काठमाडौं- सरकारले किसानका लागि उन्नत बीउ तथा बिजनको कार्यक्रम कार्यान्वयनका लागि कृषि विकास अन्तर्राष्ट्रिय कोषबाट प्राप्त भएको ऋण र अनुदान गरी रु तीन अर्ब ४० करोड रकम स्वीकार गर्ने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालको कृषि क्षेत्रको विकासका लागि सो रकम खर्च गर्ने निर्णय गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिए। Continue reading “मन्त्रिपरिषद्ले के निर्णय गर्यो ?”
Author: admin
बजेट अस्वीकार गर्न १९ दलले राष्ट्रपतिलाई आग्रह गर्ने
काठमाडौं- प्रतिपक्षी १९ दलको आजको बैठकले सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा–माओवादीसहित १९ दलको बैठकपछि ती दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा असंवैधानिक प्रक्रियाबाट बलपूर्वक अध्यादेशमार्फत सरकारले ल्याउने बजेट स्वीकृत नगर्न र सहमतिका आधारमा बजेट ल्याउन सरकारलाई निर्देशन दिन राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ। Continue reading “बजेट अस्वीकार गर्न १९ दलले राष्ट्रपतिलाई आग्रह गर्ने”
मच्छिन्द्र सफल कपको फाइनलमा
पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक आजको खेलमा मच्छिन्द्रले हिमालय शेर्पा क्लबलाई ३–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो। Continue reading “मच्छिन्द्र सफल कपको फाइनलमा”
हटमेल अब हट छैन, मेसेन्जरको पनि मृत्यु
एजेन्सी- भारतीय मूलका सबिर भाटियाले विश्वकै पहिलो फ्री इमेल सेवा हटमेल शुरु गर्दा कम्ता चमकदमक थिएन। विश्व सुन्दरी ऐश्वर्या रायसित समेत उनले डेटिङ गर्न भ्याए। त्यतिखेर हटमेल साह्रै हट भएकैले माइक्रोसफ्टले समेत आँखा लगायो। बिल गेट्सको कम्पनीले किनेको केही वर्षसम्म पनि हटमेललाई कसैले आँखा लगाउन सकेन। आफ्नो फरक विशेषताकै कारण हटमेल हट भयो। Continue reading “हटमेल अब हट छैन, मेसेन्जरको पनि मृत्यु”
बिज्जु खवास-१
‘नेपाली फिल्ममा खेल्ने इच्छा छ’
रुपन्देहीको पश्चिम अमुवामा जन्मिएकी विज्जु खवास मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा लागेको ती वर्ष पुग्यो। सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चादेहल’ एल्बमको ‘हंगामा हंगामा’ बोलको गीतबाट मोडलिङ क्यारियर सुरु गरेकी खवास अहिले रुपन्देहीकै पहिलो थारु भाषाको चलचित्र ‘तोहरीक हम भुला न सक्ली’ की मुख्य नायिका बनेकी छन्। सावन मर्चहा, हेमराज कठरिया, अनिल दंगोया र कमल ढुगांनाको संयुक्त निर्देशनमा बनेको यो चलचित्रमा खवास मुख्य भूमिकामा छिन्। Continue reading “‘नेपाली फिल्ममा खेल्ने इच्छा छ’”
मनाङ–मर्स्याङ्दी पोखरा सफल कपको फाइनलमा
पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो सेमिफाइलनमा मनाङ–मर्स्याङदी क्लबले एनआरटीलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। खेलको चौथो मिनेटमा नै सुजल श्रेष्ठले गरेको गोल नै मनाङलाई फाइनलमा पुर्याउन निर्णयक बन्यो। Continue reading “मनाङ–मर्स्याङ्दी पोखरा सफल कपको फाइनलमा”
स्थानीय निकायको निर्वाचन गराउन सर्वोच्चको निर्देशात्मक आदेश
काठमाडौं- सर्वोच्च अदालतले यथासमयमा स्थानीय निकायको निर्वाचन गराउन निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले आज यस्तो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त र आवश्यक प्रबन्ध मिलाई यथासमयमा निर्वाचन गराउन निर्देशात्मक आदेश जारी गरिएको छ।’ Continue reading “स्थानीय निकायको निर्वाचन गराउन सर्वोच्चको निर्देशात्मक आदेश”
अमेरिकी राष्ट्रपतिमा ओबामा फेरि निर्वाचित
वासिङ्टन (एजेन्सी)- हिजो भएको चुनावबाट बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने निश्चित भएको छ। नेटवर्क प्रोजेक्सनले गरेको प्रक्षेपणअनुसार रिपब्लिकन उम्मेदवार मिट रोम्नीलाई पन्छाउँदै बाराक ओबामा दोस्रो कार्यकालका लागि चयन हुने निश्चित भएको हो। फ्लोरिडा, ओहायो र भर्जिनियाको मत घोषणा हुन बाँकी रहँदै ओबामा जित्ने निश्चित भएको हो। Continue reading “अमेरिकी राष्ट्रपतिमा ओबामा फेरि निर्वाचित”
अर्गानिक किसान पुरस्कृत
चितवन- पूर्वी चितवनकी आशा चौधरीले आफ्नो खेतबारीमा मात्रै होइन, छिमेकीसँग समेत मिलेर सामुहिक अर्गानिक तरकारी खेती गरेकी छिन्। रासायनिक मल र विषादीले थुप्रै किसानका खेतबारीको माटो नाशहुँदै गएका बेला उनले अर्गानिक खेतीबाट आम्दानी लिन थालेकी छिन्। ‘हामी अर्गानिक तरकारी लगाउछौ’, उनले भनिन् ‘सामूहिक खेतीले सामुहिक भावना विकास गराएको छ।’ Continue reading “अर्गानिक किसान पुरस्कृत”


