काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन्। सेवा अवधि पूरा गरेका प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बुधबारदेखि स्वतः अवकाश पाएका हुन्। Continue reading “निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा गुरुङ”
Author: admin
गोविन्द मैनाली निर्दोष ठहर
काठमाडौं- एक जापानी युवतीको हत्या अभियोगमा करिब १५ वर्ष जापानमा जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली पूर्णतः निर्दोष ठहर भएका छन्। बुधबार बिहान जापानको टोकियो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा उनी निर्दोष रहेको ठहर गरिएको छ। अब उहाँको क्षतिपूर्तिको प्रक्रिया सुरु हुनेछ। अदालतले उनीविरुद्ध कुनै अदालती कारबाही गर्नु नपर्नेसमेत जनाएको छ। Continue reading “गोविन्द मैनाली निर्दोष ठहर”
थारु समाज उत्थान सामाजिक संस्था गठन
श्रीनिबास चौधरी, बुटवल- कपिलबस्तृमा थारु समाज उत्थान सामाजिक संस्था गठन भएको छ। श्रीनिबास चौधरीको अध्यक्षतामा ११ सदसीय नयाँ समिति गठन भएको हो। समितिको उपाध्यक्षतामा जगतवीर चौधरी, सचिवमा पवन चौधरी, सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी चुनिएका हुन्। त्यस्तै सदस्यमा रोशन चौधरी, प्रदीप थारु, चन्द्रावती थारु, रञ्जित थारु, दीपक चौधरी छन्। Continue reading “थारु समाज उत्थान सामाजिक संस्था गठन”
‘सबैको भाषा-संस्कृति स्वीकार गरौं’
दाङ- महटवा, बरघर भल्मन्सा महटावासंका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले सबैको भाषा र संस्कृतिलाई एक आपसमा साटासाट गर्नसके थारु समुदायको भाषा, संस्कृतिको पनि विकास गर्न सकिने बताएका छन्। थारु पत्रकार संघ दाङले तुलसीपुरमा ‘थारु समुदायको भाषा, संस्कृतिको विकासका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरिक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। Continue reading “‘सबैको भाषा-संस्कृति स्वीकार गरौं’”
ओलम्पिक कमिटीको विवादले राष्ट्रको बेइज्जत भयो : प्रम
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवाद तत्काल समाधान गरिने बताएका छन्। प्रधानमन्त्री भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवादका कारण राष्ट्रको बेइज्जत भएको र शिर निहुराएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको उल्लेख गरे। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाललाई तत्काल अन्तरराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्राचार गर्न प्रधानमन्त्रीले निर्देशन दिए। Continue reading “ओलम्पिक कमिटीको विवादले राष्ट्रको बेइज्जत भयो : प्रम”
एमए नगरेकालाई प्रधानअध्यापक नराख्न निर्देशन
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा परिषद्लाई निर्देशन दिएको छ। आयोगले उच्च माध्यमिक परिषद्को विद्यमान कानुनी व्यवस्थाविपरीत कतिपय उच्च माविमा स्नातकोत्तर नगरेका शिक्षकहरूलाई प्रधानाध्यापक बनाइएको उजुरीका आधारमा त्यस्तो निर्देशन दिएको हो। Continue reading “एमए नगरेकालाई प्रधानअध्यापक नराख्न निर्देशन”
एमाओवादीको शासन शैलीविरुद्ध आन्दोलन गर्ने कांग्रेस-एमालेको निर्णय
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले सहमतिबिना सरकारले ल्याउने बजेटलाई अस्वीकार गर्दै एमाओवादीको एकलौटी शासन सत्ता चलाउने शैलीविरुद्ध सशक्त आन्दोलनमा जाने भएका छन्। दुवै दलका शीर्ष नेताहरूको सहभागितामा आज नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा भएको बैठकले दलहरूको सहमतिबिना ल्याउने बजेट अस्वीकार गर्ने तथा लोकतान्त्रिक संस्थाहरूलाई समाप्त गर्ने एकलौटी शासनविरुद्धमा आन्दोलनमा जाने निर्णय गरेको हो। Continue reading “एमाओवादीको शासन शैलीविरुद्ध आन्दोलन गर्ने कांग्रेस-एमालेको निर्णय”
वर्तमान सरकारले पूर्ण बजेट ल्याउँछ
काठमाडौं- सत्तारूढ दलका दुई नेताले वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने दावी गरेका छन्। बजेटमा सहमति गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) ले इन्कार गरेकाले अन्य बाँकी रहेका दलहरुको सहमतिमा वर्तमान सरकारले यसै महिनाको अन्तसम्ममा पूर्ण बजेट ल्याउने र देशमा आर्थिक सङ्कट हुन नदिन राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्नुपर्नेमा जोड दिएका हुन्। Continue reading “वर्तमान सरकारले पूर्ण बजेट ल्याउँछ”
सरकार तत्काल परिवर्तन गर्नुपर्छ : गुरुङ
रत्ननगर- नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियता जोगाउनकै लागि पनि वर्तमान सरकार परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन्। अखिल नेपाल शिक्षक सङ्गठन नेपालद्वारा आज भरतपुरमा आयोजित पेसागत हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले अहिलेको सरकारले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता खतरामा पारेको आरोप लगाउँदै तत्काल सरकार परिवर्तन हुनुपर्ने स्पष्ट पारे। Continue reading “सरकार तत्काल परिवर्तन गर्नुपर्छ : गुरुङ”
मछिन्द्रको फराकिलो जित
मच्छिन्द्र क्लब सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबारको अन्तिम क्वाटरफाइनलमा भारतको कोलकाता पोर्ट ट्रस्ट स्पोर्ट्स क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुगेको हो। मछिन्द्रको जीतमा दीपक राईले ह्याट्रिक गरे। विराल राई ‘ए’ले २ र लक्ष्मीनारायण श्रेष्ठले १ गोल गरे। Continue reading “मछिन्द्रको फराकिलो जित”