continue reading “सफल पोखरा कपको उपाधि मनाङलाई”

भोजपुरीतिर आयुष

नेपाली फिल्ममा उस्तो जम्न नसकेपछि नायक आयुष रिजाल भोजपुरी फिल्मतिर लागेका छन्। फिल्म ‘हिफाजत’मा नायिकाको राम्रै हिफाजत गर्न सक्ने एक्सन ब्वाईका रूपमा देखिएपछि उनलाई धेरैले जम्ने आश गरेका थिए। तर त्यसपछि उनले अभिनय गरेका प्रायः फिल्म असफल भए। यतिबेला आयुÈ हाल ‘चण्डी’ नामक भोजपुरी फिल्ममा काम गरिरहेका छन्। आयुषको लुक्स र एक्सनले भोजपुरीमा चाहिँ काम गर्ने अनुमान गरिँदै छ। Continue reading “भोजपुरीतिर आयुष”

जीर्ण अवस्थामा थारु समुदायको देउठन्वा

सन्तोष दहित, दाङ- देउठन्वा भन्ने वित्तिकै नेपाली भाषमा सार्वजनिक मन्दिर भनेर सम्झे हुन्छ । त्यहि मन्दिर अर्थात देउठन्वालाई थारु समुदायले परम्परागत देखि सामुहिक रुपमा पुजा आजा गर्दै आएको थारु समुदायको साझा देउठन्वाको भौतिक संरचना संरक्षणको अभावमा अहिले थारु समुदायको देउठन्वा जिर्ण अवस्थामा पुगेको छ। थारु वस्ति रहेको सवै थारु गाँउम अनिवार्य रुपमा सवैको साझा देउठन्वा वनाएका हुन्छन्। सवैको पाएक पर्ने ठाँउमा वनाएको देउठन्वाको प्रांगनमा अनिवार्यरुपमा पिपलको रुक भएको हुन्छ। Continue reading “जीर्ण अवस्थामा थारु समुदायको देउठन्वा”

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

बुटवल- रुपन्देही व्यापार संघको अयोजनामा यही पुस ६ गते देखि १७ गतेसम्म बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। आज संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष टंक पोखरेलले मेला व्यवस्थित र प्रभावकारी गराउनका लागि आवश्यक सबै कामहरु अगाडी बढाइएको जानकारी दिए। Continue reading “बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने”

सरकारविरुद्ध विपक्षीको आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमालेलगायत विपक्षी गठबन्धनले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै मंसिर २ गतेदेखि आन्दोलन थाल्ने जनाइएको छ। जसमा कार्यकर्ताहरुको उपत्यकास्तरीय बृहत् भेला गर्ने, उद्योगी ब्यापारीसँग अन्तरक्रिया गर्नेलगायत छन्। Continue reading “सरकारविरुद्ध विपक्षीको आन्दोलनका कार्यक्रम सार्वजनिक”

मुक्त कमलरीका लागि स्वरोजगार तालिम सञ्चालन

नेपालगन्ज- बाँके जिल्लाका मुक्त कमहरीको आयआर्जन, साक्षरता र स्वरोजगार विकासका लागि सरकारले उनीहरूलाई विभिन्न सीप तथा व्यवसायमूलक तालिम उपलव्ध गराउँदै आएको छ। गत आवमा त्यस किसिमका तालिम उपलब्ध गराउन सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रु ११ लाख ९१ हजार बजेट विनियोजन गरेको थियो। Continue reading “मुक्त कमलरीका लागि स्वरोजगार तालिम सञ्चालन”