प्रतिनिधिसभामा १५ जना थारू सांसद, ९ जना पहिलोपटक संसद प्रवेश गर्दै

प्रतिनिधिसभाको समानुपातिकतर्फ थारू समुदायबाट ६ जनाको नाम सिफारिस भएको छ। शनिबार नेकपा एमाले, कांग्रेस, माओवादी र रास्वपाबाट थारू नेता समानुपातिक सांसदमा सिफारिस भएका हुन्। Continue reading “प्रतिनिधिसभामा १५ जना थारू सांसद, ९ जना पहिलोपटक संसद प्रवेश गर्दै”

यी हुन् एमालेको समानुपातिकबाट सांसद् हुने ६ जना थारू नेताहरू

नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसअनुसार प्रतिनिधिसभातर्फ थारू कोटामा दुई जना र प्रदेशसभामा चार जना परेका छन्। बैठकले प्रतिनिधिसभातर्फ दाङकी आश्मा कुमारी चौधरी र शान्ति चौधरी रहेकी छन्। Continue reading “यी हुन् एमालेको समानुपातिकबाट सांसद् हुने ६ जना थारू नेताहरू”

माओवादीबाट रुपा चौधरी बनिन् समानुपातिक सांसद

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ। माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो। जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन्। Continue reading “माओवादीबाट रुपा चौधरी बनिन् समानुपातिक सांसद”

कांग्रेसमा गच्छदारकी बुहारी कल्पना बनिन् समानुपातिक सांसद, योगेन्द्र चौधरी आउट

नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। जसमा थारू कोटाबाट कल्पना चौधरी र बिनाकुमारी थनेत परेका छन्। दाङका योगेन्द्र चौधरी भने सूचीमा अटाएनन्। कल्पना गच्छदारको बुहारीसमेत हुन्। Continue reading “कांग्रेसमा गच्छदारकी बुहारी कल्पना बनिन् समानुपातिक सांसद, योगेन्द्र चौधरी आउट”

रबि लामिछानेको पार्टीबाट सुनसरीका अशोक चौधरी चुनिए समानुपातिक सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ। प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल। निशा डाँगी, विनिता कठायत चयन भएका छन्।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए। रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो। तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाएकाहरुलाई नै चयन गरेको प्रवक्ता ढकालले बताए।
थारू कोटाबाट सिफारिस भएका अशोक सुनसरीका हुन्। उनी थाकस इटहरीको सचिवसमेत हुन्।

नागरिक उन्मुक्तिका नेताले भेटे गृहमन्त्री खाण र एमाले महासचिव पोखरेल

नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। उनीहरूबीच सिंहदरवारमा भेटवार्ता भएको हो। नेता चौधरीले समसमायिक विषयवस्तुमा छलफल भएको हो।
‘गृहमन्त्रीजी म नेबिसंघमा हुँदादेखिकै साथी हुन्। Continue reading “नागरिक उन्मुक्तिका नेताले भेटे गृहमन्त्री खाण र एमाले महासचिव पोखरेल”

यी हुन् नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद बन्नेहरू (सूचीसहित)

नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। शुक्रबार कोटेश्वरको एक होटलमा बसेको बैठकले प्रदेशसभातर्फ पाँच जना सांसदको टुंगो लगाएको हो। Continue reading “यी हुन् नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद बन्नेहरू (सूचीसहित)”

देशभरि १६ सिटसहित तराईको शक्ति बन्यो नागरिक उन्मुक्ति पार्टी, मधेसमा पनि इन्ट्री

निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट जितेको छ। Continue reading “देशभरि १६ सिटसहित तराईको शक्ति बन्यो नागरिक उन्मुक्ति पार्टी, मधेसमा पनि इन्ट्री”

सरकारमा जान्छौं तर हाम्रा माग पूरा भएपछि मात्रै : रञ्जिता श्रेष्ठ चौधरी

एकातिर सत्ता गठबन्धन, अर्कोतिर ठूलो दल एमालेको उम्मेदवारी, तपाईं फराकिलो मतान्तरले कसरी जित्नुभयो ?

तपाईंले भनेको सत्य हो। पाँच दलीय सत्ता गठबन्धनको बलियो उम्मेदवार कांग्रेसका रामजनम चौधरी मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो। उहाँ धेरैपटक थारू पकेट क्षेत्रबाट जित्नुभयो। त्यतिमात्र होइन उहाँ पटक–पटक मन्त्री पनि भइसक्नु भएको छ। चुनावमा समुदायको मतको फरक त परिहाल्छ नै। त्यसमाथि हामी दुवै जना थारू समुदायका उम्मेदवार भएकाले मत बाँडिने सम्भावना पनि उत्तिकै थियो।

तर, मतदाताले मलाई योग्य ठान्नुभयो। मतदाताको विश्वासले मैले जितें। अर्कोतिर राम्रो संगठन भएको ठूलो पार्टी एमाले पनि थियो। यी दुवै चुनौतीलाई पार गरें। विगत ५ वर्षमा रेशम चौधरीले जितेको स्थानमा विकास नभएको, जनप्रतिनिधि नभएको कुरा जनतालाई सम्झाएँ। अनि उहाँहरूले मलाई कार्यभार सुम्पिनु भएको छ।

चुनाव जित्ने रणनीति के–के बनाउनु भएको थियो ?

