पतिको मुद्दा बोकेकी रञ्जिता श्रेष्ठको राजनीतिक रफ्तार

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुस १९ मा गठन भएको दल हो- नागरिक उन्मुक्ति पार्टी । टीकापुर घटनामा डिल्‍लीबजार कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफ्नो नाममा दल गठन गर्न सम्भव नभएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएका थिए । Continue reading “पतिको मुद्दा बोकेकी रञ्जिता श्रेष्ठको राजनीतिक रफ्तार”

रञ्जिता श्रेष्ठ बनिन् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री नियुक्त भएकी छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपियताको सपथ लिएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकेको छ। Continue reading “रञ्जिता श्रेष्ठ बनिन् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री”

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

वनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । Continue reading “नवनियुक्त मन्त्रीहरूले लिए शपथ”

रास्वपाले अशोक कुमार चौधरीलाई तोक्यो बारा २ को कमाण्डर

बारा निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचन परिचालन समितिका प्रमुख फेरिएका छन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् । Continue reading “रास्वपाले अशोक कुमार चौधरीलाई तोक्यो बारा २ को कमाण्डर”

आजको संसद बैठकमा थारू सांसदहरूले के भने?

नेकपा (एमाले)की सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताएकी छन्। संसदमा बैठकमा उनले भनिन्, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन्। Continue reading “आजको संसद बैठकमा थारू सांसदहरूले के भने?”

नागरिक उन्मुक्तिले पायो एक मन्त्रालय, अध्यक्ष रञ्जिता मन्त्री बन्दै

सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो। Continue reading “नागरिक उन्मुक्तिले पायो एक मन्त्रालय, अध्यक्ष रञ्जिता मन्त्री बन्दै”

अनलाइनमार्फत् ठगी गर्ने ९ जना चिनियाँ नागरिक पक्राउ

अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो। Continue reading “अनलाइनमार्फत् ठगी गर्ने ९ जना चिनियाँ नागरिक पक्राउ”

नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश

भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरीमा खेलेको हो। Continue reading “नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश”

नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक, अध्यक्ष रञ्जिताले कार्यपत्र प्रस्तुत गर्ने

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २४ र २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। होटल क्राउन प्लाजामा हुने बैठकमा अध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ। बैठकमा १४ वटा एजेण्डा तय गरिएका छन्।

जसअनुसार राष्ट्रिय महाधिवेशन, प्रतिनिधि छनौट, विभाग बनाउने, राष्ट्रिय भेला र कार्यसम्पादन समिति बनाउनेलगायत रहेका छन्।

बैठकले पदाधिकारी र केन्द्रीय सदस्य मनोनय गर्ने, भातृ संगठन गठन गर्ने र पार्टीको हित विपरित काम गर्नेहरूलाई कारबाही गर्नेसम्मका एजेण्डा तय गरेको छ।

चीनको आलोचना गर्दै प्रधानमन्त्री प्रचण्डले गरे बोआओ सम्मेलनको निम्तो अस्वीकार

चीनले मार्च २८ देखि आफ्नो हाइनान प्रान्तको छियोङहाइ सहरमा बोआओ फोरम फर एसिया (बीएफए)को चार दिने वार्षिक सम्मेलन आयोजना गर्दैछ तर यस बैठकमा सन् २०१९ पछि पहिलोपटक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने भएका छन्। Continue reading “चीनको आलोचना गर्दै प्रधानमन्त्री प्रचण्डले गरे बोआओ सम्मेलनको निम्तो अस्वीकार”