कांग्रेसका पुनःस्थापना पक्षधर ७८ पूर्वसभासद्द्वारा पार्टीको निर्णयको विरोध

काठमाडौं- नेपाली कांग्रेसका संविधानसभा पुनःस्थापना पक्षधर ७८ जना पूर्वसभासद्ले पार्टीको केन्द्रीय कार्यसमितिको हिजोको बैठकले नयाँ निर्वाचनमा जाने भनी गरेको निर्णयप्रति विरोध जनाएका छन्। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको संविधानसभा पुनःस्थापना पक्षधर सभासद्हरुको बैठकले पार्टीको हिजोको निर्णयप्रति विरोध दर्शाएको पूर्वसभासद् शोभाकर पराजुलीले जानकारी दिए।  Continue reading “कांग्रेसका पुनःस्थापना पक्षधर ७८ पूर्वसभासद्द्वारा पार्टीको निर्णयको विरोध”

छ महिना बाँदर धपाउँदैमा समय बित्छ

भोजेन्द्र बस्नेत, सोलुखुम्बु- भिर र जङ्गलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउनका लागि बालबालिका बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन्। “गाउँभरका साथीभाइ जम्मा हुन्छौँ, बारीमै खैल्छौँ, घरबाट लगेको खाजा उतै खान्छौँ, अनि साँझ परेपछि मात्र घर फर्कन्छौँ,” सोताङ–६ का करिब १२ वर्षीय नौकुबीर नाछिरिङले भने। Continue reading “छ महिना बाँदर धपाउँदैमा समय बित्छ”

सिरहामा प्रहरी र गाँजा तस्करबीच भिडन्त, १५० किलो गाँजा बरामद

गोलबजार‍- सिरहाको तरेगना गोविन्दपुरमा प्रहरी र गाँजा तस्करबीच आज बिहान दोहोरो गोली हानाहान भएको छ। तरेगना गोविन्दपुर– ८ स्थित खेतमा प्रहरीचौकी महेशवारीका प्रहरी नायब निरीक्षक मित्र गुरुङको टोली र गाँजा तस्करबीच गोली हानाहान भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। Continue reading “सिरहामा प्रहरी र गाँजा तस्करबीच भिडन्त, १५० किलो गाँजा बरामद”

फापरबारीमा लुटेराले गोली प्रहार गर्दा घाइते

हेटौँडा- मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरवासी गाविस–६ का गन्जाबहादुर थिङको घरमा गएराति ५/६ जना लुटेराको एक समूहले गोली प्रहार गर्दा थिङको २० वर्षीय छोरा प्रदीप थिङ र छिमेकी बुद्धिमान स्याङ्तान गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैको भरतपुर अस्पतालमा स्वास्थ्योपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। Continue reading “फापरबारीमा लुटेराले गोली प्रहार गर्दा घाइते”

सर्पले टोक्दा एकको मृत्यु

दाङ- शान्तिनगर १ गिधनियामा सर्पको डसाइवाट एक चौधरीको मृत्यु भएको छ। २८ वर्षिया छविलाल चौधरीलाई तोरीमा सिचाइ गर्ने क्रममा बिहान ९ वजेतिर सर्पले दाया हातको औलामा डसेको थियो। घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्युभएको छिमेकी रामवहादुर केसीले जानकारी दिए। Continue reading “सर्पले टोक्दा एकको मृत्यु”

दलहरुबीच सहमति भएमात्र चुनाव गराउन उपयुक्त हुने गच्छदारको भनाई

जनकपुरधाम- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले दलहरुबीच राष्ट्रिय सहमति बनेमात्र चुनाव गराउनु उत्तम हुने बताएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग आज बिहान कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय सहमतिपछि हुने चुनाव निष्पक्ष र धाँधलीरहित भएको बताए।  Continue reading “दलहरुबीच सहमति भएमात्र चुनाव गराउन उपयुक्त हुने गच्छदारको भनाई”

वरिष्ठ उपरीक्षक श्रेष्ठ निलम्बित

काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ निलम्बनमा परेका छन्। विदेशी मुद्रा अवैधरुपमा विदेश पुर्‍याउने कार्यमा संलग्न भएको आशङ्कामा गृहमन्त्रालयले उहाँलाई निलम्बन गरेर छानबिन गर्ने निर्णय गरेको हो। मन्त्रिस्तरीय निर्णयअनुसार वरिष्ठ उपरीक्षक श्रेष्ठलाई तीन महिनाका लागि निलम्बन गरेर सोही व्यहोराको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइएको गृहमन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए। Continue reading “वरिष्ठ उपरीक्षक श्रेष्ठ निलम्बित”

नवौं कम्प्युटर मनोरञ्जन सम्मेलन नेपालमा हुँदै

काठमाडौं- विकसित देशले कम्प्युटर मनोरञ्जनका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई विकासोन्मुख देशलाई जानकारी गराउन कम्प्युटर मनोरञ्जनसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। Continue reading “नवौं कम्प्युटर मनोरञ्जन सम्मेलन नेपालमा हुँदै”