किशोर-किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बन्ने

काठमाडौं- राष्ट्रिय योजना आयोगले किशोर किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउने भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहकार्यमा आयोगले किशोर किशोरीको समग्र आर्थिक, सामाजिक विकास गर्न कार्ययोजना बनाउन लागेको हो। Continue reading “किशोर-किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बन्ने”

भारतीय प्रहरीद्वारा सीमामा शुल्क असुली

कैलाली- भारतका विभिन्न सहरमा काम गरी घर फर्कने नेपाली सीमा क्षेत्रमा मोटो शुल्क तिर्न बाध्य हुँदै आएका छन्। भारतीय सीमा सुरक्षा बलका प्रहरीहरुले रकम असुल्ने बहानामा दुःख दिन थालेपछि उनीहरु शुल्क तिर्न बाध्य भएका हुन्। Continue reading “भारतीय प्रहरीद्वारा सीमामा शुल्क असुली”

बैठक–सम्वादलाई निरन्तरता दिने एमाओवादीको निर्णय

काठमाडौं- एमाओवादीले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि अन्य राजनीतिक दलहरुसँग वार्ता र संवादलाई निरन्तर अगाडि बढाउने भएको छ। देशमा राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै एमाओवादीले राजनीतिक दलहरूका बीचमा वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेको हो। Continue reading “बैठक–सम्वादलाई निरन्तरता दिने एमाओवादीको निर्णय”

दलहरुको पहलप्रति न्यायालयको चासो हुँदैन : प्रधानन्यायाधीश

काठमाडौ‌- प्रधानन्यायाधीश खिलराज रेग्मीले सर्वोच्च अदालतको फैसलाविपरीत संविधा नसभा पुनःस्थापना गर्न राजनीतिक दलहरूले गर्दै आएको पहलप्रति न्यायालयको कुनै सरोकार नरहेको बताएका छन्। Continue reading “दलहरुको पहलप्रति न्यायालयको चासो हुँदैन : प्रधानन्यायाधीश”

पश्चिम सेती परियोजना निर्माण हुने नै भयो त?

लालबहादुर ऐरी- पश्चिम सेती परियोजना निर्माणसम्बन्धमा चिनियाँ निर्माण कम्पनी थ्री गर्जेजसँग हालै सम्झौता भएपछि डेढ दशकसम्म ठूलो धैर्यता र सपना साँचेर बसेका सुदूरपश्चिमाञ्चल क्षेत्रका जनता अब चाहीँ परियोजना बन्ने नै भयो भन्ने कुरामा ढुक्क हुन थालेका छन्। Continue reading “पश्चिम सेती परियोजना निर्माण हुने नै भयो त?”

पूर्ण बजेट ल्याउन आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिमण्डलले मुख्य राजनीतिक पार्टीका शीर्ष नेतालाई भेटी राजनीतिक सहमतिबाट पूर्ण बजेट ल्याउने वातावरण बनाउन आग्रह गरेका छन्। महासङ्घका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा आज दलका शीर्ष नेता कहाँ पुगेको टोलीले नेपाली काँग्रेस समापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटी सहमति गर्न आग्रह गरेका थिए। Continue reading “पूर्ण बजेट ल्याउन आग्रह”

बलत्कारपछि २१ वर्षीया युवतीको हत्‍या

विराटनगर- विराटनगर–४ गोग्राहकी २१ वर्षीया उर्मिला राजवंशीको बलात्कार गरी हत्या गरिएको विरोधमा आज मृतकको शवसहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। स्थानीय कोसी अञ्चल अस्पतालबाट निस्केको जुलुसले हत्यारालाई कारबाही, मृतकलाई न्याय गर, किरण बस्नेतलाई कारबाही गर भन्दै नारासहितको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गर्‍यो। Continue reading “बलत्कारपछि २१ वर्षीया युवतीको हत्‍या”

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं- एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेलमा हङकङलाई १ सय २५ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २२५ रन बनायो। २२६ रनको लक्ष्य पछ्याएको हङकङ ३७ ओभरमा एक सय रन बनाउँदै अल आउट भयो। नेपालका लागि कप्तान पारस खड्काले ५४ बलमा ६ चौका २ छक्का हान्दै सर्वाधिक ६१ रन बनाए। Continue reading “हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश”

नाचौं-२ मा दस प्रतिस्पर्धी भिड्दै

तस्बिर सौजन्य: शेरबहादुर केसी

शेरबहादुर केसी, बुटवल- लुम्विनी अञ्चलस्तरीय नृत्य प्रतियोगिता नाचौं–२ को फाइनल प्रतिस्पर्धा यही असोज ३० गते हुने भएको छ। ४ सय ५३ जनाले पहिलो अडिसनमा भाग लिइ ६ चरणसम्म छनोट भएर आएका उत्कृष्ट १० जना फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा निर्णायकको ५० अंक र दर्शक भोटको ५० अंकको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने कार्यक्रम संयोजक जेबी क्षेत्रीले बताए। Continue reading “नाचौं-२ मा दस प्रतिस्पर्धी भिड्दै”

जितिया पर्व सम्पन्न

काठमाडौं- तराईमा बस्ने महिला समुदायले मनाउने जितिया पर्व आज सम्पन्न भएको छ। तिथिका समयमा थपघटका कारण यसपटक आइतबार बेलुकी ८ बजेदेखि अष्टमी तिथिको प्रवेश गरेकाले यो पर्व कठोर बनेको थियो। Continue reading “जितिया पर्व सम्पन्न”