मुस्ताङको निषेधित क्षेत्रबाट दुई चिनियाँ नागरिक पक्राउ

बिना अनुमति उपल्लो मुस्ताङ गएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपलिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै दुई चिनियाँ नागरिक पक्राउ परेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए। Continue reading “मुस्ताङको निषेधित क्षेत्रबाट दुई चिनियाँ नागरिक पक्राउ”

थारूविहीन बन्यो मुख्यमन्त्री डिल्ली चौधरीको सचिवालय, थारू समुदायका नेता कार्यकर्ता रुस्ट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सचिवालय थारूविहीन बनेको छ। इतिहासमा पहिलोपटक मुख्यमन्त्री बनेका चौधरीले आफ्नो सचिवालयमा गैर थारूहरूलाई नियुक्त गरेका छन्। Continue reading “थारूविहीन बन्यो मुख्यमन्त्री डिल्ली चौधरीको सचिवालय, थारू समुदायका नेता कार्यकर्ता रुस्ट”

शिक्षकको परीक्षामा थारूलाई ९ प्रतिशत र थारू महिलालाई ६.६ प्रतिशत आरक्षण

सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ । Continue reading “शिक्षकको परीक्षामा थारूलाई ९ प्रतिशत र थारू महिलालाई ६.६ प्रतिशत आरक्षण”

बिहीबार सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो।

नेम्वाङको मंगलबार विहान हृदयघातका कारण निधन भएको थियो। आजै बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले नेम्वाङको राजकीय सम्मानसहित अन्त्यष्टि गरिने र अन्त्यष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेम्वाङको बिहीबार ११ बजे अन्त्यष्टि गर्ने मिति तय भएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

त्यस्तै उक्त नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।

‘संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८०।०५।२६ गते बिहान असामयिक निधन भएको छ। नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्वाङले निर्वाह गर्नुभएको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै मिति २०८०।०५।२६ को नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको। स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भदौं २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, थारू नेताहरूले दिए श्रद्धाञ्जली

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए। उनको निधनप्रति थारू नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

एमालेले यसरी सम्झियो नेम्वाङलाई
वि.सं. २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट ईलाम नगरपालिका-७ मा जन्मनुभएका कमरेड सुवास नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गर्नुभएको छ । संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई-दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित छ । उहाँले पुनर्स्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको छ । २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले) को सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २००९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ ।

२०५६ सालमा प्रतिनिधिसभा सदस्यको रूपमा ईलामबाट पहिलो पटक निर्वाचित भइ सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।

आदर्श स्कूल, ईलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्ररत्न क्याम्पस, ईलाममा बी.ए. पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । नेपाल ल क्याम्पस, काठमाडौँमा बी.एल. अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२/६३ मा शान्तिपूर्ण जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा उहाँ पटक-पटक हिरासतमा पर्नुभएको थियो ।

२०३३ साल असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को-अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो। छैटौँ महाधिवेशन (२०५४) र सातौँ महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दसौं राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँका योगदानहरूको पार्टी उच्च मूल्याङ्कन गर्दछ ।

२०३६ सालबाट नेपाल ल क्याम्पसमा प्राध्यापन सुरू गर्नुभएका उहाँले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रूपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।

मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका माननीय सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो । अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।

कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उहाँ बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
श्रीमती कलावती नेम्वाङसँग छुट्टीमिन्न भइसकेपछि विशालनुमा नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएका उहाँहरुका दुई छोरा- मिड्सो नेम्बाङ र सुहाग नेम्वाङ तथा दुई छोरीहरू डा. सुसाङनुमा नेम्वाङ र सम्याङ नेम्वाङ हुनुहुन्छ ।

सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिनुहुने सुवासचन्द्र नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा (एमाले) पार्टीपङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको छ । शोकको यस घडीमा सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी कमरेड सुवासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा पुयाउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं । शोकाकुल परिवारमा यस पीडालाई सहन गर्नसक्ने सामर्थ्य हासिल हुन सकोस् भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछौं ।

पाकिस्तानले मुख्य सीमा नाका बन्द गरेपछि अफगान तालिवानको आलोचना

अफगान तालिबानले यस हप्ता सुरक्षा बलहरू बीचको झडप पछि पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको आलोचना गरेको छ। रोक लगाउँदा व्यापारमा ठूलो नोक्सानी भएको भन्दै आलोचना गरेको हो।

पाकिस्तानी र अफगान तालिबान सेनाले एक अर्कामा गोली हानाहान गर्न थालेपछि बुधबार व्यस्त तोर्खाम सीमा नाका बन्द भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

“अफगानिस्तानको इस्लामिक इमिरेट्सले तोर्खाम गेट बन्द गर्नु र पाकिस्तानी पक्षबाट अफगान सुरक्षा बलहरूमा गोली चलाउनु राम्रो छिमेकीको विपरीत भएको ठान्छ,” तालिवान प्रशासनको विदेश मामिला मन्त्रालयले शनिबार ढिलो एक विज्ञप्तिमा भन्यो।

विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानी सुरक्षा बलहरूले सीमा नजिकै पुरानो सुरक्षा चौकी फिक्स गर्ने अफगान तालिबान सेनामा गोली हानेपछि घटना सुरु भएको हो। पाकिस्तानको विदेश कार्यालयले टिप्पणीको लागि अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।

सामान बोकेका सयौं ट्रक ठप्प हुँदा व्यापार प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तोरखाम ढोका बन्द हुँदा द्विपक्षीय र क्षेत्रीय व्यापारमा प्रतिकूल असर पर्न सक्छ र दुवैतर्फका आम व्यापारी वर्गलाई व्यापार तथा आर्थिक नोक्सान हुने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमाका दुवै छेउमा धेरै यात्रुहरु अलपत्र परेका छन् ।

2,600 किमी (1,615 माइल) सीमासँग जोडिएको विवाद दशकौंदेखि छिमेकीहरू बीचको विवादको हड्डी बनेको छ।

संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था

संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था गरिएको छ। पहिलोपटक थारू कलस्टर छुट्याइएको विधेयकमा थारू महिलाका लागि समेत छुट्टै कलस्टरको व्यवस्था गरिएको हो। विधेयकको धारा ११ को उपधारा २ मा कूल आरक्षति ४९ प्रतिशतको ५० प्रतिशत महिलाको लागि आरक्षण छुट्याइएको छ। Continue reading “संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था”

सम्झौता कार्यान्वयन नहुँदा मुक्त कमलरीलाई शिक्षा र स्वास्थ्यको चिन्ता

घोराही उपमहानगरपालिका–६ भगवानपुरकी सुस्मा चौधरी दाङको नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर राप्ती प्राविधिक शिक्षालयमा अमिन पढिरहेकी छिन् । पढाइ सकिएपछि माथिल्लो पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ता लाग्ने गरेको उनले बताइन् । उच्च शिक्षा अध्ययनका लागि राज्यले कि रोजगारी दिनुपर्ने कि छात्रवृत्ति दिनुपर्ने माग उनको छ । Continue reading “सम्झौता कार्यान्वयन नहुँदा मुक्त कमलरीलाई शिक्षा र स्वास्थ्यको चिन्ता”

नेपाली जाँडलाई विदेशमा बेच्नुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन्। दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्थासमेत गरेको बताए। Continue reading “नेपाली जाँडलाई विदेशमा बेच्नुपर्छ : मुख्यमन्त्री चौधरी”

रेशम चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागे : सुरेन्द्र चौधरी

नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेको आरोप लगाएका छन् । शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा नातावाद, परिवारवाद हाबी भएकै कारण आफूले पार्टी परित्याग गरेको चौधरीको भनाई रहेको छ ।

‘उहाँलाई आफू छुट्नु थियो । श्रीमतीलाई मन्त्री बनाउनु थियो । त्यसैले राजनीतिक रूपमा समाज र चेतना स्तर कम भएका थारुहरूलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पुरा गर्ने नियत देखाएपछि पार्टी त्यागेको हुँ’ चौधरीले भने ।

रेशमले २५ हजार रुपैयाँमा केन्द्रीय सदस्य पद बिक्री गर्दै आएको समेत उनले आरोप लगाएका थिए । उनले नातावाद र परिवारवादकै कारण रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाड्नेको लहर चलेको चौधरीको दाबी थियो ।

‘मान्छेलाई केन्द्रीय सदस्य बनाइदिन्छु भन्दै २५ हजार रुपैयाँ उठाउने, पछि नवीकरण नगर्ने, नातागोता र परिवारका व्यक्तिको मात्र नवीकरण गर्ने जस्ता काम उहाँले गर्दै आउनुभएको छ,’ चौधरीले भने ।

उनले चौधरीले हत्यारा हुँ भनेर दुनियाँ सामु माफी मागेको टिप्पणी समेत गरेका थिए ।

‘हामी रेशम चौधरी निर्दोष भनेर बोल्यौ, अभियान नै चलायौँ तर उहाँले म हत्यारा हुँ भन्दै कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन चढाउनुभयो । सारा दुनियाँका अगाडी छर्लङ्ग हुुने गरी माफी माग्नुभयो तर एक्लै निस्किनुभयो । आफैसँग जेल जीवन बिताइरहेका चार जनाको नाम पठाउनुभएन,’ चौधरीले भने, ‘त्यति मात्र होइन भविष्यमा मैले कुनै अवाञ्छित क्रियाकलाप गरेको प्रमाण भेटिए सरकारले कैद माफी फिर्ता लिन सक्नेछ भनेर हस्ताक्षर गरिदिनुभयो ।’