उपप्रधानमन्त्री गच्छदार स्वदेश फिर्ता

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले कूल राष्ट्रिय बजेटको पाँच प्रतिशत रकम विपत्–जोखिम न्यूनीकरणका लागि विनियोजन गर्न अपरिहार्य भएको उल्लेख गर्दै त्यस निम्ति आफूले भरमग्दुर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। Continue reading “उपप्रधानमन्त्री गच्छदार स्वदेश फिर्ता”

राष्ट्रपति भनेको सङ्कटकालीन बत्ती हो : खनाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक सङ्कटको अवस्थामा आइपुगेकाले राष्ट्रपति चुप लागेर बस्न नहुने बताएका छन्। ‘राष्ट्रपति भनेको सङ्कटकालीन बत्ती हो। निकासका लागि राष्ट्रपतिले के गर्नुपर्छ भन्ने कुरा उहाँले आफ्नो कर्तव्य बुझ्नुभएको छ।’ Continue reading “राष्ट्रपति भनेको सङ्कटकालीन बत्ती हो : खनाल”

थारु युवाहरु एकजुट हुनुपर्ने भेलाको निष्कर्ष

सन्तोष दहित, दाङ- थारु युवा परिषद् दाङको पहिलो भेला घोराहीमा सम्पन्न भएको छ। परिषद् दाङका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षता एवं थारु कल्याण कारिणी सभा दाङको अध्यक्ष चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यमा वक्ताहरुले थारु समुदायको अधिकारको लागि थारु युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। Continue reading “थारु युवाहरु एकजुट हुनुपर्ने भेलाको निष्कर्ष”

किन हराउँदैछ थारु समुदायको ‘बुक्रही’ घर

सन्तोष दहित- दाङ- केही वर्षअघि मात्र दाङ जिल्लामा थारुका परम्परागत ‘बुक्रही’ घर देख्न पाइन्थ्यो। यस्तो घर थारु समुदायका लागि विशेष पहिचान विषय पनि हुन्थ्यो। ‘बुक्रही’ घर देख्ने वित्तिकै आफू थारु बस्तीमा रहेको भन्न गाह्रो हुँदैनथ्यो थारु समुदायलाई। सबैले थारु समुदायको बस्ने घर हो भनेर चिन्दथ्यो बुक्रही घरलाई। तर अवस्था फेरिएको छ। हिजोआज थारु गाउँमा बुक्रही घर कमैमात्र देख्न पाइन्छ। Continue reading “किन हराउँदैछ थारु समुदायको ‘बुक्रही’ घर”

थारु समुदायको भुइह्‍यार संकटमा

सन्तोष दहित, दाङ- घोराही नगरपालिका ११ थारु गल्लीमा बस्ने थारु समुदायको परम्परागतदेखि पूजा अर्चना गर्दै आएको थारुहरुको भुइह्यारको भवन नहुँदा संकटमा पर्दै गएको छ। परम्परादेखि सहिद उमेरश मार्गमा रहेको कित्ता नं. ६२ को जग्गामा थारु गल्ली हाल (भगवती टोल) का थारु समुदायले भुइह्यारका पूजाअर्चना गर्दै आएका छन्। Continue reading “थारु समुदायको भुइह्‍यार संकटमा”

विदेशमा नेपालीहरुले रुँदै दसैँ बिताए

भरत पाण्डेय- सात वर्षसम्म दसैँ मनाउन नपाएका चितवन भरतपुरका निमकान्त पाण्डेले विदेशी भूमिमा दसैँका दिन घर परिवार सम्झेरमात्रै बिताउनुपर्‍यो। ‘दामभन्दा पनि काम र माम चाहिने, अर्काको देशमा भनेजस्तो भएन’, दुवईको इमिरेट्स इन्टरनेसनल स्कुलमा सवारीचालक रहेका पाण्डेले भने, ‘बिहान ५ बजे ड्युटी गएको हूँ, बडादसैँको दिन त झन्।’ Continue reading “विदेशमा नेपालीहरुले रुँदै दसैँ बिताए”

संविधान सभा पुनःस्थापनाको विरोध गर्नेहरु निकासको उपयूक्त विकल्प देऊ : पौडेल

काठमाडौं- नेपाली का|ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपय’क्त विकल्प दिन चुनौति दिएका छन्। रिपोर्टर्स क्लब नेपालले पौडेल निवास बोहराटारमा गरेको साक्षात्कारमा उनले भने–पुनःस्थापनाको विरोध गरेर चुनावको रट लगाएरमात्रै हुँदैन निकासको उपयूक्त विकल्प पनि दिनु सक्नुपर्यो। Continue reading “संविधान सभा पुनःस्थापनाको विरोध गर्नेहरु निकासको उपयूक्त विकल्प देऊ : पौडेल”

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं- चीनको ग्वान्जाओमा जारी एसीसी महिला ट्वान्टी-२० क्रिकेटको समूह चरणबाट नेपाल बाहिरिएको छ। शुक्रबार बंगलादेशसँग ९ विकेटको पराजयसँगै नेपाल बाहिरिएको हो। यसअघि नेपालले श्रीलंकासँग २० रनले पराजित भएको थियो। नेपाल समूह बी को पुछारमा छ।  Continue reading “नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो”

आज एकादशी, टीका लगाउने चहलपहल

काठमाडौ- बडादसैँअन्तर्गत आज एकादशीको दिन राजधानीमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाउन र आशीर्वाद लिन हिँडिरहेका सर्वसाधारणको चहलपहल केही बढेको छ। सवारीसाधन पनि अन्य दिनको तुलनामा बढी चलेको देखिन्छ। कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ। लामो समयसम्म भेटघाट नभएका आफन्तसम्म भेटघाटको ठूलो अवसर दसैँ भएको छ। Continue reading “आज एकादशी, टीका लगाउने चहलपहल”

प्रधानमन्त्रीले पिताबाट टीका थापे

काठमाडौं- विजयादशमीका अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्ना ८२ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए। प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र छोरी मानुषी भट्टराईका साथमा आफ्ना भाइ शिवप्रसाद भट्टराईको कोटेश्वरस्थित निवासमा पुगी टीका लगाएका हुन्। Continue reading “प्रधानमन्त्रीले पिताबाट टीका थापे”