थारु अनलाइन मिडिया र नेक्स्ट इभेन्ट इन्टरनेश्नलले पहिलो पटक मिस र मिस्टर थारुको आयोजना गर्न लागेको छ। बिहीबार अनामनगरस्थित थारु मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा मिस र मिस्टर थारु पहिलोपटक आयोजना गर्न लागेको जानकारी दिएको हो। Continue reading “पहिलोपटक मिस एन्ड मिस्टर थारु हुने, देशको चार ठाउँमा अडिसन हुँदै”
Author: admin
राज्यका हरेक निकायमा थारु आरक्षण लागू गर्न सर्वोच्चको आदेश
थारुहरुलाई राज्यका प्रत्येक निकायहरुमा समावेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । नेपालको संविधान धारा ४२ मा उल्लेख गरिएको ‘अन्य समुदाय र वर्गलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समेट्नुपर्ने’ सिद्धान्तका आधारमा सर्वोच्चले थारु जातीका लागि पनि आरक्षणको ब्यबस्था गर्नुपर्ने आदेश दिएको हो । Continue reading “राज्यका हरेक निकायमा थारु आरक्षण लागू गर्न सर्वोच्चको आदेश”
बाम गठबन्धन : एमालेबाट ६ र माओवादीबाट ३ जना थरु उम्मेदवार (सूचीसहित)
नेकपा एमालेको तर्फबाट ६ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिँदैछन्। भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दिँदैछन्। यो क्षेत्रबाट कांग्रेसबाट विजयकुमार गच्छदार उठ्दैछन्। यी दुईबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
त्यस्तै उदयपुर १ बाट मञ्जु चौधरीले उम्मेदवारी दिँदैछन्। सप्तरी ३ बाट ताराकान्त चौधरी र बारा ४ बाट देवनारायण चौधरीले उम्मेदवारी दिँदैछन्।
त्यस्तै दाङ १ बाट मेटमणि चौधरी र कैलाली ५ बाट नारदमणि चौधरीले उम्मेदवारी दिँदैछन्। कैलाली ५ बाट कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीक आरजु राणाले उम्मेदवारी दिँदैछन्।
बाम गठबन्धनको अर्का दल एमाओवादीबाट भने बर्दिया २ मा सन्तकुमार थारु र कैलाली ३ मा गौरीशंकर चौधरी र माेरङ ४ बाट अमनलाल माेदीले उम्मेदवारी दिँदैछन्।
यी हुन् कांग्रेसका थारु उम्मेदवार (२२ जनाको सूचीसहित)
नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनावका लागि तयार पारेको अन्तिम सूचीमा नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारसहित गोपाल दहित र रामजनम चौधरी परेका छन्। माग गरेको योगेन्द्र चौधरी र जनकराज चौधरी भने प्रदेशसभामा झरेका छन्। Continue reading “यी हुन् कांग्रेसका थारु उम्मेदवार (२२ जनाको सूचीसहित)”
राजकुमार लेखी प्रदेशसभामा उठ्दै, सप्तरी १’क’ बाट उम्मेदवारी दिँदै
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी प्रदेशसभाका लागि टिकट पाएका छन्। उनले प्रदेश नम्बर २ सप्तरीको क्षेत्र नम्बर १ ‘क’ बाट चुनावमा लड्ने भएका छन्। यसअघि उनले सप्तरी १ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको दाबी गरेका थिए। फोरमसँगको तालमेलले १ क्षेत्र नम्बर उपेन्द्र यादवले लिएपछि लेखी कबाट उठ्न लागेका हुन्। Continue reading “राजकुमार लेखी प्रदेशसभामा उठ्दै, सप्तरी १’क’ बाट उम्मेदवारी दिँदै”
थाकस कोरियाद्वारा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान
कारी महतो/चितवन।
थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई पनि विदाई गरिएको छ । Continue reading “थाकस कोरियाद्वारा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान”
गंगा सत्गौंवा चौधरीको नाम एमालेको समानुपातिक सूचीमा
थरुहट तराई पार्टी नेपालबाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेकी गंगा सत्गौंवा चौधरी नेकपा एमालेको समानुपातिक सूचीमा परेका छन्। पहिचानविरोधी पार्टी भन्दै उनले नेकपा एमालेको कडा विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध भएकी थिइन्।
प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक सूचीमा उनको ७२ नम्बरमा नाम रहेको छ। गंगा चौधरीबाहेक बाराबाट भुगदेव चौधरी, नवलपरासीबाट मझिलाल थनेत, दाङबाटै शान्ता चौधरी, कैलालीबाट लक्ष्मी चौधरी र हनुमान चौधरी र सप्तरीबाट ममता चौधरी नाम पनि समावेश छ।
प्रतिनिधिसभाका लागि कैलाली ३ मा रामजनमले टिकट पाए, जनकराजले पाएनन्
नेपाली कांग्रेसले थारु नेता रामजन चौधरीलाई कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको टिकट दिएको छ । कैलाली क्षेत्र नम्बर १ दाबी गरेका जनकराज चौधरीलाई भने प्रदेशसभा ‘क’को टिकट दिएको छ । पार्टी प्रवेश गर्दा यी दुबै नेतालाई नेता विजयकुमार गच्छदारले प्रतिनिधि सभाको टिकट दिनुपर्ने दबाब दिएका थिए । Continue reading “प्रतिनिधिसभाका लागि कैलाली ३ मा रामजनमले टिकट पाए, जनकराजले पाएनन्”
आपाङ्ग बालबालिकालाई थारु महिला उत्थानको न्यानो कपडा
सुनिल चौधरी/सुनसरी।
थाारु महिला उत्थान समाज रामधुनीले कला संस्कृतिको संरक्षणमात्र हैन समाजमा रहेका लक्षित बर्गलाई सम्मान तथा सहयोग गर्दै आएको छ । उनीहरुलाई केहिमात्र सहयोगले जिवन परिवर्त हुन्छन् भन्ने उधेश्यले समाज परिवर्तकैलागी समाज सेवामा लागेका छन् ।
यसै क्रममा उत्थान समाजले बुधवार एक कार्यक्रमबीच रामधुनी वडा नं. ३ स्थित रहेको जनता माबि सिंगीया स्कुलमा अध्यनरत २१ जना बौद्धिक आपाङ्ग बालकालिकालाई न्यानो कपडा र स्टेसनरीका सामान बितरण गरेको छ ।
देउसी भैलोबाट संकलन गरेको रकम उत्थान समाजले एकादशीको अवसर पारेर बितरण गरेको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले बताइन् । समाजले एकादशीमा साँस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस बर्ष समाजमा फरक काम गर्ने उद्देश्यले बितरण गरेको हो । हुन त उत्थान समाजले माघि,जितिया,एकादशीको सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरीक, दृष्टिविहीन, आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई रकम हस्तान्तरणगरी सहयोग गर्दै आएको छ । संस्थाले बाढि पिडितलाई समेत ततकालै राहत बितरन गरेको थियो ।
सो बितरण कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३ वडा अध्यक्ष राजकुमार चौधरीले बोल्दै थारु महिला उत्थान समाजले गरेको काम राज्य स्तरकै रहेको भन्दै यस किसिमका कामले उत्थान समाज गहनाकै रुपमा रहेको बताए । सोही बिध्यालयका प्रध्यानाध्यापक राजेन्द्र पौडेलले उत्थान समाजले उदाहरणीय काम गरेको भन्दै यस्को सगठन अधिराज्यभरी बिस्तारको कामना गरे ।
छात्र छात्रागरी २१ जना कठिन प्रकृतिका बौद्धिक आपाङ्ग बालकालिका बिध्यालयमा अवासीय सहित अध्यनरत छन् । न्यानो कपडा बितरणले बिध्यालयकै खुसी अनुहार भएको भन्दै आपाङ्ग बालकालिकामा ब्यवहार परिवर्त भई उनीहरलाई मानसिक स्थिरता हुने सह प्रध्यापक देवनारायण मेहताले समाजलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रम समापन गर्दै समाजकी अध्यक्ष सिता चौधरीले थारु महिला उत्थानले सबै जातजाती समेटेर अगाडि बढ्ने बताउदै थारु महिलाहरु शिक्षित छन् तर घरमै बस्नु पर्ने बाध्यता रहेकाले यस संस्था मार्फत थारुलाई मात्र हैन सबै समुदायको उत्थानकालागी सबै खुडकीलो पार गरी महिलाहरु लक्ष्यमा पुग्ने बताइन् ।
त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष मनेष चौधरी, फोनिज अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, थारु युवा समाज बलहाका अध्यक्ष रोहित चौधरी, दिलिप चौधरी लगायतका बत्ताले उत्थान समाजको कार्यक्रमहरु उत्कृष्ट रहेकोमा जोड दिएका थिए ।
लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार
उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुराकानी गर्दै उनले वामपन्थी दलहरुबीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे । Continue reading “लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार”