कतारमा हृदयाघातबाट मृत्यु

अर्घाखाँची- रोजगारीको सिलसिलामा पच्चीस महिना पहिले कतारको इन्टरयाक नामक कम्पनीमा सिकर्मीको काम गर्दैआएका ठूलापोखरा–३ धरमपानी का २५ वर्षीय सिसबहादुर अधिकारीको हृदयाघातका कारण मृत्यु भएको छ। ठूलापोखरा गाविस धरमपानीमा बस्दैआएका हिमबहादुर अधिकारीका एक्लो छोरा सिसबहादुरको यही कात्तिक १० गते राति आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको मृतक अधिकारीका भान्जा दाजु देवराज थापाले बताए। Continue reading “कतारमा हृदयाघातबाट मृत्यु”

Miss Universe Romania

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मिस युनिभर्स रोमानियाकी विजेता डेलिया लरिसा। PHOTO : Xinhua

 

बंगाली हिरोइनसँग थारु हिरोको रोमान्स (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- थारु हिरोको बंगाली फिल्म आउन लागेको छ। सम्पादन भइरहेको फिल्म ‘जीवनेर संघर्ष’ (जीवनको संघर्ष) मा थारु अभिनेता परशुराम चौधरी देखिने भएका हुन्। उनले मुख्य भूमिकाका साथै निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बंगाली, सुरजापुरी र राजवंशी गरी तीन भाषामा डबिङ भइ रिलिज हुने फिल्ममा बंगालका चर्चित रेडियो जक्की गार्गी सिंगुप्ता र नितु सिंहको मुख्य अभिनय रहेको छ। पूर्वी नेपाल–भारतको सीमामा छाँयाकन गरिएको फिल्ममा चौधरी र गार्गीको रोमान्स हेर्न पाइनेछ। Continue reading “बंगाली हिरोइनसँग थारु हिरोको रोमान्स (फोटो फिचर)”

ओबामा कि रोम्नी ?

एजेन्सी- चार वर्षअघिको निर्वाचनमा ओबामालाई समर्थन गरेका कतिपय मुलुक अहिले पछि सरेका छन्। यसको अर्थ विश्वका विभिन्न देशले आफ्नो हितअनुसार राष्ट्रपतिका उम्मेदवार ओबामा र रोम्नीमध्ये एकलाई समर्थन गरेका छन्। विश्वमा कुन मुलुक अमेरिकी राष्ट्रपतिको कुर्सिमा कसलाई बसेको हेर्न चाहन्छन् त? Continue reading “ओबामा कि रोम्नी ?”

हप्तामा दुई दिन बिदा दिने न्यायालयको तयारी

काठमाडौं- सर्वोच्च अदालतले आफ्नो अन्तरनिहित अधिकार प्रयोग गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तयारी गरेको छ। उक्त विषयमा प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका रजिस्ट्रार लोहितचन्द शाहका अध्यक्षतामा गठित तीन सदस्यीय समितिले अध्ययन प्रतिवेदन तयार पारी बुझाउने तयारीमा छ। Continue reading “हप्तामा दुई दिन बिदा दिने न्यायालयको तयारी”

राजधानीमा कांग्रेसको बृहत् आमसभा

काठमाडौं- वैशाखमा निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले राजधानीमा बृहत् आमसभा गर्ने भएको छ। सर्वोच्च नेता गणेशमान सिंहको ९७औं जन्मजयन्तिको अवसर पारेर कात्तिक २४ गते राजधानीको बसन्तपुरमा आमसभा गर्न लागेको काँग्रेसले जनाएको छ। सभाको व्यवस्थापनको जिम्मा पाएको नेपाली काँग्रेस काठमाडौंले जनसभाको तयारीलाई तीव्रता दिएको आज आयोजित तयारी बैठकमा जानकारी दिइयो।  Continue reading “राजधानीमा कांग्रेसको बृहत् आमसभा”

राष्ट्रपतिद्वारा दलहरुलाई नयाँ चुनावमा जान आग्रह

लमजुङ- राष्ट्रपति रामवरण यादवले दलहरुलाई छिट्टै सहमति गरेर चुनावमा जान आग्रह गरेका छन्। लमजुङको दराडाडाँस्थित सर्वोदय उमाविको हीरक जयन्तीको समापन गर्र्दै राष्ट्रपति यादवले प्रमुख दलहरुलाई सहमति गरी नयाँ चुनावमा जान आग्रह गरेका हुन्। देशमा पटकपटक भएका राजनीतिक परिवर्तन संस्थागत हुन नसकेकाले देशको प्रगति हुन नसकेको स्पष्ट पार्दै उनले प्रमुख राजनीतिक दलका नेतृत्वको त्रुटिले गणतन्त्रसमेत संस्थागत हुन नसकेको गुनासो गरे।  Continue reading “राष्ट्रपतिद्वारा दलहरुलाई नयाँ चुनावमा जान आग्रह”

तिहारलगत्तै वाइम्याक्स इन्टरनेट

काठमाडौं- नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने भएको छ। राजधानी र बुटवल दुई जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारबिहीन द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने प्रविधि ‘वाइम्याक्स’ मार्फत दुई लाख लाईन वितरण गर्न लागेको हो। Continue reading “तिहारलगत्तै वाइम्याक्स इन्टरनेट”

काठमाडौंलगायत देशभर भूकम्पको धक्का

काठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ मापन गरिएको छ। उनका अनुसार सिन्धुपाल्चोकनजिकै चीनसँग जोडिएको सिमानामा केन्द्रबिन्दू बनाई साँझ ६ बजेर ५२ मिनेटमा भूकम्प गएको हो।   Continue reading “काठमाडौंलगायत देशभर भूकम्पको धक्का”

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण

काठमाडौं- भारतको लुधियानामा सम्पन्न नवौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका सचित प्रधानले स्वर्ण पदक जितेका छन्। पुरुषको ६० केजीमा सचितले स्वर्ण जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जानकारी दिए। सचितसँगै प्रतियोगितामा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। Continue reading “दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण”