प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरूलाई पद नभई न्याय चाहिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए। Continue reading “नागरिक उन्मुक्तिले संसदमै दियो मत अन्तै सार्ने चेतावनी (भिडियोसहित)”
Author: Madan Kumar
दुबईमा मनाइयो भब्य माघी महोत्सव, थासक युएईको सभापति बने भागरथी
थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए। Continue reading “दुबईमा मनाइयो भब्य माघी महोत्सव, थासक युएईको सभापति बने भागरथी”
कपिलवस्तुको बाणगंगामा यस्तो देखियो माघी महोत्सव
थारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव सुरु भएको छ। कपिलबस्तुको वाणगंगा वडा नं. ९ कपिलधाममा सुरु भएको चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सवको दोस्रो दिन हजारौं संख्यामा दर्शकहरुको घुईचो लागेको थियो। Continue reading “कपिलवस्तुको बाणगंगामा यस्तो देखियो माघी महोत्सव”
कमैया परिवारकी कोइलीदेवी चौधरी, जो बनिन् उपसभामुख
सबिता बुढा/सेतोपाटीबाट
कमैया परिवारकी कोइलीदेवी चौधरी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको उपसभामुख बनेकी छन्। सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी उपसभामुखमा बहुमतका साथ मंगलबार निर्वाचित भएकी हुन्। Continue reading “कमैया परिवारकी कोइलीदेवी चौधरी, जो बनिन् उपसभामुख”
महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु : मन्त्री भगवती चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छन्। Continue reading “महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु : मन्त्री भगवती चौधरी”
आठौं खिचरा महोत्सव आज सकिँदै, मन्त्री पाण्डेले समापन गर्ने
पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ। एक हप्ता सञ्चालन भएको महोत्सवको समापनका लागि सहरी विकास मन्त्री विक्रम पाण्डे चितवन आउँदै छन्। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त भएका हुन्। Continue reading “आठौं खिचरा महोत्सव आज सकिँदै, मन्त्री पाण्डेले समापन गर्ने”
‘खिचरा डान्स आइडल’को फाइनलका लागि भोटिङ राउण्ड खुला
आठौँ खिचरा महोत्सवअन्तर्गत ‘स्कुल स्तरीय खिचरा डान्स आइडल’को फाइनलमा प्रवेश गरेका सात जनाको लागि भोटिङ राउण्ड खुला भएको छ। मंगलबारको प्रस्तुतिबाट निर्णायक मण्डलले दिएको ६० प्रतिशत अंकमाथि ४० प्रतिशत अंक भोटिङका आधारमा तय Continue reading “‘खिचरा डान्स आइडल’को फाइनलका लागि भोटिङ राउण्ड खुला”
संघर्षले खारिएका अमनलाल मोदी : संसदको तेस्रो यात्रामा बने मन्त्री
किशोर बुढाथोकी/अन्नपूर्णबाट
पारिवारिक अभाव र संकटसँग जुध्दाजुध्दै राजनीतिक यात्रा सुरु गरेर संघर्षले खारिएको नाम हो, अमनलाल मोदी। नेकपा (माओवादी केन्द्र)मा आवद्ध भई आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएर संघर्ष गरिरहेका उनै ३७ बर्से अमनलाल तेस्रोपटकको संसद यात्रामा मन्त्री बन्न सफल भएका छन्। Continue reading “संघर्षले खारिएका अमनलाल मोदी : संसदको तेस्रो यात्रामा बने मन्त्री”
थारूबाट अमनलाल मोदी र भगवती चौधरी बने मन्त्री
थारू समुदायबाट दुई जना मन्त्री भएका छन्। नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी र नेकपा एमालेबाट भगवती चौधरी मन्त्री भएका हुन्। मोदी सामान्य प्रशासनमन्त्री भएका छन् भने भगवती महिला बालबालिका मन्त्री भएकी छन्। Continue reading “थारूबाट अमनलाल मोदी र भगवती चौधरी बने मन्त्री”
लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्तिले पनि दियो उपसभामुखमा उम्मेदवारी
लुम्बिनी प्रदेशमा सभामुखमा सत्तागठबन्धनबाट तुलाराम घर्तीको एकल उम्मेद्वारी परेको छ। उनी माओवादी केन्द्रका सांसद हुन्। एमाले सांसद भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका आशिष कुमार चौधरीको सर्मथनमा सभामुखमा घर्तीको उम्मेद्वारी दर्ता भएको हो। Continue reading “लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्तिले पनि दियो उपसभामुखमा उम्मेदवारी”