मनाङ–मर्स्याङदी सेमिफाइनलमा

पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको पहिलो क्वार्टर फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा मनाङ–मर्स्याङ्दीका तर्फबाट निराजन मल्लले दुई र अनिल गुरुङले एक गोल गरेका थिए भने सशस्त्रका गणेश लावतीले एक गोल गरेका थिए। भोलिको खेल एनआरटी र भूटानबीच हुनेछ। Continue reading “मनाङ–मर्स्याङदी सेमिफाइनलमा”

नेपाल आयल निगमको भ्रष्टाचार छानबिन सुरु

विराटनगर- सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानबिन सुरु गरिएको छ। आयल निगम आन्तरिक नियन्त्रण विभाग काठमाडौँका निर्देशक सागर सत्यालको नेतृत्वमा आएका चार सदस्य टोलीले आजदेखि छानबिन सुरु गरेको हो। Continue reading “नेपाल आयल निगमको भ्रष्टाचार छानबिन सुरु”

विद्यार्थीले बनाए रोवोट

लहान- सिरहाको लहानस्थित सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका एक विद्यार्थीले रोवोट बनाएका छन्। लहानस्थित पशुपति आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत लहान–४ का श्रीकान्त पण्डितले उपयोग सकिएर फालिएका सामान जोडेर रोवोट बनाएका हुन्। ‘मसी सकिएका डटपेन, भाँच्चिएका प्लास्टिक कुर्सीका खुट्टा, खेलौनाको विद्युतीय मोटर र पेनियन चक्का, मोबाइलको पुरानो ब्याट्री, पेनटर्चको चिम र तार जोडेर रोवोट बनाएको हुँ,’ पण्डितले भने। Continue reading “विद्यार्थीले बनाए रोवोट”

बलत्‍कार गरी हत्या गर्ने बस्नेतविरुद्ध मुद्दा दायर

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङले उर्मिला राजवंशीको बलात्कारपछि हत्या गरेको आरोपमा व्यापारी किरणसिंह बस्नेतविरुद्ध मुद्दा दर्ता गराएको छ। विराटनगर–४ निवासी व्यापारी बस्नेतको घरमा गत असोज २२ गते मृत फेला परेकी राजवंशीको बलात्कारपछि हत्या भएको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ। Continue reading “बलत्‍कार गरी हत्या गर्ने बस्नेतविरुद्ध मुद्दा दायर”

सडक विस्तारको काम तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले सडक विस्तार अभियान दीर्घकालीन महत्वको भएकोले एकीकृतरूपमा अगाडि बढाउन निर्देशन दिएका छन्। सडक विस्तारको काम सोचेअनुरूप अगाडि बढ्न नसकेको र जनस्तरबाट व्यापक गुनासो आएको बताउँदै उनले तत्काल सो कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन्। Continue reading “सडक विस्तारको काम तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन”

पूर्वाञ्चल सिंगिङ स्टारमा मीना

सुनसरी- नवगायिका मीना चौधरी पूर्वाञ्चल सिंगिङ स्टारको टप १५ भित्र पर्न सफल भएकी छन्। भोजपुर बासीखोरा समाजले आयोजन गरेको यस प्रतियोगितामा मीनाले दुई सय प्रतिस्पर्धीलाई उछिन्दै टप १५ भित्र परेकी हुन्। थारु भाषालगायत नेपाली गीतसमेत गाउने सुनसरी रामधुनीका २१ वर्षीया मीनाले गायनमार्फत् थारु भाषाको जगेर्ना गर्ने बताइन्। Continue reading “पूर्वाञ्चल सिंगिङ स्टारमा मीना”

चार शक्तिको बैठक निष्कर्षविहीन

ललितपुर- विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा आज पनि चार राजनीतिक शक्तिको शीर्ष नेताहरुको बैठक बसे पनि कुनै निर्णय हुन सकेन। ललितपुरको सुनाकोठी (बाङ्गेधारा)स्थित एक गैरआवासीय नेपालीको घरमा भएको सो बैठकमा आगामी वैशाखमा संविधान सभा वा व्यवस्थापिका–संसद्को निर्वाचन गर्ने भन्नेमा सबैजसो नेताहरुको समान मत भए पनि राष्ट्रिय सहमतिकै विषयमा कुनै सहमति हुन सकेन। Continue reading “चार शक्तिको बैठक निष्कर्षविहीन”

ट्राइबेकरमा यति हिमालयन शेर्पा विजयी

पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको खेलमा ट्राइबेकरको आधारमा यति हिमालयन शेर्पाले आरसिटीलाई ५–४ गोल अन्तरले पराजित गरेको छ। आरटिसीका नरेश खत्रीले प्रहार गरेको पेनाल्टी हिमालयन शेर्पाका गोलकिपर विनय श्रेष्ठले रोकेपछि यति हिमालयन क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो। Continue reading “ट्राइबेकरमा यति हिमालयन शेर्पा विजयी”

मिस राजवंशी मङ्सिरमा

पहिलो मिस राजवंशीका विजेता राधिका राजवंशी (बीच)सहित पहिलो र दोस्रो रनरअप। तस्बिर : पूर्वेली टाइम्स

विराटनगर- विराटनगरमा आगामी मङ्सिर २३ गते मिस राजवंशी २०१२ हुने भएको छ। सोसल अर्गनाइजेसन अफ राजवंशी एवं ओरिजिन्स सोराको बिहीबार यहाँ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। झापा, मोरङ र सुनसरीमा बसोवास गरेका राजवंशी समुदायका युवतीमा आत्मविश्वास बढाउने एवं व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष डा गौतम राजवंशीले जनकारी दिए। Continue reading “मिस राजवंशी मङ्सिरमा”