चितवन- शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनको अन्तिम कार्यक्रमअन्तर्गत स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकुलाई दोस्रो किस्ताबापतको रकम दिन सेना समायोजन विशेष समितिको टोलीले आजबाट प्रक्रिया सुरु गरेको छ। Continue reading “पूर्वलडाकुलाई दोस्रो किस्ताको रकम बाँड्ने प्रक्रिया सुरु”
Author: admin
फोरम नेता जैसवालद्वारा आत्महत्या
झापा- मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ सङ्गठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन्। भद्रपुर–८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह ४ : ३० बजे आफ्नै साइकल पसलभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। Continue reading “फोरम नेता जैसवालद्वारा आत्महत्या”
भारतका नयाँ मन्त्रीहरु ६० वर्ष मुनिका
नयाँ दिल्ली, रोयटर्स– भ्रष्टाचारको दलदलमा भासिएको सरकारको छवि सुधार्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आइतबार मन्त्रिमण्डलमा हेरफेर गरेका छन्। हेरफेरमा प्रधानमन्त्रि सिंहले सात जनालाई क्याबिनेट मन्त्री बनाएका छन् भने भ्रष्टाचार विवादमा मुछिएका कानुन मन्त्री सलमान खुर्सिदलाई विदेश मन्त्रालयको जिम्मा दिएका छन्। Continue reading “भारतका नयाँ मन्त्रीहरु ६० वर्ष मुनिका”
सिप सिक्दै कमलरी
माछी मार न हो…
घोडाघोडी ताल
लोप हुँदै ‘सख्या’ नाच
सन्तोष दहित– वडा दशैंको अवसरमा नाचिने थारु समुदायको सख्या नाच अहिले लोप हुँदै गएको छ। महिनौं दिनसम्म नाचिने यो नाच अहिले १०/१५ दिनमात्र नाचिने हेकुली-८ की जुगमानी चौधरीले बताए। सख्या नाचका अगुवा एवं मोरिन्यासमेत रहेका उनले पहिलेका पूर्खाहरु एक महिनाभन्दा बढी नाच्दै आए पनि समय परिवर्तनसँगै आफूहरु १५ दिनसम्म नाचेको बताए। Continue reading “लोप हुँदै ‘सख्या’ नाच”
सुनसान बनेको बुटवल बजारमा चहलपहल सुरु
बुटवल- विजयादशमीसँगै सुनसान बनेको बुटवल बजारमा विस्तारै चहलपहल सुरु भएको छ। विजयादशमीको टीका थाप्न सर्वसाधारण आआफ्ना घर लागेपछि बुटवल बजार सुनसान बनेको थियो। सर्वसाधारण आफ्ना दैनिक कार्यमा फर्किएपछि झण्डै एक साता बन्द रहेका बुटवलका पसलहरु पनि खुल्न थालेका छन्। यस क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजारमा पनि सर्वसाधारणको भिड लाग्न थालेको छ। Continue reading “सुनसान बनेको बुटवल बजारमा चहलपहल सुरु”
बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ
सिरहा- सिरहाको सीमावर्ती गाविस इटाटार–९ कमलपुरस्थित खेतमा आइतवार बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत–५ बस्ने १९ वर्षीय रामपुजन मण्डल छन् । भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल रङ्गेहात पक्राउ परेको हो । Continue reading “बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ”
एनेकपा माओवादीले गर्यो महत्वपूर्ण तीन निर्णय
काठमाडौं – एनेकपा (माओवादी)ले राजनीतिक सहमति,आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय लिएको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लाने आगामी कार्ययोजनासहित महत्वपूर्ण तीनवटा निर्णय लिएको हो। Continue reading “एनेकपा माओवादीले गर्यो महत्वपूर्ण तीन निर्णय”

कञ्चनपुरको दोदा नदीमा लाम लागेर माछा मार्दै गरेका थारु महिलाहरु। तस्बिर : रासस
कैलालीको महत्वपूर्ण धार्मीक एव पर्यटकीय घोडाघोडी तालको मनोरम दृश्य। राजेन्द्र प्रसाद पनेरु/रासस