गुर्डोन र यामानाकाले पाए चिकित्साशास्त्रको नोबल

जोन गुर्डोन र शिन्या यामानाका

एजेन्सी- चिकित्साशास्त्रको नोबल पुरस्कार यो वर्ष बेलायती अनुसन्धानकर्ता जोन गुर्डोन र जापानका शिन्या यामानाकाले पाएका छन्। स्टकहोमको कारोनलिन्स्का इन्स्टिच्युटले सेल र अर्गानिज्मको विकासबारे हाम्रो बुझाईमा क्रान्तिकारी परिवर्तन ल्याएको भन्दै यो प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो। Continue reading “गुर्डोन र यामानाकाले पाए चिकित्साशास्त्रको नोबल”

जिल्ला स्तरीय थारु नृत्य प्रतियोगिता

कपिलवस्तु, असोज २० (नागरिक)– दसैंको शुभउपलक्ष्यमा थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कपिलवस्तु–१, बरकुलपुरमा जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समूह, चन्द्रमा युवा क्लब र बरकुलपुर युवा समूहको आयोजनामा कात्तिक ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने संयोजक श्रीनिवास चौधरीले जानकारी दिए। Continue reading “जिल्ला स्तरीय थारु नृत्य प्रतियोगिता”

वैशाखभित्रै निर्वाचन हुन्छ : गृहमन्त्री गच्छदार

‘अखण्ड सुदूरपश्चिम हुनै सक्दैन’-

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी चैत वा वैशाख महिनामै नयाँ संविधान सभाको निर्वाचनका लागि सरकारले प्रस्ताव गरेको जानकारी दिएका छन्। उनले ती दुई महिनामध्ये कुन महिनामा निर्वाचन गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन अहिले शीर्ष तहमा सम्वाद भइरहेको जानकारी दिए।

Continue reading “वैशाखभित्रै निर्वाचन हुन्छ : गृहमन्त्री गच्छदार”

राजधानीमा जितिया पर्व (फोटो फिचर)

अभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु नृत्‍य तथा गीत प्रस्तुत गरिएको थियो। सोही अवसरमा थारु समुदायलाई योगदान पुर्‍याएका तीन जनालाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सम्मान गरेका थिए। त्यही कार्यक्रमको तस्बिरहरु हेर्नुहोस्: Continue reading “राजधानीमा जितिया पर्व (फोटो फिचर)”

थारुवान डटकमको उद‍घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार। साथमा सत्र्चालक मदन चौधरी।

राजधानीमा आयोजित जितिया पर्वको आयोजकद्य थारु महिला समाज र थारु महिला सभाका सदस्यहरु।