नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि आज थरुहट जिल्लामा प्रदर्शन हुँदैछ। थारू कल्याणकारिणी सभाको अगुवाईमा देशभरि प्रदर्शन हुन लागेको हो। Continue reading “रेशम चौधरीको रिहाइका लागि देशभरि प्रदर्शन हुँदै, शीर्ष थारू नेताहरू माइतीघरमा एक्यबद्धता जनाउँदै”
Author: Madan Kumar
गगन थापालाई योगेन्द्र चौधरीको काउन्टर- अध्यादेशको विरोध गर्नेहरूको प्रतिकार सडकबाट हुन्छ
मुलुकमा निर्वाचन सम्पन्न भइसकेको छ। मुलुकको सम्पूर्ण शक्ति देश विकासमा केन्द्रित हुनुपर्छ। तर शान्ति र अमन चयन काम भएपछि मात्रै त्यो सम्भव छ। शान्ति सम्झौता र सरकारले गरेका सम्झौता कार्यन्वयन गर्ने सरकारको जिम्मेवारी हो। Continue reading “गगन थापालाई योगेन्द्र चौधरीको काउन्टर- अध्यादेशको विरोध गर्नेहरूको प्रतिकार सडकबाट हुन्छ”
रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन
नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई शिघ्र रिहाइ गर्न माग गरेको हो। Continue reading “रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन”
रेशम चौधरीको रिहाइका लागि कांग्रेस, एमाले र माओवादी नेताहरू एकठाउँ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका लागि प्रमुख राजनीतिक दलका नेताहरूले एक्यबद्धता जनाएका छन्। उनीहरूले सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै टीकापुर घटनामा राजबन्दी बनाइएकाहरूको रिहाइ गर्न सरकारसँग मागसमेत गरेका छन्। Continue reading “रेशम चौधरीको रिहाइका लागि कांग्रेस, एमाले र माओवादी नेताहरू एकठाउँ”
गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध उभिए कांग्रेसकै थारू नेताहरू, आन्दोलनको घोषणा
सरकारले ल्याएको अध्यादेशलाई लिएर सत्तारुढ दलका थारू नेताहरू एकजुट भएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले अध्यादेशको बचाउमा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेका छन्। Continue reading “गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध उभिए कांग्रेसकै थारू नेताहरू, आन्दोलनको घोषणा”
टीकापुर घटना राज्यसत्ताले चकालीपूर्ण रूपमा घटाएको घटना हो : मोहना अन्सारी
राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले टीकापुर घटनाको एकोहरो योजनाकार रेशम चौधरी हुन् भन्ने भाष्य निर्माण गरिएको आरोप लगाएकी छन्। घटनाको दिन चौधरी टीकापुरमा नरहेको बताउँदै सो घटना राज्यसत्तामा भएकाहरूको चकालीपूर्ण रूपमा घटाइएको दाबी समेत गरेकी छन्।
लाल आयोगले छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेर राज्यसत्ताले जनतालाई अँध्यारोमा राखेको उनको भनाइ छ। थारु र पहाडीबीच खडा गरिएको सदाको खाडल पुर्न राज्य हच्किरहेको उनले बताएकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्,
टीकापुर घटना राज्यसत्तामा भएकाहरूको चकालीपूर्ण रूपमा घटाइएको घटना थियो। त्यो घटना राज्यसत्ताबाट घटाइएको थिएन भने लाल आयोगले मेहनत साथ छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक गरेर जनतालाई अँध्यारोमा राख्ने र थारु र पहाडीबीच खडा गरिएको सदाको खाडल पुर्न राज्य किन हच्की रहेको छ?
