मोरङ ४ मा अमनलाल मोदीको सुरुवाती अग्रता

मोरङको क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फको मतगणनामा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता लिएका छन्। हालसम्म २१४० मत गणना हुँदा मोदीले ११४७ मत प्राप्त गरेका हुन्। आफ्ना प्रमुख प्रतिस्पर्धी एमालेका विनोद ढकालको तुलनामा उनले ५१८ बढी मत प्राप्त गरेका हुन्। Continue reading “मोरङ ४ मा अमनलाल मोदीको सुरुवाती अग्रता”

कैलाली ३ मा नागरिक उन्मुक्तिले लियो अग्रता

कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। ३ हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्तिका गंगाराम चौधरीले ११०० मत प्राप्त गरेका छन्। त्यस्तै माओवादीका उम्मेदवार कृष्णकुमार चौधरीले ८५०, राप्रपाका वीरेन्द्रबहादुर बमले ६५० र नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत प्राप्त गरेका छन्। Continue reading “कैलाली ३ मा नागरिक उन्मुक्तिले लियो अग्रता”

कैलाली १ मा रञ्जिताले मतान्तर बढाउँदै

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले ९२५ मतसहित अग्रस्थानमा छिन्। त्यस्तै दोस्रोमा नेपाली कांग्रेसका रामजनम चौधरीले ५५८ मत ल्याएका छन् भने तेस्रोमा नेकपा एमालेका टपेन्द्र रावलले २०२ मत ल्याएका छन्। Continue reading “कैलाली १ मा रञ्जिताले मतान्तर बढाउँदै”

सप्तरी १ मा नागरिक उन्मुक्तिले कडा टक्कर दिँदै, जनमतभन्दा ३७ मतले पछि

सप्तरीको क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीले कडा चुनौती दिएको छ। १०१५ मत गन्दा जनमत पार्टीका जयकान्त चौधरी २३८ मतसहित अग्रस्थानमा छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका रामदेव साह तेली २१४ मत पाएका छन्। Continue reading “सप्तरी १ मा नागरिक उन्मुक्तिले कडा टक्कर दिँदै, जनमतभन्दा ३७ मतले पछि”

‘नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्यो भने आश्चर्य नमान्नुहोला!’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै एक्जिट पोलहरू सार्वजनिक हुन थालेको छ। विभिन्न सञ्चारमाध्यम र संघसंस्थाहरूले एक्जिट पोल सार्वजनिक गरिरहेका छन्। एक्जिट पोलहरू हेर्दा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको देखिन्छ। Continue reading “‘नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल बन्यो भने आश्चर्य नमान्नुहोला!’”

जेलबाटै मतदान गरेका रेशम भावुक हुँदै भने- युद्ध जितेजस्तै भइरहेको छ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गरेका छन्। डिल्लीबजारस्थित कारागारबाट उनले समानुपातिकतर्फ मतदान गरेका हुन्। निर्वाचन आयोगले कैदीबन्दीहरुलाई कारागारबाटै समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था गरेको थियो। Continue reading “जेलबाटै मतदान गरेका रेशम भावुक हुँदै भने- युद्ध जितेजस्तै भइरहेको छ”

देशभरि उत्साहपूर्ण मतदान हुँदै

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो। मतदानका लागि मतदाताहरू बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेका छन्। Continue reading “देशभरि उत्साहपूर्ण मतदान हुँदै”

मौन अवधिमा के-के गर्न पाइँदैन ?

बिहीबार मध्यरातबाट स्थिर समय (मौन अवधि) सुरु भएको छ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार-प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन। निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ। Continue reading “मौन अवधिमा के-के गर्न पाइँदैन ?”

जेलबाट रेशम चौधरीको अपील- प्रिय मतदाता ! तपाईंहरूले पक्कै मलाई न्याय दिनुहुनेछ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले ढकिया चुनाव चिन्हमा अत्यधिक भोट हाल्न आह्वान गरेका छन्। मौन अवधि सुरु हुनुअघि उनले डिल्लीबजार जेलबाट नागरिक उन्मुक्ति पार्टीलाई विजयी गराउन अपील गरेका हुन्। Continue reading “जेलबाट रेशम चौधरीको अपील- प्रिय मतदाता ! तपाईंहरूले पक्कै मलाई न्याय दिनुहुनेछ”

जनता परिवर्तन चाहिरहेका छन्, मेरो जित सुनिश्चित छ : राधा चौधरी

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार राधा चौधरीले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई बारा क्षेत्र नं १ (१) मा चुनौती दिएका छन्। चार स्वतन्त्र उम्मेदवारसहित ११ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा उनी एक्लै महिला उम्मेदवार छिन्। Continue reading “जनता परिवर्तन चाहिरहेका छन्, मेरो जित सुनिश्चित छ : राधा चौधरी”