सप्तरीको प्रतिनिधिसभा ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको नतिजा अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। Continue reading “सप्तरी-४ मा तेजुलाल चौधरीको ह्याट्रिक”
Author: Madan Kumar
नागरिक उन्मुक्तिले लुम्बिनी र सुदूरपश्चिममा कटायो थ्रेसहोल्ड, प्रतिनिधिसभामा कट्ला?
नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक लाख मत कटाएको छ। पछिल्लो मत परिणामअनुसार नागरिक उन्मुक्तिले १ लाख ८ हजार २७१ मत प्राप्त गरेको छ। यो गणना भएको कूल सदर मतको २.१ प्रतिशत हो। राष्ट्रिय दल बन्नका लागि ३ प्रतिशत कटाउनुपर्ने हुन्छ। Continue reading “नागरिक उन्मुक्तिले लुम्बिनी र सुदूरपश्चिममा कटायो थ्रेसहोल्ड, प्रतिनिधिसभामा कट्ला?”
कैलाली २ मा नागरिक उन्मुक्तिको शानदार कम्ब्याक, संघमा अरुण र प्रदेशमा रामेश्वर चौधरी विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरे। Continue reading “कैलाली २ मा नागरिक उन्मुक्तिको शानदार कम्ब्याक, संघमा अरुण र प्रदेशमा रामेश्वर चौधरी विजयी”
बारा १(१) मा त्रिलोकी चौधरी फेरि विजयी, बलबिर चौधरी पराजित
बारा क्षेत्र नं. १(१) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन्। चौधरी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन्। Continue reading “बारा १(१) मा त्रिलोकी चौधरी फेरि विजयी, बलबिर चौधरी पराजित”
अमनलाल मोदीको संसदमा ह्याट्रिक, मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी
मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन्। मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए। Continue reading “अमनलाल मोदीको संसदमा ह्याट्रिक, मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी”
बर्दियामा पूर्व उपसभामुख र पूर्वसांसदलाई हराएका नागरिक उन्मुक्तिका दुई योद्धा
नागरिक उन्मुक्ति पार्टीले बर्दियाबाट प्रदेशसभातर्फ दुई क्षेत्रमा विजयी भएको छ। बर्दिया १(२) मा राजकुमार चौधरी निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका भक्तबहादुर विकलाई १ हजार ४७ मतान्तरले पराजित गरे। उनले १३ हजार २३० मत ल्याउँदा विकले १२ हजार १८३ मत ल्याए। Continue reading “बर्दियामा पूर्व उपसभामुख र पूर्वसांसदलाई हराएका नागरिक उन्मुक्तिका दुई योद्धा”
बारा १ मा खानेपानी मन्त्री उमाकान्त चौधरी भारी मतान्तरले पराजित
बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन्। Continue reading “बारा १ मा खानेपानी मन्त्री उमाकान्त चौधरी भारी मतान्तरले पराजित”
शान्तालाई हराउँदै दाङ १ मा मेटमणि चौधरी विजयी
सहरी विकास मन्त्री मेटमणि चौधरी विजयी भएका छन्। दाङ क्षेत्र नं १ मा उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार मेटमणिले २६ हजार ५६३ मत ल्याएका छन् भने शान्ताले २१ हजार ४७९ मत ल्याएकी छन्। मेटमणिले ५ हजार ८४ मतान्तरले पराजित गरेका हुन्। Continue reading “शान्तालाई हराउँदै दाङ १ मा मेटमणि चौधरी विजयी”
कैलाली २ मा नागरिक उन्मुक्तिको अग्रता, मतान्तर बढाउँदै अरुण चौधरी
कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले १४३५ मतान्तरसहित अग्रता लिएका हुन्। ३५ हजार मत गन्दा चौधरीले ११ हजार १४२ मत ल्याएका छन् भने एमाले उम्मेदवार झपटबहादुर रावल ९ हजार ७०७ मतसहित दोस्रो स्थानमा छन्। Continue reading “कैलाली २ मा नागरिक उन्मुक्तिको अग्रता, मतान्तर बढाउँदै अरुण चौधरी”
दाङ १(१) मा इन्द्रजीत थारु विजयी
दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन्। Continue reading “दाङ १(१) मा इन्द्रजीत थारु विजयी”