त्यसो खासै रणनीति थिएन। तर, मैले स्थानीय तहमा हाम्रो पार्टीले पाएका मतहरूको विश्लेषण भने गरेको थिएँ। अरू दलका पकेट क्षेत्रहरूमा पसेर केही भए पनि आफ्नो पक्षमा मत पार्ने प्रयास गरें। जता गए पनि मैले राम्रो सुझाव र समर्थन पाएँ। चुनावी रणनीतिभन्दा पनि म मेरा मतदाताहरूप्रति र मेरा मतदाताहरू मप्रति विश्वस्त थियौं। अन्ततः परिणाम राम्रो आइहाल्यो।

जनता माझ जाँदा तपाईंका एजेन्डा के-के थिए ?

जनता माझ जाँदा मेरो मुख्य एजेन्डा भनेको विकास निर्माणकै थियो। हाम्रो क्षेत्रमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना बन्दैछ। त्यसलाई समयमा सम्पन्न गराउन सके लाखौं किसानले सिँचाइ सुविधा पाउँछन्। मैले त्यस योजनालाई छिटो सम्पन्न गराउनु छ। टीकापुरमा अझै राम्रो अस्पताल छैन, शिक्षालय छैन। क्षेत्र नम्बर १ का जनता कर्णाली र अरू सहायक नदीको कटानले आजित छन्। मैले तटबन्धनका कुरा गरें। मलाई त्यसै पनि थाहा छ, म मिडियामा हुँदा पनि मैले जनताका समस्याहरू देखेकी थिएँ। थारू संस्कृतिको पहिचनाका मुद्दा, रोजगारीका कुरा लिएर म जनता माझ गएको थिएँ।

पूरा हुन्छन् त अब ती ऐजेन्डा ?

अवश्य, यो ५ वर्षमा मैले गरेका सम्पूर्ण वाचा पूरा गर्छु। कैलालीको १ नम्बर क्षेत्र ५ वर्ष जनप्रतिनिधिविहीन भयो। यस क्षेत्रमा विकास बजेट आएन। संसद्ले पाउने कोषको रकम पनि यो क्षेत्रमा आएन। एक सांसदले ६ करोड वर्षका पाउँछ। पाँच वर्षमा ३० करोडका त पूर्वाधारकै काम हुन सकेनन्। अब म त्यसको क्षतिपूर्तिसहितको बजेट माग्छु। अबको ५ वर्ष जनताका तीनै माग र समस्या समाधानमै खट्छु।

नागरिक उन्मुक्ति पार्टीले जातीय नारा लगायो भन्छन् नि, विपक्षीहरूले ?
यो थारूप्रतिको अन्याय र समाजको सोच हो भन्छु म त। कुनै जातीय नारा छैन। मैले पाएको ३० हजार ४०४ मत के थारूको मात्र हो ? हाम्रो पार्टीलाई घरी थारूको पार्टी, घरी पहाडिया पार्टी भनेर आरोप लगाइन्छ। मैले निर्वाचन लड्दा पनि रञ्जिता त पहाडी हो, श्रेष्ठको छोरी हो भनेर पनि जनतालाई भाँड्न खोजे तर नागरिक उन्मुक्ति पार्टी समावेशी पार्टी हो। यसमा कुनै जातजातीको कुरा छैन। हाम्रो पार्टीबाट थारूबाहेकका उम्मेदवारहरू चुनावमा उठेनन् त ?

चुनावमा त उठे तर हारे त ?
चुनावमा सबैले जित्छ भन्ने कहाँ छ र ? चुनाव भनेको हारजित त हो। कहिले जितिन्छ कहिले हारिन्छ। समानुपातिकमा हाम्रो पार्टीबाट खस आर्यबाट उम्मेदवारहरू परेका छन्। अनि कसरी जातीय पार्टी भन्ने ? म त भन्छु त्यो आरोप लगाउनेहरू नागरिक उन्मुक्ति पार्टीको जनमत देखेर आत्तिएका हुन्।

जातीय मुक्ति र टीकापुर घटनाका कैदीबन्दीको रिहाइबाहेकको एजेन्डा नै छैन भन्ने विपक्षीहरूको आरोप छ। तपाईं के भन्नुहुन्छ ?

