राजविराजमा आयोजित कृषि सहकारी रमाइलो मेलाको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागतमा पन्चकन्यासहित प्रस्तुत गरिएको साँस्कृतिक झाँकी। तस्बिर : मनोहर पोखरेल
भक्तपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। फोरम लोकतान्त्रिकले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ठूला तीन दल कमजोर र अक्षम भएकाले अब सरकारको नेतृत्वका लागि आफ्नो पार्टीमात्र सक्षम रहेको दाबी गरे। Continue reading “फोरम लोकतान्त्रिकले नेतृत्व गर्छ : गच्छदार”
काठमाडौं- राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधानको भावनाअनुरुप राजनीतिक दलहरुको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवं संवैधानिक नियुक्तिजस्ता विषयमा छिटो निर्णयमा पुग्न आग्रह गरेका छन्। Continue reading “राष्ट्रपति कड्किएर भने मैले संविधानको रक्षा गर्ने कि त्यो पुस्तक पूजा गर्ने?”
टोपबहादुर चौधरी- जब डशैंह्या मौसम शुरु हुइठ, टब सख्या गीत ओ पैंया नाचक सम्झना हुइठ। डश्या शुरु हुइल हप्तौं दिनसे आघ थारू गाउँम नाच जिना सख्या ओ पैंया कम्ति मार्मिक ओ मौलिक निहो। गाउँपिच्छे नाच जिना घिन्द्राउँ–घिन्द्राउँ मन्द्रक ताल ओ बठ्न्यावनक छुनछुन मजिउरक आवाजले मनैनक मन कम्ति चम्पन निहुइट। यी आवाजले पूरा वातावरण जो मनोरम ओ संगीतमय बनैठा। Continue reading “सख्या गीतक् महत्व”
काठमाडौं– घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशिको नकआउट प्रतियोगिता एनसेल कप फुटबलको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबले जितेको छ। शनिबार फाइनलमा मनाङले म्याक डोवयल्स रानी पोखरी कर्नर टिम (आरसीटी)लाई ६–१ ले हरायो। मनाङको जितमा कप्तान अनिल गुरुङले सर्वाधिक ४ गोलको योगदान गरे। बैकल्पिक खेलाडी सुलभ मास्के र मबिल स्टेफनले १–१ गोल गरे। Continue reading “मनाङ एनसेल कप च्याम्पियन”

मदन चौधरी- अढाइ दशकअघि रेकर्डिस्टका रूपमा फिल्म लाइन छिरेका परशुराम चौधरी आज आफैं अभिनय गर्छन्, पटकथा लेख्छन्, निर्देशन गर्छन्। छायांकन, सम्पादक, ध्वनि र पार्श्व संगीतमा समेत उनको अनुभव छ। सुनसरी झुम्कामा जन्मेका उनले २०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्समा डिप्लोमा गरे। Continue reading “थारु फिल्ममा समर्पित सुपरस्टार”