प्रहरीको गोलीबाट नविना चौधरीको मृत्यु, अन्यलाई पनि गोली लागेको स्थानीयको दाबी

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन-२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ। काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ। Continue reading “प्रहरीको गोलीबाट नविना चौधरीको मृत्यु, अन्यलाई पनि गोली लागेको स्थानीयको दाबी”

बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिए बर्दियाका थारु, झडपमा १८ वर्षीया नविना चौधरीको मृत्यु

बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र सडक संघर्षमा उत्रिएका समुदायबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ। झडपका क्रममा २० जना घाइते भएका छन्। घटनास्थलबाट बर्दिया अस्पताल गुलरियामा Continue reading “बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिए बर्दियाका थारु, झडपमा १८ वर्षीया नविना चौधरीको मृत्यु”

दुई दिन विदा हुने निर्णय खारेज, अब आइतबार विदा नहुने

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो। त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ। अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो। कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो।

पुरुष पनि पीडित हुन्छन्, उनीहरुको पीडा हेरेर कानुन निर्माण गरौं : गंगा चौधरी सत्गौंवा

बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । बहसका क्रममा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । Continue reading “पुरुष पनि पीडित हुन्छन्, उनीहरुको पीडा हेरेर कानुन निर्माण गरौं : गंगा चौधरी सत्गौंवा”

जन्मदिनमा बोलाएर किशोरीमाथि सामूहिक बलात्कार, हेमराज थारुसहित ७ जना पक्राउ

बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन भन्दै बोलाएका थिए। जन्मदिन भनेपछि भेट्न आएकी किशोरीलाई हेमराजलगायत सात जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए। Continue reading “जन्मदिनमा बोलाएर किशोरीमाथि सामूहिक बलात्कार, हेमराज थारुसहित ७ जना पक्राउ”

यो देशको प्रधानमन्त्री बन्ने लक्ष्य राखेका मेटमणि चौधरी को हुन्?

दाङ प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सदस्य मेटमणी चौधरी वि.सं २०२९ चैत १० गते जन्मिए आमा शिवरात्री चौधरी र भगवती प्रसाद चौधरीको कोखबाट। जग्गा जमिन गाउँका अन्यको तुलनामा राम्रै थियो, त्यसैले एसएलसीसम्मको पढाइममा अफ्ठ्याराहरु आएनन्। Continue reading “यो देशको प्रधानमन्त्री बन्ने लक्ष्य राखेका मेटमणि चौधरी को हुन्?”

पुरुषलाई मात्रै मन्त्री बनाएको भन्दै सांसद चौधरीको आपत्ति

नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले पुरुषलाई मात्र मन्त्री सिफारिस गरेकोमा आपत्ति जनाएका छन्। उनले महिलाहरुलाई मन्त्रीमा सिफारिस नगरेको भन्दै आपत्ति जनाएकी हुन्। उनले भूगोल र समावेशिता समेत नमिलाएको भन्दै शीर्ष नेतृत्वको आलोचना गरेकी हुन्। Continue reading “पुरुषलाई मात्रै मन्त्री बनाएको भन्दै सांसद चौधरीको आपत्ति”

सुदूरपश्चिम प्रदेशमा माघीको दुई दिन र अटवारीमा कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक विदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। Continue reading “सुदूरपश्चिम प्रदेशमा माघीको दुई दिन र अटवारीमा कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा”

कैलाली जिससमा कांग्रेस भर्सेस नागरिक उन्मुक्ति पार्टी

कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। उनी जानकी गाउँपालिका वडा ६ का निर्वाचित वडाध्यक्षसमेत हुन्। उनका प्रतिद्वन्द्वीका रुपमा नेपालीका कांग्रेसबाट पदमबहादुर कलेलले उम्मेदवारी दिएका छन्। Continue reading “कैलाली जिससमा कांग्रेस भर्सेस नागरिक उन्मुक्ति पार्टी”

किन लेखे रेशम चौधरीले देवीसरा बादीको बायोग्राफी ?

कृष्णराज सर्वहारी

कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए । Continue reading “किन लेखे रेशम चौधरीले देवीसरा बादीको बायोग्राफी ?”