एजेन्सी- स्मार्टफोनको दौडमा एप्पल र सामसुङले निकै पछाडि छाडिसकेको नोकियाले आफ्नो पुरानो साख फर्काउने उद्देश्यका साथ नयाँ विन्डोज स्मार्टफोन बजारमा ल्याएको छ। चार इञ्चको डिस्प्ले र पाँच मेगापिक्सेलको क्यामेरामा नोकिया म्याप्ससहित लुमिया ५१० मोडल नम्बरको यो स्मार्टफोनको भाउ बजारमा दुई सय डलर पर्ने बताइएको छ। Continue reading “नोकियाले ल्यायो नयाँ विन्डोज स्मार्टफोन”
Author: admin
वन अधिकृतलाई मन्त्रीले जुत्ताले पिट्ने धम्की दिए
गौशाला, कात्तिक ८- वनमन्त्री यदुवंश झाले जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विद्यानाथ झालाई जुत्ता देखाएर दुर्व्यवहार गरेका छन्। आफ्ना नातेदारलाई बोका ढुवानी गर्न जिल्ला वन कार्यालयले गाडी उपलब्ध नगराएको निहुँमा वनमन्त्री झाले आज बिहान जिल्ला सदरमुकाम जलेश्वरस्थित वन कार्यालयमा पुगी कार्यालय प्रमुख झालाई गाली गर्दै जुत्ताले पिट्ने धम्की दिएका थिए। Continue reading “वन अधिकृतलाई मन्त्रीले जुत्ताले पिट्ने धम्की दिए”
थारु समुदायमा टीका
आज विजयादशमी, टीकाको साइत ११:२९ मा
काठमाडौं- बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। विजयादशमीका दिन आज बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउनका लागि शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराई बताउँछन्। Continue reading “आज विजयादशमी, टीकाको साइत ११:२९ मा”
५ बजेसम्म शितल निवासमा टीका
काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक महानुभावका लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ। Continue reading “५ बजेसम्म शितल निवासमा टीका”
दलहरूले आफ्नो वैमनस्य र अविश्वास छाडून् : राष्ट्रपति
काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले आपसी सद्भाव र सामाजिक अङ्गको चाड बडादसैँ तथा विजयादशमी २०६९ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। Continue reading “दलहरूले आफ्नो वैमनस्य र अविश्वास छाडून् : राष्ट्रपति”
बिन्दवासिनी मन्दिरमा भक्तजनको घुइँचो
वीरगन्ज, कात्तिक ७- शक्तिपीठको रूपमा विख्यात पर्साको ऐतिहासिक बिन्दवासिनी माई मन्दिरमा आज महानवमीका दिन बिहानैदेखि पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ। माई मन्दिरमा बलि चढाउन भाकल गरिएका बोका र पक्षी लिएर सहरका मात्र नभई मन्दिरमा गाउ“गाउँबाट आउने श्रद्धालुको यहाँ घुइँचो लागेको छ। Continue reading “बिन्दवासिनी मन्दिरमा भक्तजनको घुइँचो”
महानवमी पर्व आज मनाइँदै
काठमाडौं- दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ। Continue reading “महानवमी पर्व आज मनाइँदै”
झुमडा नृत्य
कपिलबस्तुमा थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता
कपिलबस्तु- बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा दुई दिने जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ। कपिलबस्तुको जनकल्याण उच्चमाबिको प्राङ्गणमा भएको उक्त कार्यक्रमको हरियाली सामुदायिक बन उपभोत्ता समूह बकुलीपुर, युवा विकास समूह बकुलीपुर र चन्द्रमा युवा क्लव मैटहवाले संयुक्त आयोजना गरेको थियो। Continue reading “कपिलबस्तुमा थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता”

