गठबन्धनमा तीन थारू नेताको सिट सुनिश्चित, यी नेताहरू ‘डेन्जर जोन’मा

मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ।

सहमतिअनुसार मोरङ ४ मा माओवादी र कांग्रेस दुवैले दाबी गरेका छन्। यो क्षेत्रमा माओवादीका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए। पार्टीभित्र महेश आचार्य पनि राम्रो पोर्टफोलियो नेता भएकाले मोरङ ४ आफूहरुले पाउने दाबी कांग्रेसको छ। यसरी हेर्दा मोदीको क्षेत्र ‘डेन्जर जोन’मा परेको छ। विजय गच्छदारको सुनसरी ३ भने कांग्रेसले पाउन मोटामोटी सहमति भएको छ।

अघिल्लो निर्वाचनमा विजयी भएका तेजुलालको क्षेत्र भने कांग्रेसले लिने सहमति भएको छ। सप्तरी ४ मा मोटामोटी सहमति भएको ती नेताको दाबी छ। तेजुलाल अहिले पनि उक्त क्षेत्रका लागि आकांक्षी छन्।
त्यस्तै खानेपानी मन्त्रीको निर्वाचन क्षेत्र बारा १ पनि कांग्रेसले लिने सहमति भएको छ। तर पर्साका नेता सुरेन्द्र चौधरीको क्षेत्रमा जसपाले दाबी गरेको छ। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपाका उम्मेदवार विजयी भएका थिए।

त्यस्तै दाङ १ एकीकृत समाजवादीलाई दिने सहमति भएको छ। उक्त क्षेत्रमा कांग्रेसका योगेन्द्र चौधरी आकांक्षी छन्। दाङमा कांग्रेसको भागमा क्षेत्र ३ परेको छ।

त्यस्तै बर्दियाको १ कांग्रेसको भागमा पर्दा क्षेत्र २ माओवादीलाई दिने सहमति जुटेको छ। उक्त क्षेत्रमा माओवादीका सन्तकुमार चौधरी प्रबल आकांक्षी छन्। तीनपटकसम्म विजयी भएका उनी चौथोपटक विजयी हुने तयारीमा जुटेका छन्। सोही क्षेत्रका कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित सिफारिसमा समेत परेका छैनन्।

त्यस्तै कैलालीको क्षेत्र ५ कांग्रेसलाई दिने सहमति भएको छ। उक्त क्षेत्रबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले उम्मेदवारी दिने बताइएको छ। बाँकी क्षेत्रमा सहमति नजुटे पनि कैलाली १ र ३ मा कांग्रेस र माओवादी दुबैको दाबी छ भने २ र ४ मा एकीकृत समाजवादीले दाबी गरेका छन्।

क्षे ३ मा माओवादी जितेका कारण आफूहरुले पाउने दाबी गरेका छन्। त्यही भएर पनि सोही क्षेत्रका थारु नेता रामजनम चौधरी क्षेत्र १ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उक्त क्षेत्र रेशम चौधरीको क्षेत्र पनि हो। नागरिक उन्मुक्ति पार्टीबाट सो क्षेत्रमा रेशम पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्।

कांग्रेसका थारू नेतालाई समानुपातिक उम्मेदवार बन्न यस्ता छन् मापदण्ड

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको बैठकले चार वटा मापदण्ड तयार पारेको हो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने मापदण्ड तय गरिएको छ। Continue reading “कांग्रेसका थारू नेतालाई समानुपातिक उम्मेदवार बन्न यस्ता छन् मापदण्ड”

खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। Continue reading “खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित”

बाराको थारू छात्राबासमा गैर विद्यार्थीको बास, अनियमितता आशंकापछि भवनमा तालाबन्दी

थारू कल्याणकारीणी सभा (थाकस) बारामा तालाबन्दी गरिएको छ। पदाधिकारीहरुले अनियमितता गरेको भन्दै थारू समुदायका अगुवाहरुले कलैयास्थित थाकसको भवनमा तालाबन्दी गरेका हुन्। Continue reading “बाराको थारू छात्राबासमा गैर विद्यार्थीको बास, अनियमितता आशंकापछि भवनमा तालाबन्दी”

जेलमा भोटको हिसाब गर्दै रेशम चौधरी, यी हुन विजय सुनिश्चित दाबी गरिएका क्षेत्र (डकुमेन्टसहित)

डिल्लीबजारस्थित सदर जेलमा रहेका रेशम चौधरीको दिनचर्या यतिबेला नेता-कार्यकर्ताहरुलाई भेट्दै बित्छ। नेता-कार्यकर्ताहरुले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नेदेखि टिकटका लागिसमेत जेल आउने गरेको उनी बताउँछन्। Continue reading “जेलमा भोटको हिसाब गर्दै रेशम चौधरी, यी हुन विजय सुनिश्चित दाबी गरिएका क्षेत्र (डकुमेन्टसहित)”

यसपटक समानुपातिकबाट कम्तिमा संघमा ७ र प्रदेशमा १४ जना थारू सांसद चुनिने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्दैछन्। त्यसका लागि निर्वाचनमा भाग सहभागी हुने दलहरुले धमाधम समानुपातिक सिफारिस माग गरिरहेका छन्। Continue reading “यसपटक समानुपातिकबाट कम्तिमा संघमा ७ र प्रदेशमा १४ जना थारू सांसद चुनिने”

लोप हुँदै रानाथारुको पहिचान

खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो । आजभोलि यस्ता घर कमै देख्न पाइन्छ । बद्लिँदो परिवेशसँगै पक्की घर निर्मार्ण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु समेत हराउँदै गएका छन् । Continue reading “लोप हुँदै रानाथारुको पहिचान”

पत्नी र बुहारीका लागि देउवा र प्रचण्डको रेशम चौधरीसँग बार्गेनिङ

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको चर्चा यतिबेला देशभरि छ। स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिका जित्दै ठूलो दल बनेपछि आम निर्वाचनमा यो पार्टीले कस्तो मतपरिणाम ल्याउँला भन्ने चर्चा सर्वत्र रहेको छ। Continue reading “पत्नी र बुहारीका लागि देउवा र प्रचण्डको रेशम चौधरीसँग बार्गेनिङ”

ललिता थरुनीले जन्माइन् तिम्ल्याहा

वीरगन्जकाे प्रभु हस्पिटलमा एक महिलाले तीन जना शिशुको जन्म दिएकी छन्। पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नी ललिता देवी थरुनीले ३ जना बच्चाको जन्म दिएकी अस्पतालले जनाएको छ। Continue reading “ललिता थरुनीले जन्माइन् तिम्ल्याहा”

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारू

चौथो संस्करणको मिस्टर एण्ड मिस थारूको उपाधि बर्दियाका लालबहादुर रत्गैँया र अस्मिता चौधरीले जितेका छन्।
शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन्। उनले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन्। Continue reading “लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारू”