रेशम चौधरीलाई प्रश्न- तपाइँहरू गठबन्धन सरकारमा जाँदै हो?

नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा चार सिट (एक स्वतन्त्र)सहित संघीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीले प्रदेशसभातर्फ ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा यो पार्टीले थ्रेस होल्डसमेत कटाएको छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग डिल्लीबजार कारागारमा गरिएको आठ प्रश्न। Continue reading “रेशम चौधरीलाई प्रश्न- तपाइँहरू गठबन्धन सरकारमा जाँदै हो?”

समानुपातिकतर्फ थारूबाट को को चुनिँदैछन्?

समानुपातिकतर्फको मतगणना आज सकिँदैछ। निर्वाचन आयोगले त्यसलगत्तै थ्रेस होल्ड कटाएका सात वटा दललाई सिट बाँडफाँड गर्ने भएको छ। मतपरिणामअनुसार एमालेबाट आश्मा कुमारी चौधरी, शान्ति चौधरी र लक्ष्मीदेवी दगोराको निर्वाचित हुने सम्भावना छ भने कांग्रेसबाट कल्पना चौधरी, विनाकुमारी थनेतको निर्वाचित हुने सम्भावना छ। Continue reading “समानुपातिकतर्फ थारूबाट को को चुनिँदैछन्?”

एमालेमा कसले गर्दैछ रजाइ? शान्ता र गंगाबीच फेसबुकमा ‘वार’

एमाले नेतृ शान्ता चौधरी र पूर्वसांसद गंगा चौधरीबीच फेसबुकमा ‘वार’ परेको छ। गंगाले तुल्सीपुरका पूर्व नगरप्रमुख टीकाराम खड्‍कालाई फेसबुकमा जन्मिदनको शुभकामना दिएकी छन्। सोही पोस्टमा शान्ताले एमाले सिध्याउने खेलमा लागेकालाई एमाले नेताको माया लागेजस्ताो देखाउनुपर्ने रहेछ भन्दै कमेन्ट गरेकी छन्। Continue reading “एमालेमा कसले गर्दैछ रजाइ? शान्ता र गंगाबीच फेसबुकमा ‘वार’”

नागरिक उन्मुक्तिको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने, केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्दै

नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ। हेडक्वाटरको निर्णयअनुसार महाधिवेशन वैशाख ४ देखि ६ गतगेसम्म हुने भएको हो। त्यसअघि यही महिनाको अन्तिममा केन्द्रीय कार्यसमितिको बैठक बस्ने पार्टी प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। Continue reading “नागरिक उन्मुक्तिको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने, केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्दै”

शैक्षिक क्षेत्र उकास्ने अभियानमा लागे राजकुमार लेखी

नेकपा एमालेका नेता राजकुमार लेखीले मधेस प्रदेशको साक्षरता न्युन भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। सप्तरी क्षेत्र नं १(१)बाट विजयी भएका उनले आफ्नै क्षेत्रबाट शैक्षिक क्षेत्र उकास्ने अभियानमा लगेका छन्। शनिबार उनले सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत गरे। Continue reading “शैक्षिक क्षेत्र उकास्ने अभियानमा लागे राजकुमार लेखी”

यी हुन् मधेसमा एमालेको इज्जत जोगाउने थारू नेताहरू, लेखीलाई बनाउँलान् मुख्यमन्त्री?

नेकपा एमालेले यसपटक मधेस प्रदेशमा राम्रो कम्ब्याक गरेको छ। मधेसमा १५ सिट जितेको एमाले समानुपातिक मतमा भने दोस्रो स्थानमा छ। समानुपातिक मत जोडेर पनि यो पार्टी मधेसमा पहिलो बन्ने देखिएको छ। Continue reading “यी हुन् मधेसमा एमालेको इज्जत जोगाउने थारू नेताहरू, लेखीलाई बनाउँलान् मुख्यमन्त्री?”

यी हुन् थारू समुदायबाट विजयी भएका २५ सांसद, नागरिक उन्मुक्ति बन्यो पहिलो पार्टी (सूचीसहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ यसपटक थारू समुदायबाट ९ जना विजयी भएका छन् भने प्रदेशसभातर्फ १६ जना थारूहरू विजयी भएका छन्। अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारू नेताहरू विजयी भएका थिए। Continue reading “यी हुन् थारू समुदायबाट विजयी भएका २५ सांसद, नागरिक उन्मुक्ति बन्यो पहिलो पार्टी (सूचीसहित)”

गीता चौधरी प्रमुख रहेको सुरुङ्गा मधेसकै पहिलो बालविवाहमुक्त नगर घोषणा

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो। Continue reading “गीता चौधरी प्रमुख रहेको सुरुङ्गा मधेसकै पहिलो बालविवाहमुक्त नगर घोषणा”

थारू समुदायबाट पहिलो प्रधानमन्त्री बन्ने चाहना थियो गच्छदारको

नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार संसदीय निर्वाचनको इतिहासमा पहिलोपटक पराजित भएका छन्। सुनसरी क्षेत्र नं ३ मा गच्छदार एमालेकी भगवती चौधरीसँग ५ हजार बढी मतान्तरले पराजित भएका हुन्। भगवतीले भने तेस्रो प्रयासमा गच्छदारलाई हराएकी छन्। दोस्रो संविधानसभामा ३६२ मतले हारेकी भगवती २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२१ मतले पराजित भएकी थिइन्। Continue reading “थारू समुदायबाट पहिलो प्रधानमन्त्री बन्ने चाहना थियो गच्छदारको”

थारूले नपाउने भए लोकसेवाका कोटा

थारू समुदायलाई कोटा नछुट्याई खुलाएको विज्ञापनअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुलेको छ। त्यसलाई यथास्थितिमा राख्न कात्तिक २० गते जारी अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द गरिदिएको छ। Continue reading “थारूले नपाउने भए लोकसेवाका कोटा”