मानव विकास सूचकांकमा थारुहरु धेरै पछि छन् : थारु आयोगका अध्यक्ष चौधरी

थारु आयोगका अध्यक्ष विष्णु चौधरीले मानव विकास सूचकांकमा थारुहरु धेरै पछि रहेको बताएका छन्। शुक्रबार नेपाल चौतारी कार्यक्रममा बोल्दै उनले थारुहरु तराईको ग्रामिण क्षेत्रमा बसोबास गर्ने र ग्रामिण क्षेत्रहरु अझै सूचाकांकमा धेरै पछि रहेको तथ्य स्पष्ट पारे। Continue reading “मानव विकास सूचकांकमा थारुहरु धेरै पछि छन् : थारु आयोगका अध्यक्ष चौधरी”

बर्दिया घटनामा गृह मन्त्रालयको निष्कर्ष- परिस्थिति सिर्जना भएर गोली चल्दा नविना चौधरीको मृत्यु

बर्दियाको मधुवन नगरपालिका-२ मा प्रहरीले चलाएको गोली लागेर नविना चौधरीको मृत्यु भएको घटना छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। Continue reading “बर्दिया घटनामा गृह मन्त्रालयको निष्कर्ष- परिस्थिति सिर्जना भएर गोली चल्दा नविना चौधरीको मृत्यु”

थारुलाई नै किन हुन्छ सिकलसेल ?

शंकरप्रसाद खनाल/अन्नपूर्ण पोस्ट्

बर्दिया राजापुरका २४ वर्षका रमेश थारू र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन) बीच गत वैशाखमा विवाहको कुरो चल्यो। तर, निचोडमा पुग्न पढाइ, धनसम्पत्ति, पारिवारिक स्थिति, आनीबानीभन्दा पनि सिकलसेल/थालेसिमिया रोग भए/नभएको कुरालाई आधार बनाइयो। त्यसपछि भेरी अस्पताल नेपालगन्जमा आएर रगत परीक्षण गराए। Continue reading “थारुलाई नै किन हुन्छ सिकलसेल ?”

गाउँपालिका अध्यक्ष थारुको गाडी जब छोराले तोडफोड गरे

मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोराले गाउँपालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका छन्। कांग्रेसबाट निर्वाचित आफ्ना बुबाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई Continue reading “गाउँपालिका अध्यक्ष थारुको गाडी जब छोराले तोडफोड गरे”

कांग्रेसले बर्दिया जिससमा थारुलाई किन दिएन प्रमुख वा उपप्रमुखको टिकेट?

जिल्ला समन्वय समितिमा पनि नेपाली कांग्रेसले थारुमाथि विभेद् गरेको नेताहरुले बताएका छन्। थारु बाहुल्य जिल्ला रहेको बर्दियामा कांग्रेसको जिल्ला संसदीय समितिको बैठकमा थारुहरुले जिससमा थारु उम्मेदवारलाई अघि सार्ने दबाब दिएका थिए। Continue reading “कांग्रेसले बर्दिया जिससमा थारुलाई किन दिएन प्रमुख वा उपप्रमुखको टिकेट?”

रेशम चौधरीको कविता- बाबु नविना !

रेशम चौधरी

ना देख्नु, ना द्‍याखपैम
तभुफे सदा रहि सम्झना
सक्कुनके मानसपटलमे अइटिरहबो
थारुनके विराङगना, बाबु नविना, बाबु नविना

टुँ मुना कौनो संजोग नैरह
टुँहिन लैजैन बौखा, बहिया, भुँइचाल नैरह
दोष एक्कठो हो बाबु टुँहार
अँग्नम खेल्ना भटिज्वा भटिज्यन गिडार नालैजाइट्
बारी हेर्ना बाज्या बुडिन हाँथी गैँडा नामारडिहट्
काठी कर्ना काकी हुँकन बाघ भल्वा ना नलिडिहट्
एक्कदिन पहिल ट हो
खेट्‍वम काम करतिकरति बघ्वा टुँहार भौजिह खाडिहल्
भौजिक वियोगम सारा गाउँक मनै सर्कम अइलो
नारा लगैलो, जिन्दावाद, मुर्दावाद कलो
ना नेतन गर्यइलो, ना सरकारह गर्यइलो
ना देश मँगलो, ना प्रदेश मँग्लो
केवल सरकारसे,
बन्वक किनारम बैठना नागरिकन्के आवाज सुन्देउ कलो
अत्रह हो टुँहार दोष बाबु
यिहाँ ट मनै बन्क जिय पाइपरल केल कह परट्
गोली चल्जाइठ