आम जनताको बुझाइमा रेशम चौधरी टीकापुर घट्नाको एकोहरो योजनाकार हो भन्ने भाष्य निर्माण गरिएको छ। थारुहरू आन्दोलित थिए, घट्नाको दिन रेशम चौधरी टीकापुरमा छैनन् तिनी घट्नाको केही दिन अघि नेपालगन्जबाट काठमाडौँ उडिसकेका थिए। तिनलाई एपीएफको गाडीले नेपालगन्ज एयरपोर्टसम्म पुर्याएको थियो।
रेशमको पत्नी काखको छोरी र बुवा रातभरि मकै बारी लुकेर ज्यान जोगाई देऊ भनेर गुहार माग्दै थिए र मकै बारीबाट फूलबारी एफएम रिसोर्ट जलेको हेरिरहेका थिए ? आफ्नै सन्तानलाई जोगाउन नसक्ने अवस्थामा रहेको रेशम चौधरीले घटना घटायो भन्ने समाचार यत्रतत्र फैलिसकेको थियो ।
मारिनु भएका उच्च प्रहरी अधिकारी एवं प्रहरी जवानहरू किन एक्लिए? त्यहाँ नजिकै सुरक्षाकर्मीहरूको ठुलै दस्ता थियो तर प्रहरी कमान्डमा निहत्था टोली किन खटाइयो? सुरक्षा बैठकमा सिडिओ, सेना, एपीएफ, नेपाल प्रहरी र गुप्तचरका अधिकारीहरू बस्छन् के का लागि हुन्छ यस्ता सुरक्षा बैठक?
के सुरक्षाको कारणले संवेदनशील मानिएको ठाउँमा हतियारविहीन निहत्था टोलीको नेतृत्व गर्न उच्च प्रहरी खटाउन कसको निर्देशन थियो? जनतालाई जवाफ कसले दिन्छ?
सानो बालक मारिएको बुलेटका गोली र वरिपरि रहेका गोलीका खोका कसका थिए? ब्यालेष्टिक टेस्टका आधारमा आरोपित बनाउने हो न कि भनेको सुनेको….
थारुहरूको स्वर मध्यम छ भनेर सधैँ उच्च वर्गले आजीवन आरोपित बनाएर अपराधी करार गर्न पाउने जन्मजात प्रमाणपत्र लिएर बसेको राज्यसत्ता र तिनका प्रोत्साहनकर्ताहरुले एकोहरो बोलिरहने र पत्याइरहने किन र के का लागि??
अध्यादेश राजनीतिक ईच्छा पूरा गर्न पटक पटक ल्याइयो र आउने दिनमा पनि सरकारको नेतृत्व गर्ने दलले ल्याउने नै छ। तर के टीकापुरको घाउ पुर्नु पर्दैन के जसले सद्भावका लागि उच्च स्वरमा बोल्छ त्यसले टीकापुरको प्रतिवेदन सार्वजनिक गर किन भन्न सक्दैन । हामी किन यो फाटोलाई लम्ब्याउँदै छौँ किन..
थारुहरूलाई किन सदा झैँ अपराधी को पगरी गुथ्दै छौ ? किन र कसरी कुनै एक समुदायको सिर निहुरिदा राज्यको सिर कसरी उठ्छ ??
अध्यादेश को राजनीतिले कसैको भलो गर्दैन सदाको समाधान तर्फ सोच्न पर्छ ।
नागरिक उन्मुक्ति पार्टीले सच्यायो समानुपातिक सांसदको सूची
नागरिक उन्मुक्ति पार्टीले प्रदेश समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा पेस गरेको छ। नागरिक उन्मुक्तिले मधेस प्रदेशमा रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम पठाएको छ भने लुम्बिनीमा नोरी कुमारी चौधरीको ठाउँमा नरमाया ढकालको नाम पठाएको छ। Continue reading “नागरिक उन्मुक्ति पार्टीले सच्यायो समानुपातिक सांसदको सूची”
‘थारू विरोधी’ भन्दै गगन, विश्वप्रकाश र रबि लामिछानेविरुद्ध थारू युवाहरू आक्रोशित
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेशलाई लिएर कांग्रेसका महामन्त्रीद्वयले आपत्ति जनाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्। Continue reading “‘थारू विरोधी’ भन्दै गगन, विश्वप्रकाश र रबि लामिछानेविरुद्ध थारू युवाहरू आक्रोशित”
रेशम चौधरीका समर्थकहरू फूलमालासहित डिल्लीबजार कारागारमा
सरकारले अध्यादेश ल्याएसँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका समर्थकहरू डिल्ली बजारस्थित कारागार पुगेका छन्। उनी छुट्ने आशासहित उनका सयौं समर्थकहरू डिल्लीबजार कारागार पुगेका छन्। Continue reading “रेशम चौधरीका समर्थकहरू फूलमालासहित डिल्लीबजार कारागारमा”
टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ गर्न सरकारले ल्यायो अध्यादेश
टीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको बताइएको छ। Continue reading “टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ गर्न सरकारले ल्यायो अध्यादेश”