बारा ४(१) मा देवनारायण चौधरी विजयी

बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन्। चौधरी तीन हजार ६२० मतको मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १३ हजार ६०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार ९८९ मत पाएका छन्। Continue reading “बारा ४(१) मा देवनारायण चौधरी विजयी”

माओवादी किल्ला भत्काउँदै बर्दिया २ मा रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी

बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। उनले माओवादी उम्मेदवार सुरेश पन्थलाई १३६ मतले पराजित गरेका हुन्। चौधरी रेशम चौधरीका बुबा हुन्। चौधरीले २६ हजार ५२० मत पाए भने प्रतिद्वन्द्वी पन्थले २६ हजार ३८४ मत पाए। Continue reading “माओवादी किल्ला भत्काउँदै बर्दिया २ मा रेशम चौधरीका बुबा लालवीर चौधरी विजयी”

कैलाली ३ मा नागरिक उन्मुक्तिको क्लीन स्वीप, प्रदेशको दुवै सिटमा विजयी

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं‌ ३ मा क्लीन स्वीप गरेको छ। प्रनिधिसभातर्फ गंगा चौधरी विजयी हुँदा बुधबार अन्तिम मतपरिणामअनुसार सुदुरपश्चिम प्रदेशसभातर्फ दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। Continue reading “कैलाली ३ मा नागरिक उन्मुक्तिको क्लीन स्वीप, प्रदेशको दुवै सिटमा विजयी”

अमनलाल मोदी झन्डै दोब्बर मतले अगाडि

माओवादीका युवा नेता अमनलाल मोदीले झन्डै दोब्बर मतले अग्रता लिएका छन्। मोरङ क्षेत्र नं ४ मा उनले १९ हजार १३७ मतसहित अग्रता लिएका हुन्। दोस्रोमा एमाले रहेका छन्। एमालेका विनोदप्रसाद ढकाल १० हजार १९५ मत पाउँदै राप्रपाका रवि रिजालले १ हजार ११९ मत ल्याएका छन्। Continue reading “अमनलाल मोदी झन्डै दोब्बर मतले अगाडि”

सप्तरी १ (१) मा राजकुमार लेखीको अग्रता

सप्तरी क्षेत्र नं १ (१) मा एमालेका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। उनले ३२५१ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा माओवादी केन्द्रका बेचनप्रसाद चौधरी रहेका छन्। उनले ३११२ मत पाएका छन्। Continue reading “सप्तरी १ (१) मा राजकुमार लेखीको अग्रता”

बारामा खानेपानी मन्त्री पछि पर्दा एमालेका तीन थारू नेताहरूले अग्रता बढाउँदै

बारामा प्रतिनिधिसभातर्फका थारु उम्मेदवार उमाकान्त चौधरी करिब ४ हजार मतले पछि परेका छन्। खानेपानी मन्त्रीसमेत रहेका उनी एमालेका अच्युतप्रसाद मैनालीसँग पछि परेका हुन्। मैनालीले १८ हजार ४ सय मत ल्याउँदा चौधरीले १४ हजार ८३० मत ल्याएका छन्। Continue reading “बारामा खानेपानी मन्त्री पछि पर्दा एमालेका तीन थारू नेताहरूले अग्रता बढाउँदै”

रञ्जिता र लालवीरको अग्रता कायमै, झिनो मतले पछि परे ठाकुर र अरुण

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले मतान्तर बढाउँदै लगेकी छन्। कैलाली क्षेत्र नं १ मा उनले पछिल्लो मतपरिणामअनुसार १४ हजार ९१४ मत पाएकी छन्। कांग्रेसका रामजनम चौधरी ८ हजार ८५२ मतसहित दोस्रो स्थानमा छन्। Continue reading “रञ्जिता र लालवीरको अग्रता कायमै, झिनो मतले पछि परे ठाकुर र अरुण”

नागरिक उन्मुक्तिका अरुण चौधरीले मतान्तर बढाउँदै

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले ३६०९ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादीका भगत बडुवालले २३४६ मत पाएका छन् भने तेस्रोमा झपटबहादुर रावलले २०६९ मत पाएका छन्। Continue reading “नागरिक उन्मुक्तिका अरुण चौधरीले मतान्तर बढाउँदै”

सुनसरी ३ मा भगवती चौधरीलाई अग्रता, गच्छदार तेस्रो स्थानमा

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ। क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन्। चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन्। कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन्। उनले १०३२ मत ल्याएका छन्। Continue reading “सुनसरी ३ मा भगवती चौधरीलाई अग्रता, गच्छदार तेस्रो स्थानमा”

पर्सा ४(क) मा कांग्रेसका शंकर चौधरी दोस्रोपटक विजयी

पर्सामा नेपाली कांग्रेसले लगातार दोस्रो जित हात पारेको छ। पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन्। मगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई Continue reading “पर्सा ४(क) मा कांग्रेसका शंकर चौधरी दोस्रोपटक विजयी”