पहिचानको मुद्दा सम्बोधन नभएसम्म विश्राम नलिने रञ्जिताको घोषणा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरबासीको आवाज बन्ने बताएकी छन्। कैलाली क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएकी उनले आफ्नो जितलाई पति रेशम चौधरी र टीकापुर राजबन्दीहरुप्रति समर्पण गरिन्। Continue reading “पहिचानको मुद्दा सम्बोधन नभएसम्म विश्राम नलिने रञ्जिताको घोषणा”

बर्दिया २(२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी

प्रदेशसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ (२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी विजयी भएका हुन्। Continue reading “बर्दिया २(२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी”

कैलाली १ मा नागरिक उन्मुक्तिको क्लीन स्वीप, रञ्जिता भारी मतान्तरले विजयी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। कैलाली क्षेत्र नं १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिताले रेशम चौधरीको विरासत जोगाएकी छन्। रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन्। Continue reading “कैलाली १ मा नागरिक उन्मुक्तिको क्लीन स्वीप, रञ्जिता भारी मतान्तरले विजयी”

प्रदेश सांसदमा राजकुमार लेखीको ‘इन्ट्री’

नेकपा एमालेका नेता राजकुमार लेखी विजयी भएका छन्। सप्तरी क्षेत्र नं १(१)बाट उनी विजयी भएका हुन्। उनले १४ हजार २९१ मत ल्याएर विजयी भएका हुन्। २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए। Continue reading “प्रदेश सांसदमा राजकुमार लेखीको ‘इन्ट्री’”

सर्लाही १ मा रामप्रकाश चौधरी विजयी

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन्। चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए। Continue reading “सर्लाही १ मा रामप्रकाश चौधरी विजयी”

कैलाली १ मा नागरिक उन्मुक्तिकी रञ्चिताको जित सुनिश्चित

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। पछिल्लो मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत पाएका छन्। दोस्रोमा कांग्रेसका पूर्वमन्त्रीसमेत रहेका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएर तेस्रो स्थानमा छन्। Continue reading “कैलाली १ मा नागरिक उन्मुक्तिकी रञ्चिताको जित सुनिश्चित”

दाङ ३(२) मा डिल्ली चौधरी निर्वाचित

दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन्। Continue reading “दाङ ३(२) मा डिल्ली चौधरी निर्वाचित”

पर्साका सुरेन्द्र चौधरी फेर पनि पराजित

नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी यसपटक पनि पराजित भएका छन्। पर्सा क्षेत्र नं ३ मा उनी एमालेका राजकुमार गुप्तासँग १५१ मतको झिनो अन्तरले पराजित भएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने चौधरीले २४ हजार १०१ मत पाएका छन् । Continue reading “पर्साका सुरेन्द्र चौधरी फेर पनि पराजित”

मोरङ ४(१) मा जयप्रकाश चौधरी विजयी

मोरङको क्षेत्र नं. ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन्। Continue reading “मोरङ ४(१) मा जयप्रकाश चौधरी विजयी”

बर्दिया १(१) मा भुवनेश्वर चौधरी विजयी

बर्दिया क्षेत्र नम्बर १ (१) मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित भएका छन्। नेकपा एमालेका शालिकराम अधिकारीलाई १ सय १९ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।चौधरीले १७ हजार २६ र अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन्। Continue reading “बर्दिया १(१) मा भुवनेश्वर चौधरी विजयी”