नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठकमा सहभागी नहुने सदस्यलाई बर्खास्त गर्ने

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले विज्ञप्ति जारी गर्दै आगामी असोज १२ र १३ गतेका लागि बैठक आह्वान गरेकी हुन्। टीकापुरमा बस्ने भनिएको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। Continue reading “नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठकमा सहभागी नहुने सदस्यलाई बर्खास्त गर्ने”

जी-२० सम्मेलनमा भारतलाई सफलता, घोषणापत्रमा भयो सहमति

विश्वको ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी-२० को शिखर सम्मेलनको पहिलो दिनमै ‘नयाँदिल्ली जी-२० लिडर्स’ घोषणापत्रमा सहमति भएको छ । रुस-युक्रेन युद्धको विषयमा मतभेदका कारण घोषणापत्रमा सहमति हुनेबारे आशंका गरिएको थियो । तर, घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रले समर्थन गरेका हुन् । Continue reading “जी-२० सम्मेलनमा भारतलाई सफलता, घोषणापत्रमा भयो सहमति”

जी-२० सम्मेलन : मतभिन्नताबीच यी एजेण्डामा हुँदैछ सहमति प्रयास

युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी-२० का नेताहरू सहमत भएका छन्। रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन संघर्ष गरिरहेका छन्। Continue reading “जी-२० सम्मेलन : मतभिन्नताबीच यी एजेण्डामा हुँदैछ सहमति प्रयास”

नयाँ दिल्लीमा जी-२० सम्मेलन सुरू

शक्ति राष्ट्रहरू सम्मिलित जी-२० सम्मेलन नयाँ दिल्लीमा सुरू भएको छ। नयाँ दिल्लीस्थित प्रगति मैदानमा सुरू भएको सम्मेलनमा युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रहरू सहभागी छन्।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल, जर्मन चान्सलर ओलाफ स्कोल्ज, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेल, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससलगायत सहभागी छन्।

भारतीय प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिकरूपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको भन्दै दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए।

जी-२० ले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ। अध्यक्षका रूपमा भारतले वर्षभरिमा जी-२० सँग सम्बन्धित दुई सय वटा बैठक देशका विभिन्न ६० सहरमा आयोजना गर्ने घोषणा गरेको छ।

लुम्बिनी प्रदेशमा थारूलाई १४ प्रतिशत आरक्षणको व्यवस्था

लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ सर्वसम्मतले पारित भएको छ। जसमा १५ प्रतिशत थारू रहेक लुम्बिनी प्रदेशमा १४ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। यो अन्य प्रदेशमा थारूलाई छुट्याइएको आरक्षणभन्दा धेरै राम्रो हो। Continue reading “लुम्बिनी प्रदेशमा थारूलाई १४ प्रतिशत आरक्षणको व्यवस्था”

जी-२० सम्मेलन : घोषणापत्रमा एकस्वरले सहमति, शान्ति र समृद्धिको प्रतिबद्धता

शक्तिशाली राष्ट्रहरूको समूह जी–२० (अबदेखि जी २१) को १८ औं शिखर सम्मेलन भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। शनिबार र आइतबार भारतको नयाँदिल्लीस्थित प्रगति मैदानमा आयोजित जी–२० लिडर्स समिट सफलतापूर्वक सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। Continue reading “जी-२० सम्मेलन : घोषणापत्रमा एकस्वरले सहमति, शान्ति र समृद्धिको प्रतिबद्धता”

बस दुर्घटनामा बर्दियाका तीन थारूसहित ७ जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका सात जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९:११ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो।

प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा-९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द (ठाकुरबाबा-८ ) र ३५ वर्षीय गाडी सहचालक रहेका छन् । सह चालकको भने पहिचान खुलेको छैन ।

बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

लुम्बिनी प्रदेश निजामती विधेयक पारित, थारूको लागि कति कोटा छुट्याइए?

प्रमुख सचिव तथा सचिवहरूको अनियमित सरुवाले हैरान बनेको लुम्बिनी प्रदेशले पदावधि तोकेरै ऐन निर्माण गरेको छ। प्रदेश निजामती कर्मचारी विधेयक प्रदेश सभाको बैठकले सर्वसम्मतरूपमा पारित गरेको हो। Continue reading “लुम्बिनी प्रदेश निजामती विधेयक पारित, थारूको लागि कति कोटा छुट्याइए?”

थारू आरक्षणको व्यवस्था हुने बाटो खुल्यो, संघीय निजामती सेवा ऐन संसदमा पेस गर्ने सरकारको निर्णय

सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेस गर्नेनिर्णय गरेको छ। Continue reading “थारू आरक्षणको व्यवस्था हुने बाटो खुल्यो, संघीय निजामती सेवा ऐन संसदमा पेस गर्ने सरकारको निर्णय”

चम्पन सांस्कृतिक समूहले अमेरिकामा मनायो अस्टिम्की पर्व

चम्पन सांस्कृतिक समूहले अमेरिकामा अस्टिम्की पर्व मनाएको छ। अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की पर्व मनाइएको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाइएको चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए। Continue reading “चम्पन सांस्कृतिक समूहले अमेरिकामा मनायो अस्टिम्की पर्व”