रहेनन् बलिउडका निर्माता-निर्देशक यस चोपडा

नयाँ दिल्ली, एजेन्सी- जब तक है जान फिल्मलाई आफ्नो अन्तिम फिल्मको घोषणा गरेका  चर्चित भारतीय निर्देशक यश चोपडाको उक्त फिल्म रिलिज हुनुअघि नै निधन भएको छ। ८० वर्ष उमेर उनको आज बान्द्रास्थित लिलावती अस्पतालमा निधन भएको हो। बलिउडमा उत्कृष्ट प्रेम कथा र एक्सन ड्रामाको निर्देशन गरेका उनी ९ दिनअघि अस्पताल भर्ना भएका थिए। Continue reading “रहेनन् बलिउडका निर्माता-निर्देशक यस चोपडा”

घुस माग्ने मन्त्रीको कार्यभार बोगटीलाई

काठमाडौं- प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा गठित मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सम्हाल्दै आएका श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जनाएको छ। Continue reading “घुस माग्ने मन्त्रीको कार्यभार बोगटीलाई”

र्‍याफ्टिङ गर्दै कामरेडहरु

फ्रेस बन्न सिन्धुपाल्चोक आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल
आइतबार सुनकोसीमा र्‍याफिटङ गर्दै। तस्बिर :  ध्रुव दंगाल

ब्रेस्ट क्यान्सर पत्ता लगाउने स्मार्ट ब्रा

वासिङटन, एजेन्सी– हालै एक अमेरिकी कम्पनीले ब्रेस्ट क्यान्सर सुरु हुनासाथ पत्ता लगाउन सक्ने ब्राको डिजाइन तयार पारेको बताएको छ। अमेरिकाको नेभादा राज्यमा रहेको लाइफलाइन बायो टेक्नोलजी कम्पनीले ब्राको नाम फर्स्ट वार्निङ सिस्टम अर्थात स्मार्ट ब्रा राखेको छ। कम्पनीले ब्रामा बे्रस्ट क्यान्सरलाई सुरुवातमा नै पत्ता लगाउने हाइटेक डिभाइस राखेको दाबी गरेको छ। Continue reading “ब्रेस्ट क्यान्सर पत्ता लगाउने स्मार्ट ब्रा”

चैत-वैशाखसम्म नयाँ निर्वाचन हुन्छ : प्रम

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी चैत-वैशाखसम्म नयाँ निर्वाचन हुने बताएका छन्। रिपोर्टर्स क्लबले दसैं तथा तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री डा भट्टराईले चुनावका निम्ति केही समयभित्रै दलहरूबीच सहमति हुने दाबी गरे। उनले भने, ‘राजनीतिमा केही हुँदैन भन्दा पनि प्रक्रिया अगाडि बढिरहेको हुन्छ, अहिले पनि त्यस्तै भइरहेको छ, केही समयभित्रै राष्ट्रिय सहमति कायम हुन्छ।’

सबै दललाई मान्य हुने गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले सहमतिबिना राष्ट्रले निकास नपाउने बताए। राष्ट्रिय सहमतिको बाधक आफू नभएको बताउँदै प्रधानमन्त्री भट्टराईले चाँडै राष्ट्रिय सहमति कायम होस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पारे।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारकै कारण देश सङ्कटमा फस्दै गएको बताए। सरकार आफूखुसी चलेका कारण समस्या पैदा भएको बताउँदै उनले दसैँपछि आन्दोलनमा जान सरकारले विपक्षी दलहरुलाई बाध्य पारिरहेको उल्लेख गरे।
आन्दोलनको कुनै विकल्प नदेखिएको बताउँदै अध्यक्ष खनालले भने, ‘देशलाई सही राजनीतिक दिशामा लैजान र संविधान निर्माणका लागि पनि आन्दोलनकै जरुरत परेको छ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि विघटित संविधान सभाको पुनःस्थापना नै उत्तम विकल्प भएको बताए। वरिष्ठ नेता देउवाले भने, ‘संविधान सभाको पुनःस्थापना नै कम जोखिमपूर्ण बाटो हो, विवादित विषयमा सहमति जुटाएर दुईचार दिन मात्रै संविधानसभा पुनःस्थापना गर्न सकिन्छ।’

नेपाली कांग्रेस पनि के गर्ने भन्ने विषयमा अझै प्रष्ट नभएको उनको भनाइ थियो। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले दलहरूले नचाहेकै कारण देशले राजनीतिक निकास पाउन नसकेको बताए। सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, उद्योगी, व्यवसायी, पत्रकार, सरकारका उच्च अधिकृतलगायतको उपस्थिति थियो। रासस

घुस माग्ने श्रममन्त्रीलाई तत्‍काल राजीनामा गर्न प्रमको निर्देशन

काठमाडौं, कात्तिक ४- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको अभियोग लागेका श्रममन्त्री कुमार बेल्वासेलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस मागेको देखिएकाले बेल्वासेलाई तत्काल पद त्याग्न आफूले निर्देशन दिइसकेको प्रधानमन्त्री डा बाबुराम भट्टराईले बताए। 

 
उनले भने- भ्रष्टाचारको अभियोग लागेपछि नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्दछ, मैले श्रममन्त्री बेल्वासेलाई राजीनामा दिन भनेको छु।

प्रधानमन्त्री डा भट्टराईले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पनि तत्काल बेल्वासेलाई फिर्ता गर्न आग्रह गरेको समेत जानकारी दिए। ‘नैतिक हिसाबले राजीनामा दिनुहुन्छ भने राम्रो हुन्छ, होइन भने उहाँलाई हटाउनुपर्ने हुनसक्छ,’ प्रधानमन्त्रीले भने।

श्रममन्त्री बेल्वासेले म्यानपावर दर्ताको सम्बन्धमा खुलमखुल्ला घुस मागेको आजका केही सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए। भ्रष्टाचारको अभियोगमा मन्त्रीमाथि कारबाही हुन लागेको यो दोस्रो पटक हो, यसअघि सरिता गिरीलाई पनि भ्रष्टाचारको अभियोगमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए। रासस

काठमाडौंमा मोरङ-सुनसरीका थारु समुदायको जमघट (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- खुतली देबी–सिरु गच्छदार स्मृति ट्रस्टले शनिबार राजधानीमा दसैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गर्‍यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार सहभागी थिए। कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने मोरङ-सुनसरीका थारु समुदाय सहभागी थिए। सहभागीहरुले एकआपसमा दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान गरे। कार्यक्रमको तस्बिर हेर्नुस्। थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस्

Continue reading “काठमाडौंमा मोरङ-सुनसरीका थारु समुदायको जमघट (फोटो फिचर)”

राष्ट्रपतिले शीर्ष नेतालाई भने- सहमतिका लागि किन सिन्को भाँच्नुहुन्न?

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई अहिलेको राजनीतिक अन्योललाई चिर्दै शीघ्र राजनीतिक निकास निकाल्न पुनः आग्रह गरेका छन्। उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग कति दिन, कति महिनासम्म देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्छ? भनेर प्रश्‍नसमेत गरेका थिए। Continue reading “राष्ट्रपतिले शीर्ष नेतालाई भने- सहमतिका लागि किन सिन्को भाँच्नुहुन्न?”