थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ। विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ। Continue reading “थारू समुदायको आस्था भएको भुवर भवानीमा माघी मेलाको रौनक”
Author: Madan Kumar
खिचरा महोत्सवमा शिव र अन्नुले झुमाए दर्शक
दीपेश चौधरी
थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए। सांस्कृतिक कार्यक्रमको अन्त्यतिर मञ्चमा उक्लिएका गायक शिव परियारले अबेरसम्म प्रस्तुति दिए। सूर्य ढल्किनै लाग्दा मञ्च उक्लिएका गायक परियारले करिब डेढ घण्टासम्म दर्शक झुमाए। Continue reading “खिचरा महोत्सवमा शिव र अन्नुले झुमाए दर्शक”
अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटो फिचर)
अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव मनाएका छन्। थारू समाज सिड्नी अष्ट्रेलियाले आइतबार विटलाम पार्कमा माघी महोत्सव आययोजना गरेको हो। प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पब्लिक अफिसर अरुण आर्यन चौधरीको भनाइ छ। Continue reading “अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटो फिचर)”
वीरगञ्जमा वीर र समुको बेजोड प्रस्तुति (फोटो फिचर)
पर्साको बीरगञ्जमा माघी महोत्सव मनाइएको छ। माघी कार्यक्रममा अभिनेता वीर चौधरी र समु चौधरीको बेजोड प्रस्तुति दिएका छन्। गणेश चौधरीको लाइभ प्रस्तुतिमा उनीहरूले नृत्य गरेका हुन्। हेर्नुस् केही तस्बिरहरू। Continue reading “वीरगञ्जमा वीर र समुको बेजोड प्रस्तुति (फोटो फिचर)”
खिचरा महोत्सवमा आज शिव परियार र अनु चाैधरीले प्रस्तुति दिँदै
आठौँ खिचरा महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक शिव परियार र गायिका अनु चौधरीसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू सांगितक प्रस्तुति दिनेछन्। पुस २८ देखि सुरू भएको महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ। Continue reading “खिचरा महोत्सवमा आज शिव परियार र अनु चाैधरीले प्रस्तुति दिँदै”
थारूलाई अन्याय गरिरहेका प्रचण्ड
तीन वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे- टीकापुर घटनामा केही साथीहरू छुटेका छन्। रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ। Continue reading “थारूलाई अन्याय गरिरहेका प्रचण्ड”
थारू माघीले जोडेको संसार
मदन चौधरी
नेपालमा थारूहरूको बसोबास पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म छ। देशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायमा भाषा, संस्कृति र चाडपर्वमा ठूलो विविधता छ। झापामा बोलिने भाषा सुनसरी आइपुग्दा फरक हुन्छ। प्रत्येक तीन जिल्लाको फरकमा थारू भाषामा विविधता पाइन्छ। Continue reading “थारू माघीले जोडेको संसार”
सुर्खेतका थारूहरूले मनाए माघ महोत्सव
माघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको छ । Continue reading “सुर्खेतका थारूहरूले मनाए माघ महोत्सव”
अष्ट्रेलियामा थारू गीत ‘मन माघी’ सार्वजनिक (भिडियोसहित)
अष्ट्रेलियामा खिचिएको मन माघी गीत सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको निर्देशनमा बनेको भिडियोलाई सिड्नीको ओपेरा हाउस आसपास खिचिएको छ। अष्ट्रेलियामा आज हुन गइरहेको माघी कार्यक्रमको प्रचारप्रसारका लागि यो गीत तयार पारिएको निर्देशक चौधरीले बताए। Continue reading “अष्ट्रेलियामा थारू गीत ‘मन माघी’ सार्वजनिक (भिडियोसहित)”
गृहमन्त्रीलाई थाकसले बुझाए सात बुँदे ज्ञापन पत्र
आठौं संस्करणको खिचरा महोत्सवको समुदघाटन समारोहमा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले थारु समुदायका तर्फबाट उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेमार्फत् प्रधानमन्त्रीलाई ७ बुँदे स्मरण पत्र बुझाएका छन्। Continue reading “गृहमन्त्रीलाई थाकसले बुझाए सात बुँदे ज्ञापन पत्र”