मीरा चौधरी एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। Continue reading “मीरा चौधरी एआईजीमा बढुवाका लागि सिफारिस”

थारु आयोगको प्रतिवेदन पेस, प्रतिवेदनमा के छ?

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन्। Continue reading “थारु आयोगको प्रतिवेदन पेस, प्रतिवेदनमा के छ?”

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, थारूबाट को को बन्दैछन् मन्त्री?

नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुंगो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ। सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ।

पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढंगले छलफल गरिरहेको उनले जानकारी दिए।

प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारीसमेत गरेको सचिव पौडेलको भनाइ छ। सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पुर्‍याउने माओवादीले विश्वास लिएको छ।

त्यस्तै संघीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो। गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने गरी आजको बैठक केन्द्रित रहेको उनको भनाइ छ। त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धमा बारेमा छलफल भएको थियो।

सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव पौडेलको भनाइ छ। त्यस्तै प्रदेश सरकारलाई समेत संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ।

थारूबाट को को छन् आकांक्षी?
माओवादी नेतृत्वको सरकारलाई दस दलले समर्थन गरेको छ। वर्तमान सरकारमा माओवादीबाट अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका छन्। मन्त्रिपरिषद् विस्तार हुँदा नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने पक्कापक्की रहेको छ। नागरिक उन्मुक्ति पार्टीले पर्यटन मन्त्रालय दाबी गरे पनि माओवादीका सुदन किरातीले छाड्ने मनस्थिति नबनाएपछि सहरी विकास मन्त्रालय दाबी गर्दै आएको छ। यद्यपि यस विषयमा टुंगो लागेको छैन।

त्यस्तै नेपाली कांग्रेसबाट तेजुलाल चौधरी मन्त्रीका आकांक्षी रहेका छन्। उनी शेखर कोइराला समूहबाट मन्त्री दाबी गर्दै आएका छन्। यसअघि खेलकुद राज्यमन्त्री भइसकेका उनी देउवा नेतृत्वको सरकारमा मन्त्री हुनबाट वञ्चित भएका थिए।

थारू रेजिमेन्ट स्थापना गर्ने नेपाल र भारतका थारूहरू सम्मिलित अन्तर्राष्ट्रिय महासभाको निर्णय

नेपाल र भारतका थारूहरू सम्मलिति थारू अन्तर्राष्ट्रिय महासभाले थारू रेजिमेन्ट स्थापना गर्ने निर्णय गरेको छ। गत चैत ४ र ५ गते सम्मपन्न अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्दै संगठन मन्त्री श्रावण थारूले कूटनीतिक पहलमार्फत् थारु रेजिमेन्ट स्थापना गर्ने निर्णय भएको बताए। Continue reading “थारू रेजिमेन्ट स्थापना गर्ने नेपाल र भारतका थारूहरू सम्मिलित अन्तर्राष्ट्रिय महासभाको निर्णय”

चितवनका थारूले मनाउने ‘फगुवा’को वृत्तचित्र सार्वजनिक

चितवनको भूमिपुत्रको रुपमा थारु समुदायलाई लिइन्छ। थारु समुदायको आफ्नै भाषा, सँस्कृति, चाडपर्व, रितिरिवाजहरु रहेका छन्। थारु समुदायले मनाउने विभिन्न पर्वहरु मध्ये एक हो फागुवा (होली)। नेपालीमा फागु पूर्णिमा भनेर चिनिने रंगहरुको पर्वलाई थारु र मैथिली भाषामा फागुवा भनिन्छ। चितवनका थारु समुदायले यस पर्वलाई विशेष रुपमा मनाउने गरेका छन्। यही पर्वलाई युवाहरुले भिडियो डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरेका छन्। अरुण आर्यन चौधरीले निर्माण गरेको ‘फगुवा’ डकुमेन्ट्री झुम्की प्रोडक्सन मार्फत शुक्रबार साँझ रिलिज गरिएको छ।

भिडियोमा मिस थारु २०२२ अस्मिता चौधरीलाई फिचर्ड गरिएको छ। यस डकुमेन्ट्रीको कथा र निर्देशन रुपेश चौधरीले गरेका छन्। सिनेमाटोग्राफर निरज चरन देव महतो र सम्पादन जित महतोले गरेका छन्। पोष्ट प्रोडक्सन निम्तो इभेन्ट्सले गरेको छ। थारु समुदायको महान चाड फगुवामा फागु पूर्णिमाको बेलुका हरेक थारु गाउँमा चीर बनाएर जलाउने गरिन्छ। त्यसलाई थारु भाषामा “समत लेसे” भनिन्छ । त्यसको अर्को दिन सबेरै समत पोलेको खरानी उडाउने र खरानीकै टीका लगाएर फगुवा मनाउने गरिन्छ। त्यस दिनलाई धुरहेरी भनिन्छ। यीनै विषयवस्तुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माण गरिएको हो।

बसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ। Continue reading “बसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय”

पहाडी जिल्लाको जनसंख्या घट्दा थरुहट जिल्लामा बढ्यो, कहाँ कति बढ्यो?

नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ। Continue reading “पहाडी जिल्लाको जनसंख्या घट्दा थरुहट जिल्लामा बढ्यो, कहाँ कति बढ्यो?”

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, थारूको छुट्टै जनसंख्या राखिएन

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । Continue reading “नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, थारूको छुट्टै जनसंख्या राखिएन”

लाओसविरुद्ध नेपालको शानदार जित, अनन्त र नवयुगले गरे गोल

राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो। Continue reading “लाओसविरुद्ध नेपालको शानदार जित, अनन्त र नवयुगले गरे गोल”

थारू जातिको इतिहाससँग जोडिएको विक्रमबाबा मेला सुरु

हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ। भरतपुर महानगरपालिका-२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो। Continue reading “थारू जातिको इतिहाससँग जोडिएको विक्रमबाबा मेला सुरु”