जनकपुरधाम- मधेस क्रान्ति फोरम नेपाल जिल्ला समितिद्वारा आज धनुषा जिल्ला बन्द गरिएको छ। जिल्ला विकास समिति धनुषाको भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका कर्मचारीलाई समितिका कर्मचारी सङ्घ र गाविस सचिव हकहित संरक्षण केन्द्रद्वारा पुनः समितिमा हाजिर हुने सन्दर्भमा उत्पन्न विवादपछि जिविस र गाविसको कामकाज अनिश्चितकालका लागि बन्द गरेको विरोधमा जिल्ला बन्द गरिएको हो। Continue reading “आज धनुषा जिल्ला बन्द”
Author: admin
राष्ट्रपतिद्वारा सहमतिका लागि फेरि दबाब
काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुलाई लामो समयसम्म देशलाई सङ्क्रमणकालमा नराख्न छिटो सहमतिमा पुग्न आग्रह गरेका छन्। उनले शीर्ष नेताहरुलाई बजेट पनि सहमतिमै ल्याउन र सहमतिबाटै राजनीतिक निकास निकाल्न पनि आग्रह गरे। राष्ट्रपति यादवले राष्ट्रपति भवन शीतल निवासमा आज गर्नुभएको छलफलमा आफू यो संस्था (राष्ट्रपति) मा रहेको नाताले पनि छिटो दलहरुबीच सहमति बनेको देख्न चाहेको भन्दै दुईचार दिन समय लागेपनि सहमति निकाल्न जोड दिए। Continue reading “राष्ट्रपतिद्वारा सहमतिका लागि फेरि दबाब”
कात्तिकभित्र बजेट ल्याउने एमाओवादी निर्णय
काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले जुनसुकै हालतमा पनि कात्तिकभित्र पूर्ण बजेट ल्याउने निर्णय गरेको छ। सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेट यही कात्तिक मसान्तमा सकिने भएकाले राष्ट्रलाई आर्थिक अराजकता र सङ्कटबाट मुक्त राख्नका लागि पूर्ण बजेट नै ल्याउनुपर्नेमा एमाओवादीले जोड दिएको हो। Continue reading “कात्तिकभित्र बजेट ल्याउने एमाओवादी निर्णय”
कमलरी उन्मुलन अभियानमा समर्पित

सन्तोष दहित- विपन्न किसान परिवारमा जन्मेका सोनपुर गाविस १ नर्तीका कृष्णकुमार चौधरी बिरामी श्रीमती शोभा चौधरीलाई विस्तारमा छोडेर सबेरै कमलरी बस्ने होस्टेलमा पुग्छन्। त्यहाँ उद्दार गरी राखिएका कमलरीको सबै चाँजोपाजो मिलाउँछन् र फेरि कमलरी खोज्दै हिँड्छन्। बाल्यकालमा धेरै दुःख पाएका उनले १० सम्म खाली खुट्टा स्कुल गए। घरमा आर्थिक अवस्था कम्जोर भएकाले उनका शरीरले राम्रा लुगा कहिले देखेन। Continue reading “कमलरी उन्मुलन अभियानमा समर्पित”
कमलरी आन्दोलन शसक्त बनाऊ

दाङमा कमलरी मुक्त जिल्ला घोषणा गरेको करिब पाँच वर्ष पुग्यो। तर अझै पनि जमिन्दारको घरमा कुनै न कुनै बहानामा कमलरी राखेको देखिन्छ। उचित ज्याला, कानुनी समन्वय, दाइभाइका छोरी, घरविहीन भएकोजस्ता बहानामा कमलरी राखिएको पाइन्छ। अझ कोही त धर्मपुत्री बनाएको भन्नसमेत पछि पर्दैनन्। जुन दुःखद कुरा हो। जिल्लामा अबदेखि जमिन्दारको घरमा होस् या साहुको, कसैको घरमा कमलरी राख्न नपाइने भनिएको छ। Continue reading “कमलरी आन्दोलन शसक्त बनाऊ”
दुर्घटनामा तीनको मृत्यु, करिब पच्चीस जना घाइते
रौतहट- रौतहटको धन्सरखोला नजिकै रहेको पूर्वपश्चिम राजमार्गको लच्कामा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। रौतहटको पौराइ गाविसस्थित माझीटोलबाट रिजर्व गरेर यात्रु लिएर नवलपरासी जाँदै गरेको ना ३ ख २७१५ नम्बरको मिनी बस र पश्चिमबाट पूर्वतर्फ विद्युत् प्राधिकरणको सामान लिएर आएको ना १ घ ५३९ नम्बरको ट्रक दिउँसो करिब ४ बजे ठोक्किएको हो। Continue reading “दुर्घटनामा तीनको मृत्यु, करिब पच्चीस जना घाइते”
मच्छिन्द्र क्वाटर फाइनलमा
पोखरा- कास्की फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको सफल पोखरा कम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा मच्छिन्द्रका लागि कर्ण लिम्बु र विशाल राईले गोल एकएक गरेका थिए भने पुलिसका लागि दिलीप राईले एक गोल गरेका थिए। भोलिको खेल आरटिसी र यति हिमालयन शेर्पा क्लबबीच हुनेछ। Continue reading “मच्छिन्द्र क्वाटर फाइनलमा”
छिटो सहमति बनोस् भन्ने राष्ट्रपतिको चाहना
काठमाडौं- राष्ट्रपति रामवरण यादवले देशमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच छिटो सहमति बनोस् भन्ने चाहना राखेका छन्। आफ्नै निवास शीतलनिवासमा आज बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग भएको भेटवार्तामा राष्ट्रपति डा यादवले त्यस्तो चाहना राखेका हुन्। भेटवार्तामा राष्ट्रपति डा यादवले प्रधानमन्त्री भट्टराईलाई सहमतिमै बजेट ल्याउन पनि आग्रह गरेका थिए। Continue reading “छिटो सहमति बनोस् भन्ने राष्ट्रपतिको चाहना”
‘अयोग्य’ लडाकुलाई रकम दिने निर्णयप्रति एमालेको आपत्ति
काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रसङ्घीय मिसन (अनमिन) द्वारा अयोग्य प्रमाणित गरिएका करिब तीन हजार पूर्वलडाकुलाई जनही रु दुई लाख दिने वर्तमान सरकारको निर्णयप्रति आफ्नो पार्टीको विरोध रहेको जनाएका छन्। उनले प्रेस विज्ञप्ती जारी गरी ‘विस्तृत शान्ति सम्झौता, नेपाल सरकार र अनमिनबीच भएको सहमतिसमेतका आधारमा बाल सैन्य भर्ती गर्न नपाइने अन्तर्राष्ट्रिय अभिसन्धि विपरीत Continue reading “‘अयोग्य’ लडाकुलाई रकम दिने निर्णयप्रति एमालेको आपत्ति”
‘पूर्ण बजेट ल्याउने सरकारी प्रयास जारी’
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय सहमतिमा पूर्ण बजेट ल्याउने प्रयास जारी रहेको बताउँदै त्यसनिम्ति सहयोग गर्न उद्यमी–व्यावसायी एवम् आर्थिक क्षेत्रका विज्ञहरूसँग आग्रह गर्नुभएको छ। Continue reading “‘पूर्ण बजेट ल्याउने सरकारी प्रयास जारी’”