हाँ टुँहार दोष अत्रह हो बाबु,
नारा लगैना भिड्म औरजहनसे टुँहार बोली टौगर रह
उह टौगर बोली सुन्क
टुँहार उप्पर गोली चलल् बाबु,
तभ्भुफे भलभल रगत बहटी
गोली लागन् छात्ति पकरक् टुँ चिच्यइलो
नागरिक उन्मुक्ति- जिन्दावाद
हमार ज्यानके- सुरक्षा डेउ
हमार पीडा- सुन सरकार
गासबासके- ज्ञारेन्टी कर

बाबु नविना
मै चाहकफे टुँहिन भ्याँट नैपैम्
सँगसँग नारा लगाय नैपैम
ढक्यम भोट डार जाइ बाबु कह नैपैम

तर बाबु, टुँहार डाडु जेलम रलसेफे आमहिन् जिट्टी बा
टुँ सहीद हुइल सुन्क, मै फे जेलम खटलपाट लिहलबाँटु बाबु
टुँ जहाँ रलसेफे, जहोँर रलसेफे
म्वार होरसे चीर शान्तिके कामना
टुँहार हरेक सपना पूरा कर्ना
संकल्प लिहलबाटुँ नविना
गुरबाबा, म्वार खटलपाटके संकल्प जरुर बुझहिँ
टुँहार सपना घोरा, मैँया, पूर्वी, धमरज्वा, जरुर पूरा करहिँ
यिह भुंखन लेटी टौलैटी रठुँ
टुँहार यादम् रातदिन मन डोलैटी रठुँ
सड्ड सड्ड भुंखन लग्टि रहठ्
ना देख्नु, ना द्‍याख पैम
तभुफे रहि सदा सम्झना
सक्कुनके मानसपटलमे अइटिरहहो
थारुनके विराङगाना, बाबु नविना, बाबु नविना

टुँहार डाडु रेशम
डिल्ली बजार, जेल, काठमाडौं 

प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको बुबा-आमासँग नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ।

बर्दिया कांग्रेसमा थारु उम्मेदवारमाथि गरिएको अन्तर्घातको कथा

स्थानीय तह निर्वाचनमा बर्दियाका नेपाली कांग्रेसभित्रका थारुहरुमाथि भएको अन्तर्घातका बहसहरु सामाजिक सञ्जालमा देखिन थालेका छन्। कांग्रेसका थारु नेता-कार्यकर्ताहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन्। Continue reading “बर्दिया कांग्रेसमा थारु उम्मेदवारमाथि गरिएको अन्तर्घातको कथा”

युवा नेता अरुण चौधरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीबाट आएका अरुण कुमार चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकी हुन्। त्यसका साथै अरुणलाई सुदूरपश्चिम प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत तोकिएको छ। Continue reading “युवा नेता अरुण चौधरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्यमा मनोनीत”

स्थानीय तहमा पनि सिकलसेलको उपचारको माग

थारु समुदायमा मात्रै देखिएको सिकलसेल एनेमीयाको उपचार स्थानीयतहका अस्पतालहरुमा पनि हुनुपर्ने माग गरिएको छ। १३ औं सिकलसेल दिवशका अवसरमा आइतबार धनगढीमा आयोजना भएको कार्यक्रममा यस्तो माग गरिएको हो। Continue reading “स्थानीय तहमा पनि सिकलसेलको उपचारको माग”

राठौरको ठाडो हस्तक्षेपमा संसदीय समितिको निर्णय उल्टाएर जिससको सूचीबाट थारुको नाम हटाइयो

कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरको ठाडो हस्तक्षेपमा बर्दियाको जिल्ला समन्वय समितिमा जानबाट एक जना थारु वञ्चित भएका छन्। बाँसगढी वडा ९ बाट खुला सदस्यमा निर्वाचित मणिराम थारुलाई राठौरकै निर्देशनमा जिससको सूचीबाट नाम हटाइएको हो। Continue reading “राठौरको ठाडो हस्तक्षेपमा संसदीय समितिको निर्णय उल्टाएर जिससको सूचीबाट थारुको नाम हटाइयो”