एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १४ जना थारूको नाम पठाउने

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ। Continue reading “एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १४ जना थारूको नाम पठाउने”

थारू बस्तीका बाढी पीडित भन्छन्- खान र बस्न समस्या भयो

कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्। Continue reading “थारू बस्तीका बाढी पीडित भन्छन्- खान र बस्न समस्या भयो”

अभिनेत्री रेखा थापाले मनाइन् जितिया पर्व (फोटो फिचर)

अभनेत्री रेखा थापाले जितिया पर्व मनाएकी छन्। राप्रपाकी नेतृसमेत रहेकी थापाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ का थारु महिलाहरुसँग जितिया मनाएकी हुन्। थाप उक्त क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्। Continue reading “अभिनेत्री रेखा थापाले मनाइन् जितिया पर्व (फोटो फिचर)”

राजकुमार लेखीलाई प्रश्न- एमालेमा गएपछि थरूहटको एजेण्डालाई के गर्नुभयो?

राजकुमार लेखी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रबल उम्मेदवार हुन्। नेकपा एमालेबाट उनी सप्तरी क्षेत्र १ (क)बाट सिफारिससमेत भएका छन्। Continue reading “राजकुमार लेखीलाई प्रश्न- एमालेमा गएपछि थरूहटको एजेण्डालाई के गर्नुभयो?”

जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता

परिचय
जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । Continue reading “जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता”

थारू महिलाले आज जितिया पर्व मनाउँदै

थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ। सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन्। पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन्।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन्। थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताए। उनले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उनले जानकारी दिए।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ। यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ। त्यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताइन्। बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन्। त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उनको भनाइ छ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ। विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौं लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ। कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ‘गरग्वाङ’ बनाएर मासको गेडाले पूजा गर्छन्। खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन्। तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएरमात्र खान्छन्। त्यसलाई ‘पारन’ भनिन्छ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ। हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताइन्। पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।

‘पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ,’ उपप्रमुख चौधरीले भनिन्, ‘यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ।’ पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उनले बताइन्।

जितियामा नवलपरासीदेखि सुनसरीसम्मका पालिकामा सार्वजनिक बिदा

जितियाका अवसरमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।मध्यविन्दु, कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो। Continue reading “जितियामा नवलपरासीदेखि सुनसरीसम्मका पालिकामा सार्वजनिक बिदा”

सरकारको निर्णयलाई थाकसले गर्‍यो स्वागत, धनिराम चौधरीले निकाले पाँच बुँदे विज्ञप्ति

थारू कल्याणकारिणी सभा (थारू)ले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई स्वागत गरेको छ। सभाका सभापति धनिराम चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै धन्यावाद ज्ञापनसमेत गरेका छन्। Continue reading “सरकारको निर्णयलाई थाकसले गर्‍यो स्वागत, धनिराम चौधरीले निकाले पाँच बुँदे विज्ञप्ति”

तस्बिरमा हेर्नुस् कैलालीको भजनीमा बाढीको वितन्डा

सुदूरपश्चिममा भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकामा साढे ६ सय घर डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेका हुन्। Continue reading “तस्बिरमा हेर्नुस् कैलालीको भजनीमा बाढीको वितन्डा”

रेशमलाई सचेत रहन आग्रह गर्दै राजेन्द्र महतोले भने- टीकापुर घटनामा सरकारले फेरि सौदाबाजी गर्‍यो

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले टीकापुर घटनाका आरोपीहरुलाई रिहाइ गर्ने नाममा नयाँ सौदाबाजी गरेको आरोप लगाएका छन्। संसदको अन्तिम बैठकमा उनले रेशम चौधरीलाई सचेत रहन आग्रहसमेत गरे। Continue reading “रेशमलाई सचेत रहन आग्रह गर्दै राजेन्द्र महतोले भने- टीकापुर घटनामा सरकारले फेरि सौदाबाजी गर्‍यो”