काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता नन्दनकुमार दत्तले भोलिदेखि सुरु हुने आफ्नो पार्टीको महाधिवेशनमा आफ्नो समूहको सहभागिता नहुने बताएका छन्। सो पार्टीभित्र दत्तले नेतृत्व गरेका विचार समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता दत्तले अर्को समूहले आफूहरूको सल्लाहबिना महाधिवेशन गर्न लागेको भन्दै यही २१, २२ र २३ गते वीरगञ्जमा हुने महाधिवेशनमा आफ्नो समूह सहभागी नहुने जानकारी गराए। Continue reading “फोरमको महाधिवेशनमा दत्त समूह सहभागी नहुने”
Author: admin
राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सहमतिको सरकार घोषणा गर्नुपर्छ : महत
काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दलहरूका बीचमा सहमति कायम हुन नसके राष्ट्रपतिले गतिरोध फुकाउनका लागि निर्वाचन र सहमतिको सरकार घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पटकपटक राष्ट्रपतिबाट सहमतिका लागि दलहरूलाई बोलाउनुभन्दा अब राष्ट्रपतिले ढिला नगरी दलहरूलाई एक साताको समय दिएर गतिरोध अन्त्यका लागि आफैं अग्रसर हुनुपर्नेमा जोड दिए। Continue reading “राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सहमतिको सरकार घोषणा गर्नुपर्छ : महत”
अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य
वासिङटन, एजेन्सी– अहिले विश्वको ध्यान अमेरिकामा २१ गते मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा तानिएको छ। यसपालीको राष्ट्रपति चुनावमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार छन् भने रिपब्लिकन पार्टीका तर्फबाट मिट रोम्नी राष्ट्रपतिका उम्मेदवार छन्। प्रस्तुत छ, अमेरिकाको राष्ट्रपति निर्वाचनबारे केही अनौठा र रोचक तथ्य। Continue reading “अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य”
दस हजार शिक्षक विज्ञापन खुल्छ : शिक्षामन्त्री
सल्यान- शिक्षामन्त्री दीनानाथ शर्माले अबको एक वर्षभित्रै सरकारले शिक्षक सेवा आयोगले १० हजार शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिएका छन्। शनिबार पश्चिमी क्षेत्र वन्गाडामा स्थापना गरिएको वन्गाड क्याम्पस उद्घाटनका क्रममा उनले अस्थायी, ‘पिसिएफ’ (प्रतिविद्यार्थी लगानी)लगायतमा कार्यरत सबै शिक्षक आयोगको परीक्षामा उत्तीर्ण हुन नसके पनि अनुत्तीर्णलाई ‘गोल्डेन हेन्डसेक’ गरेर बिदाइ गरिने बताए। Continue reading “दस हजार शिक्षक विज्ञापन खुल्छ : शिक्षामन्त्री”
सहमतिबिनाको बजेट असम्भव
काठमाडौं- सरकार कात्तिक मसान्तभित्रै पूर्ण बजेट ल्याउन कम्मर कसेर लागेकै बेला पूर्व अर्थमन्त्रीहरूले भने सहमतिबिना बजेट पेस भए सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले २०६३ साल कात्तिक २२ गते मुलुकका प्रमुख मुद्दामा राष्ट्रिय सहमति हुनुपर्ने विषय किटान भएकाले वर्तमान सरकारले राजनीतिक सहमतिबिना बजेट पेस गरे राष्ट्रपतिले अस्वीकार गर्ने हुँदा सरकारको औचित्य समाप्त हुने धारणा राखेका हुन्। Continue reading “सहमतिबिनाको बजेट असम्भव”
सत्र दिनपछि अपहरणकारीको कब्जाबाट भाग्न सफल
सिरहा- सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। इनर्वा गाविस–२ का २० वर्षीय दिनेश महतो र उहाँको बहिनी ज्वाइँ सप्तरीको राजविराज घर भएका सुशील महतो कात्तिक २ गते राति अज्ञात समूहको अपहरणमा परेका थिए। उनीहरू अपहरणकारीको कब्जाबाट भागेर भारतको बिहारमा पर्ने खुटौनास्थित प्रहरी चौकीमा पुगेका थिए। Continue reading “सत्र दिनपछि अपहरणकारीको कब्जाबाट भाग्न सफल”
लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं- अनमिनको मापदण्डमा नपरेका तीन हजार अयोग्य लडाकुलाई जनही रु दुईलाख दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यही कात्तिक २६ गतेसम्म सरकारको सो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले सोही दिन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्नेबारे छलफल प्रारम्भ गर्न पनि भनेको छ। Continue reading “लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश”
राष्ट्रपतिले धेरै चासो राख्नु नपर्ने माओवादी प्रवक्ताको भनाई
काठमाडौं- संवैधानिक राष्ट्रपतिले राजनीतिक विषयमा धेरै चासो राख्न नपर्ने धारणा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित नियमित प्रवक्ता– सञ्चारकर्मी भेटका क्रममा उनले ‘राष्ट्रपतिले दलहरुबीच सहमति भएपनि विघटित संविधान सभा पुनःस्थापना गर्दिन भनेर दिएको अभिव्यक्ति गैरकानुनी भएको बताए। Continue reading “राष्ट्रपतिले धेरै चासो राख्नु नपर्ने माओवादी प्रवक्ताको भनाई”
एमले नेता ओलीलाई भारत लगियो
काठमाडौं- काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेकपा एमालेका स्थायी समितिका सदस्य केपी शर्मा ओलीलाई थप उपचारका निम्ति आज एअर एम्बुलेन्समार्फत भारत लगिएको छ। दिउँसो तीन बजे उनलाई भारतको मेदान्त अस्पताल लगिएको हो। भारतबाट एअर एम्बुलेन्स आउन ढिलाइ भएका कारण हिजो त्यसतर्फ लैजाने कार्यक्रम स्थगित भएको थियो। Continue reading “एमले नेता ओलीलाई भारत लगियो”
वैशाखमा चुनाव नभए आन्दोलन : कमल थापा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी वैशाखमा हुने संविधान सभाको निर्वाचनबाट राप्रपा नेपालले बोकेको विचार र मान्यताले एउटा शक्तिको रुपमा स्थापित हुने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन, काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले निर्वाचनमा जाँदा जनताबाट दण्डित हुने भयले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी चुनावमा जान आनाकानी गरिरहेको बताए। Continue reading “वैशाखमा चुनाव नभए आन्दोलन : कमल थापा”