कमला चौधरी- ‘पातलो शरीर, कालो टिसर्ट त्यो पनि ठाउँ ठाउँमा च्यातिएका। अनि थोत्रिएको, मैलिएको हाफ पाइन्ट। छुस्स दाह्री छ। खिया परेका दात। जिङरि¨ परेको कपाल,’- बुटवलको मुख्य चोक राजमार्ग चौराहामा रिक्साको आड लिएर यात्रुको प्रतिक्षामा भेटिए रिक्सा चालक मनोज यादव। मुख्य राजमार्गमा गाडीहरु बेतोडले कुदेका छन्, कतै यात्रु पाइन्छ कि भन्ने ध्याउन्नमा थिए यादव पनि। लाइनमा अन्य थुप्रै रिक्साहरु पनि छन्। Continue reading “देशभक्ति रिक्सा चालकको कथा”
Author: admin
दशैंको मेलामा विवाद हुँदा गोली चल्यो, ३ जना घाइते
दाङ- दाङ देउखुरीको गढवामा गोली चल्दा तीन जना घाइते भएका छन्। दशैंको फूलपातीका दिन स्थानीय मेलामा भएको सामान्य विवादपछि गोली चलेको हो। मेला भर्न गएका स्थानीय युवाहरुबीच मेला भर्ने क्रममा सामान्य विवाद भएको थियो। Continue reading “दशैंको मेलामा विवाद हुँदा गोली चल्यो, ३ जना घाइते”
बादल हाम्रो प्रधानमन्त्रीको उमेदवारः वैद्य
काठमाडौं- नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले काग्रेसहितका दलहरुको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादलको नाम प्रस्ताव गरेका छन्। रिपोर्टर्स क्लब नेपालले वैद्य निवासमा साक्षात्कारमा उनले यस्तो बताएका हुन्। 
उनले भने- ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रबादी शक्तिले गर्नु पर्ने भन्दै काग्रेससहितकाको कसैको पनि नेतृत्व हामी मान्दैनौ। हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नु पर्छ। यो हाम्रो दावी हो। कसैलाई टिको लगाएर दिन सकिदैन।’
उनले एमाओवादी सरकार छड्दै नछाड्ने र एमाले काग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकोले समस्या समाधान नभएको दावी गर्दै सरकारलाई नै केन्द्रमा राख्दा सम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै उनले अहिले दलहरुवीच सरकार परिवर्तन, नेतृत्व र प्रक्रियाको विषयमा दलहरुवीच छलफलको आवश्यकतामा जोड दिए।
संविधान सभाको पुनःस्थापना र निर्वाचन दुबै विकल्पमा आफ्नो पार्टी खुल्ला रहेको भन्दै पुनःस्थापना गर्ने भए संविधानको अर्न्तबस्तुमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नु पर्ने उनको प्रस्ताव थियो। गोलमेच सम्मेलनको अडान ब्यक्त गर्दै आएका उनले यसकोलागी सर्वोच्च अदालत, राष्ट्रपति र दलहरुबीच छलफल हुनु पर्ने नयाँ प्रस्ताव गरे । यद्यपि उनले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकोले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयूक्त हुने धारणा राखे।
सहमति हुन नसके सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प नभएको भन्दै काग्रेस र एमालेले सडक आन्दोलन सुरु गरे त्यसमा आफ्नो पार्टीको पनि समर्थन हुने स्पष्ट पारे।
उनले भने- ‘काग्रेस र एमाले नाङलो र सुपो ठटाएर हात्ति तर्साउने जस्तो गरेर भाषणबाट प्रधानमन्त्री तर्साउने योजनामा छन्। मलाई उनीहरुले आन्दोलन गर्लान जस्तो लाग्दैन। यदि सडक आन्दोलन गरे भने हाम्रो समर्थन रहन्छ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा टिकिरहन पहिला निर्वाचन र पछि संविधानसभा पुनःस्थापनाको प्रस्ताव राखेको आरोप लगाउँदै भने-२५ वर्षसम्म सत्ता बचाउने रणनीति भएको त प्रचण्डले नै भनिसकेका छन नि।
दशैँको आठौँ दिन महाष्टमी मनाइँदै
काठमाडौं- दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ। Continue reading “दशैँको आठौँ दिन महाष्टमी मनाइँदै”
साहित्यकार गोविन्द वर्तमानको निधन
काठमाडौं- साहित्यकार गोविन्द वर्तमानको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको छ। पायल्स रोगबाट पीडित वर्तमानको उच्च रक्तश्रावका कारण त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। कविताबाट साहित्यिक लेखन सु1रु गरेका वर्तमानको सोह्रसाँझ निबन्ध सङ्ग्रह चर्चित छ। Continue reading “साहित्यकार गोविन्द वर्तमानको निधन”
विश्वमा आज
गृहमन्त्री गच्छदार जकार्ता गए
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार इन्डोनेसियाको जकार्तामा आयोजन हुन लागेको विपद् जोखिम न्यूनीकरण विषयक पाँचौँ एसियाली मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरे। भोलिदेखि सुरु हुने सो सम्मेलनमा मुख्यतया विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय क्षमता अभिवृद्धिका बारेमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। Continue reading “गृहमन्त्री गच्छदार जकार्ता गए”
निःशुल्क मोबाइल सिम वितरण
कञ्चनपुर- युनाइटेड टेलिकमले दसैं तिहारको अवसर पारी कञ्चनपुरमा निःशुल्क मोबाइल सिम वितरण गर्न सुरु गरेको छ। कम्पनीको आधिकारिक बिक्रेता पपुलर ट्रेड लिङ्कले मदनचोकमा स्टल राखेर सिम वितरणको कार्य सुरु गरेको हो। आफ्नो प्रचारप्रसारका लागि दुई दिनसम्म निःशुल्क सिम वितरण गरिने आधिकारिक बिक्रेता ट्रेड लिङ्का बजार अधिकृत टेकबहादुर कपडेले बताए। Continue reading “निःशुल्क मोबाइल सिम वितरण”
भूतमेला सुरु
महोत्तरी- महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ। सोनामाई गाविस– ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। हरेक वर्ष बडादसैँको सप्तमीदेखि सोनामाईमा भूतमेला लाग्छ। सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ। Continue reading “भूतमेला सुरु”
संविधान सभाको पुनःस्थापना व्यर्थ : कोइराला
बाँके- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनमत नयाँ निर्वाचनको पक्षमा भएकाले संविधानसभाको पुनस्थापना व्यर्थ भएको बताएका छन्।
Continue reading “संविधान सभाको पुनःस्थापना व्यर्थ : कोइराला”



