कांग्रेसको चियापान भोलि, एमालेको पर्सी

काठमाडौं- विजयादशमी, दीपावली, इद, छठ तथा नेपाल संवतका अवसरमा हरेक वर्ष हुँदै आएको चियापान नेपाली कांग्रेसले भोलि र नेकपा (एमाले) ले पर्सी आ-आफ्ना पार्टी कार्यालयमा आयोजना गर्दैछन्। आपसी भेटघाट, शुभकामना आदानप्रदान गर्न चियापानको कार्यक्रम आयोजना गरिएको ती दलले जनाएका छन्। Continue reading “कांग्रेसको चियापान भोलि, एमालेको पर्सी”

महिलालाई चरमोत्कर्षमा पुर्‍याउने इन्जेक्सन

लन्डन, एजेन्सी– महिलाको चरमोत्कर्षबारे वषौंदेखि अनगिन्ति अनुमान मात्र गरिएका छैनन्, धेरै अध्ययन समेत गरिएका छन्। कोही महिलाको चरमोत्कर्षका लागि जि–स्पट महत्वपूर्ण रहेको र त्यसलाई उत्तेजित पार्नुपर्ने बताउँछन् भने कोही महिलामा जि–स्पटजस्तो कुनै स्पट नहुने धारणा राख्छन्।  Continue reading “महिलालाई चरमोत्कर्षमा पुर्‍याउने इन्जेक्सन”

कम उमेरकामा ‘पोर्नोग्राफी’ प्रभाव

लन्डन, बीबीसी – बालबालिका एवं किशोरकिशोरीले अचेल पोर्न (अश्लील) वेबसाइट हेर्नु सामान्य भएको छ । यसले गर्ने अनेक खाले नोक्सानीमा सबभन्दा ठूलो यौनबारे विकृत दृष्टिकोण उत्पन्न गर्नु हो। हुर्किंदै गरेका बालबालिकाको आमाबुवाका लागि यो समस्या टाउको दुखाइ बनेको छ । कसरी, कति र कहिले बच्चामाथि रोक लगाउनेबारेमा अभिभावक अन्योलग्रस्त हुने गरेका छन् । Continue reading “कम उमेरकामा ‘पोर्नोग्राफी’ प्रभाव”

गतिरोध अन्त्यका लागि दाहाल-कोइरालाबीच भेटवार्ता

काठमाडौं- वर्तमान राजनीतिक गातिरोधको अन्त्य र सहमतीय सरकारको गठनका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको छ। उनीहरुबीच केही समयका लागि संविधान सभा पुनःस्थापना गरेर विगतमा सहमति भएका बुँदाहरु समेटेर संविधान जारी गर्ने अथवा ताजा जनादेशमा जाने भन्ने विषयमा छलफल भएको थियो। Continue reading “गतिरोध अन्त्यका लागि दाहाल-कोइरालाबीच भेटवार्ता”

शुभकामना !

शिवा चौधरी-
बरष भरमे एकचो आइल दशिया तिउहार।
लेके आइल सबके घरेम खुशिक बौछार।।
घर अंगना रंगीन बा फूला ओ रंगले।
मुस्कान बा चेहरामे लर्कापर्का सबमे।।
करी सामा दशियाक हम्रे फकाके नाही बचाके।
चलि आइ दशिया मनाइ फुटके नाही जुटके।।
रिति बा रिवाज बा चालचलन अपने बा।
परमपराके संस्कृति नाचगान ओतने बा।।
आपन संस्कृति आपन चलन अपने भेषभुषा।
तितमिठ आपन मेहनत अपने खानापिना।।
राहरंगी करके मनाइ नाही भेदभाव।
कौन छोटि कौन बडा सबके आर्शिबाद।।
रंगीचंगी फुलाले सजल रहे घर अंगना।
सुखि रहि खुशि रहि दशियाक शुभकामना।।
दाङ देउखुरी

एक हजार गाईभैँसीमा कृत्रिम गर्भाधान

गोरखा- जिल्ला पशुसेवा कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका एक हजारभन्दा बढी गाईभैँसीमा कृत्रिम गर्भाधान गराएको छ। जिल्ला पशुसेवा कार्यालय गोरखाका पशु चिकित्सक कपिल कट्टेलका अनुसार जिल्लाको मिरकोट, धुँवाकोट, गाईखुर, पालुङटार, देउराली, च्याङ्लीलगायतका गाउँ विकास समितिमा रहेका गाई र भैँसीमा कृत्रिम गर्भाधान गराइएको हो। Continue reading “एक हजार गाईभैँसीमा कृत्रिम गर्भाधान”

ह्याकरबाट एनटिसी मोबाइल उपभोक्ता हैरान

गोलबजार- ह्याकरले पाँच हजार कल फ्रि पाउनुभयो भनेर एनटिसी मोबाइलमा सन्देश आएपछि उपभोक्ता हैरान भएका छन्। ह्याकरले भारतीय नम्बरबाट पाँच हजार कल फ्रि भनेर सन्देश हिजोबाट नै पठाउने गरेको कारण एनटिसीका उपभोक्ता हैरान छन्। ‘तपाइँ जित्नु भएकामा धन्यवाद तपाइँले तुरुन्तै यो नम्बरमा फोन गर्दा पाँच हजार कल फ्रि पाउनुहुन्छ,’ ह्याकरले पठाएको सन्देशमा उल्लेख गरिएको छ। Continue reading “ह्याकरबाट एनटिसी मोबाइल उपभोक्ता हैरान”