यो गलत हो। मैले तपाईंलाई अघि नै भनिसकें हामीसँग विकासका एजेन्डा छन्। तर, जातीय पहिचान पहिलो एजेन्डा भने पक्कै हो। किनभने थारू समुदाय थिचोमिचोमा छ। ऊ पछाडि परेको आदिवासी समुदाय हो। यो सबैलाई थाहा भएकै कुरा हो। अनि हामीले हाम्रो पहिचानको लडाइँ नलड्ने त ? अहिले हामी बोल्ने ठाउँमा आएका छौं।

नेपालमा टीकापुरको जस्ता हिंसात्मक घटना धेरै भए। तर, ती सबैलाई राजनीतिक घटना बनाइए। नेतालाई जेलमा कोचिएन। तीनै नेता, सांसद भए, मन्त्री भए। तर, निर्दोष थारूहरूले गरेको पहिचानको आन्दोलनलाई जबरजस्ती आपराधिक बनाइयो। थारूहरूलाई आजीवन जेल हालियो। यो विभेद होइन र ? थारू भनेर नै यो गरिएको होइन र ? त्यसैले पहिचानका लागि हाम्रो पार्टी संघर्षमा छ।

टिकापुर घटनापछि थारू मतादाता एकमत भएका होइनन् र ? यसलाई जातीय नारा भन्न मिलेन त ?
यदी म थारूको मतले मात्र विजय भएको भए, यस्तो कुरा गर्न मिल्थ्यो। तर, मैले त सबैको मत पाएर यो स्थानमा छु। मलाई मतदान गर्ने ३० हजार ४०४ जनता थारू मात्र हुन् र ? यसलाई कसरी जातीय नारा भन्न मिल्यो ? राम्रो उम्मेदवार चुनावमा आए मतादाता एकमत भइहाल्छन् नि होइन र ? अहिले नयाँ आएका दलहरूले ल्याएको देशव्यापी जनमत हेर्नुस् न। ठूला पार्टी सच्चिएनन् भने भविष्यमा जित्दैनन् उनीहरू पनि ? त्यसैले जनमतलाई जातीय रूपमा चित्रण गरिनु हुँदैन।

रेशम चौधरीले जिते लगत्तै जेल परे। क्षेत्र नम्बर १ जनप्रतिनिधिविहीन भयो ? यस क्षेत्रको विकासका लागि तपाईंको प्राथमिकताहरू के हुन्छन् ?

२०७२ सालको टीकापुर घटनापछि २०७४ सालको चुनावमा ३४ हजार ३४१ मत पाए जिते। तर, पनि रेशम जीलाई जेल हालियो। जनताले अनुमोदन गरेको व्यक्तिलाई जेल हाल्ने राज्यबाट के आशा गर्ने ? त्यसपछि कैलाली क्षेत्र न १ जनप्रतिनिधिविहीन भएर ५ वर्ष बितायो। अब यस क्षेत्रले आफ्नो अभिभावक रोजिसकेको छ। पाइसकेको छ। मेरो प्राथमिकता अब यस छेत्रको विकास रोजगार, शिक्षा अनि स्वास्थ्यका कानुन, नीति र विधि निर्माणमा रहनेछ।

सरकार रेशमलाई रिहाइ गर्छु भन्छ। यसअघिका सरकारले पनि भनेकै हो। किन छोड्दैन ? समस्या कहाँ छ ? सरकारको कुरा हामीले पनि बुझ्न सकेका छैनौं। जब/जब सरकारलाई रेशमको आवश्यकता पर्छ तब उहाँ छुट्ने र छुटाउने चर्चा चल्छ। तर, त्यो त्यसै सेलाएर जान्छ। यसर्थ समस्या सरकारमै छ। हामीलाई सरकारको कुरा झन् के थाहा। अब सरकारलाई प्रश्न सोध्ने स्थानमा पुगिएको छ। अब प्रश्न उठ्ला।

टीकापुर घटनापछि यत्रो पार्टी जन्मियो, जनमत पनि पायो ? संघीय सरकारमा सहभागी हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमा जान्छ तर सरकारले हाम्रो माग र मुद्दालाई सम्बोधन गर्नुपर्छ।

सुदूरपश्चिम प्रदेशमा पनि ७ वटा सिट आएको छ। सरकारमा जाने हो ?

मैले भनिसके नि, सरकारमा जानको लागि हाम्रो माग र मुद्दालाई सरकारले सम्बोधन गर्यो भने हामी सहभागी हुन्छौं।

अन्तमा आममतदातालाई केही भन्नु छ ?
अन्त्यमा म मेरा सम्पूर्ण मतदाताहरूलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु। जुन अपेक्षा राखेर मलाई विजय गराउनु भएको छ। अवश्य पनि तपाईंहरूको अमूल्य मतको कदर हुनेछ। कैलाली क्षेत्र न १ को विकास, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि म नीति अनि विधि निर्माण गर्नेछु। तपाईंका हरेक समस्याको समाधानका लागि खटिनेछु भन्न चाहन्छु।

-प्रस्तुति : शिवराज भट्ट/अन्नपूर्ण पोस्ट्

समानुपातिकतर्फ थारू नेतालाई बाइपास गर्दै ठूला दल

मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिएसँगै निर्वाचन आयोगले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर सात दलका लागि सिट बाँडफाँड गर्ने तयारी गरेको छ। प्रतिनिधिसभातर्फ रहेको ११० र प्रदेशसभातर्फ रहेको २२० सिटको बाँडफाँड केही दिनमा सकिने निर्वाचन आयोगले जनाएको छ। Continue reading “समानुपातिकतर्फ थारू नेतालाई बाइपास गर्दै ठूला दल”