ट्रक दुर्घटनामा बाँकेका तीन जना थारूको मृत्यु

नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ। आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी मोडमा दुर्घटना भएको हो। Continue reading “ट्रक दुर्घटनामा बाँकेका तीन जना थारूको मृत्यु”

राष्ट्रिय फुटबल टोलीमा थारू समुदाय चार खेलाडी

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्। Continue reading “राष्ट्रिय फुटबल टोलीमा थारू समुदाय चार खेलाडी”

युनिक नेपाल लघुवित्तको सञ्चालकमा चार जना निर्वाचित, अध्यक्षमा शिव चौधरी

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नयाँ संचालक समिति गठन भएको छ। संस्थाको चैत ४ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाबाट लघुवित्तको संचालक समितिमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन्। Continue reading “युनिक नेपाल लघुवित्तको सञ्चालकमा चार जना निर्वाचित, अध्यक्षमा शिव चौधरी”

थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन

परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन्। दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ। Continue reading “थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन”

कैलालीमा ट्र्याक्टर दुर्घटनामा हुँदा चाहाना र दिलरानी चौधरीको मृत्यु

कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका-७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्। Continue reading “कैलालीमा ट्र्याक्टर दुर्घटनामा हुँदा चाहाना र दिलरानी चौधरीको मृत्यु”

प्रधानमन्त्री दाहालले दोस्रोपटक पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो। मतदानमा दुई सय ६२ सांसद उपस्थित थिए। Continue reading “प्रधानमन्त्री दाहालले दोस्रोपटक पाए विश्वासको मत”

माडी क्याम्पसको स्ववियु सभापति अनेरास्ववियुका चौधरी विजयी

चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन्। आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन्। Continue reading “माडी क्याम्पसको स्ववियु सभापति अनेरास्ववियुका चौधरी विजयी”

सिकलसेलको अध्ययन गर्दै जापानकी डाक्टर नाकामुरा

जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न सुरु गरेकी छन्। दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न सुरु गरेकी हुन्। Continue reading “सिकलसेलको अध्ययन गर्दै जापानकी डाक्टर नाकामुरा”

बर्दियामा सुरू भयो अन्तर्राष्ट्रिय थारू सम्मेलन

बर्दियाको भुरीगाउँमा प्रथम अन्तर्राष्ट्रिय थारू सम्मेलन आजदेखि सुरु भएको छ। थारू अन्तर्राष्ट्रिय महासभाद्वारा आयोजित सम्मेलनमा नेपाल र भारतका थारू अगुवा, नेता तथा बुद्धिजीबीहरूको सहभागिता रहेको छ। Continue reading “बर्दियामा सुरू भयो अन्तर्राष्ट्रिय थारू सम्मेलन”

सुदूरपश्चिमलाई खप्तड-थरुहट र टीकापुरलाई जिल्ला बनाउन नागरिक उन्मुक्तिको शर्त

आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले प्रदेशहरूमा पावर सेयरिङ गर्नुपर्ने शर्त राखेको छ। पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ। Continue reading “सुदूरपश्चिमलाई खप्तड-थरुहट र टीकापुरलाई जिल्ला बनाउन नागरिक उन्मुक्तिको शर्त”