काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना अक्षरसः पालना गर्नुपर्नेमा जोड दिँदै त्यसको कार्यान्वयन पक्षलाई सुदृढ बनाउन सम्बद्ध सबै पक्षलाई निर्देशन दिएका छन्। Continue reading “कार्यान्वयन पक्षलाई सुदृढ बनाउन प्रधानमन्त्रीको निर्देशन”
Author: admin
दुई गोर्खा सैनिकको गोली हानी हत्या
काठमाडौं- अफगानिस्तानमा भएको सैनिक कारबाहीमा रोयल गोर्खा राइफल्स पहिलो बटालियनमा कार्यरत दुई सैनिकको मृत्यु भएको छ। काठमाडौँस्थित बेलायती दूतावासले जनाएअनुसार अफगानिस्तानको हेल्मन्ड प्रान्तको नाहरे सराज जिल्लामा मङ्गलबार उनीहरुको मृत्यु भएको हो। Continue reading “दुई गोर्खा सैनिकको गोली हानी हत्या”
पूर्व लडाकुलाई रकम वितरण
धनगढी- माओवादी सेनाका लडाकुको सातौँ डिभिजन कार्यालय (तालबन्द) कैलालीबाट स्वेच्छिक अवकाश रोजेका लडाकुलाई आजबाट दोस्रो किस्ताबापतको रकम वितरण गर्न सुरु गरिएको छ। लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सचिवालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरी रकम वितरण थालेको हो। Continue reading “पूर्व लडाकुलाई रकम वितरण”
आयोजकलाई हराउँदै एनआरटी क्वाटर फाइनलमा
पोखरा- कास्की फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको सफल पोखरा कम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एनआरटीले पोखरा–११ लाई २–१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा एनआरटीका लागि दुवै गोल आशिषजङ्ग कार्कीले गरेका थिए भने पोखरा ११ का तर्फबाट सुनडुईले एक गोल गरेका थिए। Continue reading “आयोजकलाई हराउँदै एनआरटी क्वाटर फाइनलमा”
आफ्नै भेष-२
निर्णायक वार्ता गर्ने जिम्मेवारी प्रचण्डलाई
काठमाडौं- सत्ता साझेदार दलहरुको आजको बैठकले दुईदिनभित्र संविधान सभा पुनःस्थापना गर्ने वा ताजा जनादेश लिन निर्वाचनमा जाने भन्ने विषयमा निर्णायक वार्ता गर्ने जिम्मेवारी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको बैठकले नेपाली कांग्रेस, नेकपा (एमाले) सहित अन्य दलसँग छलफल गरेर दुई विकल्पमध्ये एकमा प्याकेजमै सहमति बनाउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो। Continue reading “निर्णायक वार्ता गर्ने जिम्मेवारी प्रचण्डलाई”
थारु पत्रकारमाथि आक्रमण
दाङ- हरप्लेससँग आबद्ध रहेका घोराही नगर स्तरिय शान्ति जागरण युवा सञ्जालका सदस्य तथा गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत थारु पत्रकार संघका जिल्ला सदस्य रुन्चुराम चौधरीलाई आफ्नै खेतमा काम गरिरहेका बेला अज्ञात समूहले आक्रमण गरेका छन्। हत्या गर्ने उदेश्यले गरिएको आक्रमणमा चौधरी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार नेपाली सेनामा कार्यरत एक जवानले उनीमाथि आक्रमण गरेका थिए। Continue reading “थारु पत्रकारमाथि आक्रमण”
अमेरिकामा स्यान्डीको प्रभाव (फोटो फिचर)
न्युयोर्क, रोयटर्स– न्युयोर्क र न्युजर्सीलगायत अमेरिकाको उत्तरपूर्वी क्षेत्रका करोडौं बासिन्दा मंगलबार सवेरै बिउँझिँदा जलमग्न घर, लडिरहेका रुख र विद्युत आपूर्ति ठप्प भएको थियो। क्यारेबियन क्षेत्रबाट अमेरिका पसेको समुद्रीआँधी स्यान्डीले सोमबार न्युयोर्कका भूमिगत र सुरुङ मार्गसमेत जलमग्न बनाएको छ। स्यान्डीको प्रकोपमा ४० जनाको ज्यान गइसकेको छ। Continue reading “अमेरिकामा स्यान्डीको प्रभाव (फोटो फिचर)”
ढकिया बुन्दै
एमाले चियागफमा नेताहरुद्वारा चाँडै सहमति गर्ने प्रतिबद्धता (फोटो फिचर)
काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूले राजनीतिक गतिरोधको निकासका लागि दलरुबीच दुई दिनभित्रै सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेताहरूले नयाँ निर्वाचनमा जान आवश्यक तयारी गर्दै सहमति गर्नेबारे छलफल भइरहेको जानकारीसमेत दिए। नेकपा एमालेले बडादसैं, तिहार, छठ, इद तथा नेपाल सम्वतका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीद्धारा सोधिएको जिज्ञासामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहालले पर्सीसम्म मुलुकले राजनीतिक निकास पाउने विश्वास ब्यक्त गरे। Continue reading “एमाले चियागफमा नेताहरुद्वारा चाँडै सहमति गर्ने प्रतिबद्धता (फोटो फिचर)”











