माओवादी नेताले दिए रेशम चौधरीविरुद्ध उजुरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीविरुद्ध उजुरी परेको छ। प्रतिनिधिसभातर्फ बर्दिया २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध माओवादी निकट नेताले उजुरी दिएको बताइएको छ। Continue reading “माओवादी नेताले दिए रेशम चौधरीविरुद्ध उजुरी”

विजय गच्छदारविरुद्ध उजुरी

काठमाडौं : सुनसरी-३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। Continue reading “विजय गच्छदारविरुद्ध उजुरी”

नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी

गत स्थानीय तह निर्वाचनमा कैलालीमा दबादबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ । Continue reading “नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी”

बर्दिया २ बाट रेशम चौधरीले दिए उम्मेदवारी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । Continue reading “बर्दिया २ बाट रेशम चौधरीले दिए उम्मेदवारी”

शान्ता चौधरीविरुद्ध गंगा थारूको उम्मेदवारी

केही दिनअघि नेकपा एमाले परित्याग गरेकी गंगा चौधरीले एमालेकी आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। Continue reading “शान्ता चौधरीविरुद्ध गंगा थारूको उम्मेदवारी”

प्रमुख राजनीतिक दलका यी हुन् समानुपातिकतर्फका थारू उम्मेदवारहरू (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले थारु कोटामा पहिलो नम्बरमा पुरुषतर्फ योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीलाई राखेको छ। योगेन्द्र केन्द्रीय सदस्य हुन् भने कल्पना विजयकुमार गच्छदारको बुहारी हुन्।

नेकपा एमालेले समानुपातिकतर्फको थारु कोटामा महिलातर्फ पहिलो नम्बरमा आस्मा कुमारी चौधरी र पुरुषतर्फ सत्यनारायण चौधरीलाई राखेको छ। सत्यनारायण चौधरी प्रत्यक्षतर्फका आकांक्षी भए पनि टिकट मिलाउन उनलाई सामानुपातिकमा ल्याइएको हो।

नेकपा माओवादी केन्द्रबाट थारु कोटातर्फ महिलामा पहिलो नम्बरमा रुपा चौधरीलाई राखेको छ भने पुरुषतर्फ सुनिल कुमार भगतलाई राखेको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले महिलातर्फ ममताकुमारी चौधरी र पुरुषतर्फ नागेन्द्रप्रसाद चौधरीलाई थारु कोटाको पहिलो नम्बरमा राखेको छ। नागेन्द्र चौधरी त्रियुगा नगरपालिकाको निवर्तमान मेयरसमेत हुन्।

जनता समाजवादी पार्टीले थारु कोटाको पहिलो नम्बरमा पुरुषतर्फ चिरन्जीबी राम थारु र महिलातर्फ ललिताकुमारी चौधरीलाई राखेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले थारु कोटातर्फ पहिलो नम्बरमा रेणुकमारी चौधरी महिला र पुरुषतर्फ राजकुमार चौधरीलाई राखेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले थारु कोटाको पहिलो नम्बमार गिरधारीप्रसाद चौधरी र महिलामा शिलाकुमारी थारुलाई राखेको छ।

नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् ६० जना समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ। Continue reading “नागरिक उन्मुक्ति पार्टीबाट यी हुन् ६० जना समानुपातिक उम्मेदवार (सूचीसहित)”

कांग्रेस सांसद पार्वता डीसी थारू नागरिक उन्मुक्तिको समानुपातिक सूचीमा

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ६० जनाको नाम पेस गरेको छ। Continue reading “कांग्रेस सांसद पार्वता डीसी थारू नागरिक उन्मुक्तिको समानुपातिक सूचीमा”

रुक्मिणी चौधरीको पार्टीबाट को-को छन् समानुपातिक उम्मेदवार? (सूचीसहित)

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट समानुपातिक बन्दसूचीमा २० जना रहेका छन्। पहिलो नम्बरमा पासाङ तेम्बा लामा रहेका छन् भने दोस्रो नम्बरमा लाहानुराम चौधरी रहेका छन्। त्यस्तै थारु कोटातर्फ फूलकुमारी मुखिया र सरिता चौधरी रहेका छन्। Continue reading “रुक्मिणी चौधरीको पार्टीबाट को-को छन् समानुपातिक उम्मेदवार? (सूचीसहित)”

नागरिक उन्मुक्तिबाट दाङदेखि कञ्चनपुरसम्मका यी हुन् प्रदेश र संघका उम्मेदवार (सूचीसहित)

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभातर्फको उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कैलाली क्षेत्र नं १ रेशम चौधरी पत्नी एवं अध्यक्ष रञ्जिता श्रेष्ठलाई उठाउने निर्णय गरेको छ भने प्रदेशतर्फ १ (क)मा लक्ष्मण जोगेठ्वा र १ (ख)मा कैलाश चौधरीलाई टिकट दिने निर्णय गरेको छ। Continue reading “नागरिक उन्मुक्तिबाट दाङदेखि कञ्चनपुरसम्मका यी हुन् प्रदेश र संघका उम्मेदवार (सूचीसहित)”