राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन नगरे फेरि अशान्ति हुनसक्छ : अमनलाल मोदी

नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद अमनलाल मोदीले राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन गर्न आग्रह गरेका छन्। संसदको विशेष समयमा बोल्दै उनले थारुहरुले कहिलेसम्म आन्दोलन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए। Continue reading “राजनीतिक मुद्दाहरु ठीक तरिकाले निरुपन नगरे फेरि अशान्ति हुनसक्छ : अमनलाल मोदी”

प्रदेश १ को नाम ‘थरुहट कोचिला’ राख्न माग

प्रदेश सभाको अगाडि थरुहट कोचिला संयुक्त सघर्ष समितिले प्रदर्शन गरेको छ। प्रदेशसभाको चालु वर्षे अधिवेशनको बैठक चलिरहेको बेला संघर्ष समितिले प्रदेश १ को नाम पहिचान झल्किने गरी थरुहट कोचिला राख्नुपर्ने माग गर्दे प्रदर्शन गरेको हो। Continue reading “प्रदेश १ को नाम ‘थरुहट कोचिला’ राख्न माग”

थारु कोटा लागू भएको भए ३ हजार बढी थारुहरुले सरकारी जागिर खाइरहेका हुन्थे (भिडियो अन्तर्वार्ता)

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको थारु कोटासम्बन्धी रिटमाथि भोलि (बुधबार) पूर्ण सुनुवाई हुँदैछ। यो मुदालाई नजिकबाट नियालिरहेका थारु बुद्धिजीबी कुछत नारायण चौधरीसँग थारुवान डटकमले यसै विषयसँग केन्द्रित रहेर कुराकानी गेरको छ। Continue reading “थारु कोटा लागू भएको भए ३ हजार बढी थारुहरुले सरकारी जागिर खाइरहेका हुन्थे (भिडियो अन्तर्वार्ता)”

गुरही पर्वबारे यस्ता छन् कथा-किम्बदन्ती

लबहादुर चोधरी
कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् ।फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरिया (गुरही) पर्वको बारेमा पनि केहि रोचक प्रसङ्ग छ । Continue reading “गुरही पर्वबारे यस्ता छन् कथा-किम्बदन्ती”

चितवनका वीरेन्द्र महतोलाई ११ सय अमेरिकी डलरको अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार

कारी महतो

माडी नगरपालिका वडा नं. ३, रतनी धोबहास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतो अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन्। Continue reading “चितवनका वीरेन्द्र महतोलाई ११ सय अमेरिकी डलरको अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार”

थारु बस्तीमा धर्म परिवर्तनको चलखेल रोक्न आयोगलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले थारू बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा अनुसन्धान गर्न थारू आयोगलाई निर्देशन दिएको छ। Continue reading “थारु बस्तीमा धर्म परिवर्तनको चलखेल रोक्न आयोगलाई संसदीय समितिको निर्देशन”

‘थारु कोटासम्बन्धी मुद्दा लड्न थाकसलाई आर्थिक सहयोग गरौं’

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले आर्थिक सहयोगको अपील गरेको छ। थारु कोटासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक रकम जुटाउन सभाले आर्थिक सहयोगको अपील गरेको हो। Continue reading “‘थारु कोटासम्बन्धी मुद्दा लड्न थाकसलाई आर्थिक सहयोग गरौं’”

काठमाडौंमा मंगलबार गुरही पर्व मनाइने

काठमाडौंमा बस्ने थारुहरुले मंगलबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारु संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए। Continue reading “काठमाडौंमा मंगलबार गुरही पर्व मनाइने”

थारु पत्रकार संघले गर्‍यो रिक्त पदमा मनोनीत र प्रवास समन्वय समिति गठन

थारु पत्रकार संघ नेपालले रिक्त रहेको उपाध्यक्ष र केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ। शनिबार काठमाडौंमा बसेको संघ पूर्ण केन्द्रीय समिति बैठकले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चौधरी, कर्णाली प्रदेश उपाध्यक्षमा मानबहादुर पन्ना र गण्डकी प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको हो। Continue reading “थारु पत्रकार संघले गर्‍यो रिक्त पदमा मनोनीत र प्रवास समन्वय समिति गठन”

रेशम चौधरी पहिलो, भानुराम दोस्रो र रुक्मिणीको पार्टीले ल्यायो ४२४ मत

स्थानीय तह निर्वाचनमा रेशम चौधरी नेतृत्वको पार्टीले ३१ हजार २९ मत ल्याएको छ। कैलाली, बर्दिया र अन्य जिल्लाका केही पालिकामा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले कूल खसेको मतको ०.२७ प्रतिशत मत ल्याएको हो। Continue reading “रेशम चौधरी पहिलो, भानुराम दोस्रो र रुक्मिणीको पार्टीले ल्यायो ४२४ मत”