नेपालमा नयाँ सरकार र भारतसँगको साझेदारी : विरासत र अवसरहरू

नयाँ दिल्ली : भारत र नेपालबीच सदियौंदेखि धार्मिक, सांस्कृतिक, सामाजिक-आर्थिक र राजनीतिक सम्बन्ध रहँदै आएको छ। दुई देशको खुला सीमाना मात्रै होइन, विवाह, नातागोता र पारिवारिक बन्धनका माध्यमबाट आदिमकालदेखि नै जोडिएका सभ्यता र सांस्कृतिक सम्बन्धहरू बाँडफाँड गर्ने दुई देशका जनताबीच सधैं निर्बाध आवतजावत भएको छ। Continue reading “नेपालमा नयाँ सरकार र भारतसँगको साझेदारी : विरासत र अवसरहरू”

पहिलो बैठकमै लक्ष्मण किशोरको चेतावनी : टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न दिँदैनौ

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकमा सोमबार सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन्। Continue reading “पहिलो बैठकमै लक्ष्मण किशोरको चेतावनी : टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न दिँदैनौ”

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको दाङको देउखुरीमा सोमबार बिहान भएको भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए। Continue reading “लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन”

लुम्बिनी प्रदेशसभामा धर्म र राजकुमार चौधरीको चर्चा

खुट्टामा जुत्ताचप्पलको सट्टा काठका खराउ। सेतो लुंगी। शीरमा सेतो टोपी। कोट पनि सेतै लगाएर लुम्बिनी प्रदेशसभामा आइतबार शपथ ग्रहणमा सहभागी सांसद धर्मबहादुर थारूको भेषभूषा अरुभन्दा फरक र आर्कषक देखिन्थ्यो। बर्दिया क्षेत्र नं. २ (२)बाट प्रत्यक्ष निर्वाचित उनी खाँटी थारू पोसाकमा ठाटिएका थिए। Continue reading “लुम्बिनी प्रदेशसभामा धर्म र राजकुमार चौधरीको चर्चा”

अष्ट्रेलियामा आयोजना हुँदैछ माघी महोत्सव

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। Continue reading “अष्ट्रेलियामा आयोजना हुँदैछ माघी महोत्सव”

सुदूरपश्चिममा ६ जनाले लिए थारू भाषामा सपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारू समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्। ‘टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनौं र सरकारमा सहभागी हुँदैनौं,’ Continue reading “सुदूरपश्चिममा ६ जनाले लिए थारू भाषामा सपथ”

राजकुमार लेखी र राजेन्द्र चौधरीले लिए थारू भाषामा सपथ

मधेस प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन्। ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरूलाई सपथ गराएका हुन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार ५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा सपथ लिए। Continue reading “राजकुमार लेखी र राजेन्द्र चौधरीले लिए थारू भाषामा सपथ”

प्रचण्डले दिएको आश्वासन झल्झली सम्झिरहेको छु : रेशम चौधरी

प्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाट साभार

जेलको समयलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ?

मलाई सब ठीक छ । चुनावको तनाव हटेको छ । म आजभोलि नयाँ किताबको प्रकाशनको तयारीमा छु । साथै राजनैतिक विषयमा पनि पार्टीभित्र व्यापक छलफल भइरहेको छ । भेटघाटमा रहन्छु । साहित्य पनि लेखिरहेको छु ।

चुनावमा नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशमा उल्लेख्य जनप्रतिनिधि जिताएको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?

परिवर्तन चाहने जनताले हामीलाई मत दिएर जिताउनुभएको छ । यो भनेको जनताको अदालतमा हामीले न्याय पाएसरह हो । हामीलाई जनताले न्याय दिइसकेका छन्, तर राज्य अझै हामीलाई अपराधी करार गरिरहेको छ ।

लोकतन्त्रमा जनमत नै विधिको शासन हो भन्छन्, तर यहाँ शासकहरू मतलाई कुल्चेर थारूमाथि दमनको निशाना कायमै राखिरहेका छन् । हामीले जनमतलाई उत्साहको रूपमा लिएका छौं ।

अन्य साना पार्टीहरू सरकारमा गए; तपाईंको पार्टीले समर्थन मात्रै गर्‍यो नि, किन ?

सही हो, नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन दिनुको कारण हामीलाई प्रचण्डले दिएको आश्वासन हो । दलहरूले दिएको वाचा नै पूरा नगरेपछि संघीय सरकारमा जानुको अर्थ रहेन । उनीहरूले मलाई जे आश्वासन दिएका थिए, त्यसमा सरासर धोका भयो । खासगरी पुष्पकमल दाहाल प्रचण्डले दिएको आश्वासन म अहिले झल्झली सम्झिरहेको छु ।

तपाईंलाई मन्त्री अफर आएको प्रचार सुनियो, यस्तो हुन सम्भव छ र ?

बिल्कुल । मन्त्रीको अफर त आएकै हो तर मैले नै मानिनँ । किनकि मन्त्री बन्न मलाई उनीहरूले आफ्नो पार्टीमा प्रवेश गर्नुपर्छ भन्ने शर्त राखेका थिए । मेरो दिल र दिमागले दुवै अस्वीकार गर्‍यो । थारूको हकअधिकारको लागि लडेर आएको मान्छेले मन्त्रीको पदमा भुल्नुहुन्न भनेर सम्झिएँ । मैले त्यो अफर नै इन्कार गरिदिएँ ।

प्रचण्डले तपाईंलाई के आश्वासन दिनुभएको थियो ? अरू दलले के भनेका थिए ?

उहाँ (पुष्पकमल दाहाल प्रचण्ड)ले प्रधानमन्त्रीको शपथ खानुअघि मलाई आफू सरकारमा गए २४ घण्टाभित्र निकाल्ने भन्नुहुन्थ्यो मलाई जेलमा भेट्न आउनुहुँदा । तर, जब पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ खानुभयो उहाँको बोली नै फेरियो ।

२४ घण्टामा मलाई रिहा गर्छु भनेको वाचा सम्झाउन उहाँलाई पटक–पटक फोन गर्दा कुनै सम्बोधन नै गर्नुभएन । यसले त हामीलाई प्रचण्डले सरासर ढाँटेको भान भएको छ । हामी त छाँगाबाट खसेजस्तो भएका छौं ।

तर, फेरि सुदूरपश्चिम प्रदेश सरकारमा त मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा जान तयार हुनुभयो नि ?

प्रदेशमा त हाम्रो पार्टी सरकारमा नगई कसैको बहुमत नै पुग्दैन, त्यो त तपाईंलाई नि थाहा छ होला । उनीहरू हामीप्रति सकारात्मक छन् । हामीसँग छलफलमा छन् र सरकार बनाउने विषयमा गम्भीर छन् ।

थारूको माग र मुद्दा पनि प्रदेशमा उठाउनुपर्ने छ, टीकापुर घटना राजनीतिक हो भनेर सदनमार्फत आवाज उठाउन जरूरी पनि छ । त्यसकारण नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा जान तयार छ ।

सरकारमा जान तपाईंको माग र मुद्दा के के छन् ?

मेरो मुख्य माग त टीकापुर घटना राजनीतिक हो, यसलाई त्यही रूपमा टुंग्याउनुपर्छ भन्ने हो । टीकापुरका राजबन्दीहरू जेलमा छन् । उनीहरूको सबै लुटिएको छ, सम्मानजनक रिहाइ र क्षतिपूर्तिसहित राज्यले छाड्नुपर्छ ।

लाल आयोगको प्रतिवेदन किन लुकाएर राखेको भनेर सरकारसँग माग गर्दछु । जनताको नजरमा मलाई किन दोषी देखाएर लाल आयोग लुकाएको भनेर प्रश्न गर्न चाहन्छु । लाल आयोगको प्रतिवेदन कहिले हो सार्वजनिक गर्ने ?

नागरिक उन्मुक्ति पार्टीको अबको योजना के छ ?

हामीले जनताको मन जित्दै गएका छौं, मतमार्फत । पहिलो पटक २०७४ सालमा पनि शानदार मतका साथ म आफैं त्यसबेला राजपाबाट विजयी भएँ । भर्खरै मंसिर ४ को चुनावबाट पनि जनताले ढकियाभरी भोट दिएर जिताए । यसकारण हामी अब मतमार्फत जनताको मन जित्न चाहन्छौं, देशैभरि ।

म शान्ति चाहने मान्छे हो । बुलेट होइन ब्यालेटबाट मन जित्न तयार हौं भनेर भन्दै हिंड्ने मान्छे । तर राज्यले एउटा कमैयाको छोरा हो भनेर परिबन्दमा पारेपछि सबै थारू समुदाय जागेका छौं ।

देशभर शान्ति, चेतना र सजगताले काम लिने योजनामा छौं । तर, राज्य र शासकले दबाउन खोजे जनताको दैलोमा जान्छौं, उनीहरूले हामीलाई जे न्याय दिन्छन्, त्यही लागू गर्छौं ।

प्रधानमन्त्रीलाई स्मरणपत्र- तपाइँको अभिव्यक्ति सम्झिरहेका छौं, रेशमलाई कहिले रिहाइ गर्ने?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन्। Continue reading “प्रधानमन्त्रीलाई स्मरणपत्र- तपाइँको अभिव्यक्ति सम्झिरहेका छौं, रेशमलाई कहिले रिहाइ गर्ने?”

लेहङ्गा-चोली बनाउने सीप सिक्दै थारु युवती

शुक्लाफाँटा नगरपालिका-८ नौखरीका भावना चौधरी नयाँ पिँढीका युवतीलाई थारु समुदायको परम्परागत पहिरन लेहङ्गा-चोली बनाउने सीप सिकाउने कार्यमा लागेकी छिन्। बुढापाकाबाट सीप सिकेर चौधरीले नयाँ पुस्ताका युवतीलाई लेहङ्गा-चोली सिउने, बुट्टा भर्ने सीप सिकाउने कार्यमा लागेकी हुन्। Continue reading “लेहङ्गा-चोली बनाउने सीप सिक्दै थारु युवती”