नेपालगन्ज- बाँकेको सोनपुर–८ गुनानामा आज बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ आइरहेको भे१ख १३०८ नम्बरको बस सडकमा पल्टिँदा बाँके बनकटुवाका २५ वर्षीय धीरेन्द्र हमालको मृत्यु भएको हो। Continue reading “बाँकेमा बस पल्टिँदा एकको मृत्यु, नौ घाइते”
Author: admin
जिविसमा तालाबन्दी गर्न खोज्नेमाथि लाठीचार्ज
सप्तरी- जिल्ला विकास समितिका कर्मचारीहरूले लिएको पेस्की रकम ब्याजसहित फर्छ्योट गराउनुपर्नेलगायतका मागसहित जिविसमा तालाबन्दी गर्न पुगेका जिल्लास्थित विभिन्न ११ वटा राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। Continue reading “जिविसमा तालाबन्दी गर्न खोज्नेमाथि लाठीचार्ज”
अर्को मधेसवादी दल गठन
काठमाडौं- मधेसवादी दलहरूबीच एकीकरण हुने चर्चा चलिरहेकै बेला ‘राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टी’ नामको नयाँ दल गठन भएको छ। इन्तुराय यादव (मइकल) अध्यक्ष रहेको सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको शङ्खमूलमा छ। Continue reading “अर्को मधेसवादी दल गठन”
अवसरको सुनखानी
डी. विनोद- पढ्ने र काम गर्नेका लागि जापान आकर्षक गन्तव्य बन्दै गइरहेको छ। प्राविधिक शिक्षासँगै रोजगारीका अवसरका लागि युवा पुस्ता जापान जान लालायित छ। मध्यमवर्गीय युवा जनशक्ति प्राविधिक शिक्षा र रोजगारीका लागि जापान छिर्न प्रयत्नरत छ। त्यसका लागि उनीहरूले जापानी भाषाको अध्ययन गरिसकेका छन्। Continue reading “अवसरको सुनखानी”
सुनको मूल्यमा प्रतितोला ८ सय ५२ रुपैयाले कमि
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य आज प्रतितोला ५८ हजार ९३८ कायम भएको जनाएको छ। सो मूल्य अघिल्लो साताको तुलनामा प्रतितोला रु ८५२ ले कमी आई बजारमा कारोबार भएको हो। अघिल्लो साता प्रतितोला रु ५९ हजार ७९० कायम भई कारोबार भएको सङ्घले जानकारी दिएको छ। Continue reading “सुनको मूल्यमा प्रतितोला ८ सय ५२ रुपैयाले कमि”
नेपालको शानदार जित
काठमाडौं- ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङले नेपाल साउदी अरेबियाविरुद्ध ९ विकेटले विजयी भएको छ। १३२ रनको लक्ष्य पाएको नेपालले १३.१ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालले साउदी अरेबियाले पेस गरेको लक्ष्य २ सय २१ बल अगाडि नै पूरा गरेको हो। यसअघि टस हारेर साउदी अरेबिया ४८.२ ओभरमा १३१ रन बनाएको थियो। Continue reading “नेपालको शानदार जित”
थरुहट तराई पार्टीको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई हटाइयो
महेन्द्रनगर- थरुहट तराई पार्टी नेपालको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई बर्खास्त गरिएको छ। थरुहट तराई पार्टी विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकमा समाहित भएको घोषणप्रति आपत्ति जनाउँदै साधारण सदस्यतासमेत नरहनेगरी पार्टीले थारुलाई बर्खास्त गरिएको हो। Continue reading “थरुहट तराई पार्टीको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई हटाइयो”
लक्ष्मण थारु फोरम लोकतान्त्रिकमा प्रवेश
गजेन्द्र बोहरा, दाङ- थरुहट तराई पार्टी औपचारिकरुपमा मधेसी जनअधिकार फोरम(लोकतान्तित्रक) मा समायोजित भएको छ। बिहीबार दाङको लमहीमा आयोजित एउटा सभामा थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले अब आफ्नो पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)मा समाहित भएको घोषणा गरे। Continue reading “लक्ष्मण थारु फोरम लोकतान्त्रिकमा प्रवेश”
कमैया बाबुको नाक राख्ने वीरबहादुर
‘म निरासावादी हैन, आशावादी हुँ’
मदन चौधरी, काठमाडौं– उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अबको दस वर्षमा नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले आफू निरासावादी नभई आशावादी भएकाले अबको दस वर्षभित्र जसरी पनि नेपाली राजनीतिलाई ट्र्याकमा ल्याइछाड्ने ठोकुवा गरे। Continue reading “कमैया बाबुको नाक राख्ने वीरबहादुर”
‘सहमतिका लागि सरकार छाड्न तयार छु’
राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयमा जटिलताको गाँठो कस्सिँदै गइरहेका बेला सत्तारुढ दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिका लागि सरकार छोड्न तयार भएको बताएका छन्। Continue reading “‘सहमतिका लागि सरकार छाड्न तयार छु’”