भरत केसी- सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ का कार्यक्रम प्रभावकारी नहुँदा भ्रमण वर्षबाट अपेक्षित उपलब्धी नहुने देखिएको छ। भ्रमण वर्षमा पर्यटकलाई लुम्बिनी र बुद्धसँग सम्बन्धित यस क्षेत्रका दर्शनीयस्थलमा पुग्ने कार्यक्रम नहुँदा भ्रमण वर्षमा पर्यटक आगमनको लक्ष्य पूरा नहुने देखिएको हो। Continue reading “लुम्बिनी भ्रमण वर्ष २०१२ बाट उपलब्धि भएन”
Author: admin
युरोपियन युनियनलाई नोबल शान्ति पुरस्कार
एजेन्सी- युरोपियन युनियनलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ। युरोपको आर्थिक रुपान्तरणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पाँच सदस्यीय नोबेल पुरस्कार कमिटीले इयुलाई सो पुरस्कार दिने निर्णय गरेको हो। Continue reading “युरोपियन युनियनलाई नोबल शान्ति पुरस्कार”
एसीसी ट्रफीको च्यम्पियन नेपाल र युएई दुबै
काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी ट्रफी इलिट कपमा नेपाल र युएईबीचको खेल बराबरीमा सकिएपछि दुवै टिम संयुक्त रुपमा विजयी भएका छन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २४१ रन बनायो। २४२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै २४१ रनै बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो। Continue reading “एसीसी ट्रफीको च्यम्पियन नेपाल र युएई दुबै”
Shivani Singh Tharu
अन्तरजातीय विवाह गर्दै धनगढीका थारु युवा
धनगढी- दलित र गैर दलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारले नीति बनाएपछि कैलालीमा अन्तरजातीय विवाह गर्नेहरू बढेका छन्। जिल्ला प्रशासन कार्यालयले पछिल्लो दुई वर्षयता जिल्लामा अन्तरजातीय विवाह गर्ने १८२ जोडी पुगेको जनाएको छ। Continue reading “अन्तरजातीय विवाह गर्दै धनगढीका थारु युवा”
मन्त्रिपरिषद् बैठकले अस्पतालको नाम फेर्यो
काठमाडौं- सरकारले बुधबार दिवङ्गत हुनुभएका जिउँदो सहिदको नामले परिचित वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले स्वर्गीय शर्मालाई राज्यको तर्फबाट दिइने अमरत्वका लागि परिवारसँग छलफल गरेर आवश्यक निर्णय लिने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए। Continue reading “मन्त्रिपरिषद् बैठकले अस्पतालको नाम फेर्यो”
पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने सरकारको तयारी
रमेश लम्साल, काठमाडौं- सरकारले देशका पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने भएको छ। सरकारले गरेको अध्ययनअनुसार केबलकार सञ्चालनका लागि मुलुकको पाँच स्थान उपयुक्त देखिएको हो। Continue reading “पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने सरकारको तयारी”
३० लाख पर्ने आइफोन
एजेन्सी- आइफोन मन नपर्ने कमै होलन्। विश्व बजारलाई आइफोन ५ ले तताइरहेकै बेला अर्को नयाँ समाचार थपिएको छ। सुन्दा तपाइँलाई आश्चर्य लाग्न सक्छ। लण्डनका चर्चित डिजाइनर स्टुअर्ट ह्यूजेसले आइफोनलाई नयाँ डिजाइनमा प्रस्तुत गर्दै सुन र हीरा समावेश गरेका छन्। Continue reading “३० लाख पर्ने आइफोन”
एट्लान्टिस्मा एक रात
जीवा लामिछाने- जल भन्दा थोरै जमिनमा मानवले गरेको कतिपय निर्माणले प्रकृतिको सिर्जनासँग आश्चर्यजनक प्रतिस्पर्धा गर्न खोजेको छ। दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो। Continue reading “एट्लान्टिस्मा एक रात”
लोक सेवाको परीक्षामा आफ्नै श्रीमती र छोरीलाई बढी नम्बर

काठमाडौं- जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक र पूर्व शिक्षा सचिवले आफ्नै श्रीमति र छोरीलाई लोक सेवाको लिखित परीक्षामा पास गराएको पाइएको छ। विकास केन्द्रका सूर्य गौतमले श्रमति इन्दीरा ढकाल गौतम र पूर्व सचिव रामस्वरुप सिन्हाले अन्तिमाकुमारी सिन्हालाई विद्यालय निरीक्षक पदमा पास गराएको पाइएको हो। Continue reading “लोक सेवाको परीक्षामा आफ्नै श्रीमती र छोरीलाई बढी नम्बर”
