निर्मलाको गाउँ जागरण अभियान

शेरबहादुर केसी, बुटवल- उनको लालनपालनका लागि बाबु हरुवा बसे। बाबुले कमाएको अन्नपानीले सिङ्गो परिवारलाई दुई छाक राम्ररी खान पुगेन। आमाले घर–घरमा पुगेर भाँडा माझ्ने र मजदुरीमा काम गर्न थालिन्। परिवारका दुई जनाले शरीर घोटेपछि जसोतसो दुई छाक टार्न सजिलो भयो। केही वर्ष बित्यो। शरीरको कम्मरमुनीको भाग नचलेकाले आमा थला परिन्। Continue reading “निर्मलाको गाउँ जागरण अभियान”

Samad- 47 episode


थारु भाषाको टेलि कार्यक्रम ‘समाद’ हरेक मंगलबार ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। नेपाल म्याक्सको प्रस्तुती तथा परशुराम चौधरीद्वारा निर्मित/निर्देशित यो कार्यक्रम अबदेखि https://archive.tharuwannews.com/ मार्फत् पनि हेर्न सक्नुहुन्छ।

Samad- 46 episode


थारु भाषाको टेलि कार्यक्रम ‘समाद’ हरेक मंगलबार ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। नेपाल म्याक्सको प्रस्तुती तथा परशुराम चौधरीद्वारा निर्मित/निर्देशित यो कार्यक्रम अबदेखि https://archive.tharuwannews.com/ मार्फत् पनि हेर्न सक्नुहुन्छ।

दाङमा सख्या रौनक (फोटो फिचर)

दाङका विभिन्न थारु गाउँमा सख्या नृत्यको रौनक दशैंभरि चल्यो। विगतमा एक महिना चल्ने यो नृत्य विस्तारै एक हप्तामा सिमित भएको छ। सख्या नृत्यपछि गाउँमा शान्ति हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदैआएको छ। हेरौं ब्लगर किरण पुनले उपलब्ध गराएका दाङको राजपुर र गुलरियामा खिचेका केही तस्बिरहरु:
 गुलरियामा खिचेका तस्बिर:

तपाइँ बस्ने क्षेत्रमा पनि यस्ता कार्यक्रम भइरहेको छ भने [email protected] वा ९८४१५६७४८७ मा हामीलाई जानकारी गराउनुहोला। वा तपाइँले खिचेका तस्बिर हामीलाई सोही इमेलमा पठाउन सक्नुहुन्छ। तपाइँ फेसबुकमा हुनुहुन्छ भने हाम्रो फेसबुक पेजमा अपलोडसमेत गर्न सक्नुहुन्छ।

आत्मनिर्भर बन्दै मुक्त कमलरी

सन्तोष दहित, दाङ- केही महिनाअगाडि जमिनदारको घरमा काम गरी दासीका रुपमा जीवन बिताइरहेका मुक्त कमलरीहरु अहिले सिलाइकटाइ व्यवसायबाट आत्मनिर्भर बन्दैछन्। नारायणपुर गाविस ३ चारवगियाकि सुशीला चौधरी अहिले सिलाइकटाइमा व्यस्त छिन्। Continue reading “आत्मनिर्भर बन्दै मुक्त कमलरी”

पूर्ण बजेट ल्याउन एमाओवादी-मधेसी मोर्चाबीच छलफल

काठमाडौं- सत्तारुढ एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्ण बजेट ल्याउन विशेष पहल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेटको समयसीमा कात्तिक मसान्तमा सकिने भएकाले पूर्ण बजेटको तयारी गर्ने निर्णय गरेको हो। Continue reading “पूर्ण बजेट ल्याउन एमाओवादी-मधेसी मोर्चाबीच छलफल”

कालिगण्डकीमा जिप खस्दा दस घाइते

गुल्मी- गुल्मीको रिडी नजिकै साँघुरेमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ठूलोलुम्पेकबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५८ नम्बरको जिप साँघुरेबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो। रिडी–रुद्रबेनी सडकखण्डको साँघुरे भन्ने ठाउँमा ब्रेक फेल भएर जिप नदी किनारमा खसेको घाइते यात्रु सुनु श्रेष्ठले बताए। Continue reading “कालिगण्डकीमा जिप खस्दा दस घाइते”

एसिसी ट्वान्टी-२० कपबाट नेपाल बाहिरियो

काठमाडौं, कात्तिक १३- एसिसी ट्वान्टी-ट्वान्टी महिला एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ। आज भएको खेलमा आयोजक चीनसँग हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्का र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। Continue reading “एसिसी ट्वान्टी-२० कपबाट नेपाल बाहिरियो”

गाविस सचिवमाथि ४८ लाख भ्रष्टाचार गरेको आरोप

सर्लाही- सर्लाहीको पश्चिमी क्षेत्रअन्तर्गत बलरा गाउँ विकास समितिका सचिव महेश्वर पाण्डेले गाविसको विकास निर्माणमा रु ४८ लाख भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन्। सचिव पाण्डेको उक्त ठूलो रकमको भ्रष्टाचारसम्बन्धी स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन तथा कारबाहीको मागसमेत गरिएको छ। Continue reading “गाविस सचिवमाथि ४८ लाख भ्रष्टाचार गरेको आरोप”

मेसीले कोसेढुंगो पार गर्दा बार्सिलोनाको रवाफ

मड्रिड, एजेन्सी– लियोनल मेसीले तीन सय गोलको कोसेढुंगो पार गर्दा शनिबार स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले रायो भालिसानोलाई ५–० ले हराएको छ। मेसीले २ गोल गरेको खेलमा डेभिड भिया, जाभी हर्नान्डेड र सेस फेब्रिगासले १/१ गोल थपेका थिए। शनिबारको खेल उनको खेल जीवनको तीन सय र ३ सय १औं गोल थियो। Continue reading “मेसीले कोसेढुंगो पार गर्दा बार्सिलोनाको रवाफ”