अब ६८ वर्ष पुगेपछि वृद्धभत्ता पाउने

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ। अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको Continue reading “अब ६८ वर्ष पुगेपछि वृद्धभत्ता पाउने”

जसपाबाट सन्तलाल चौधरी बने गुजराका मेयर

रौतहटको गुजरा नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सन्तलाल चौधरी ५ हजार १ सय ४३ मतका साथ विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । Continue reading “जसपाबाट सन्तलाल चौधरी बने गुजराका मेयर”

पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० रुपैँया पुग्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैँयाका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैँया तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैँया पर्ने भएको छ। Continue reading “पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० रुपैँया पुग्यो”

नागरिक उन्मुक्ति पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट कैलाली जिल्लामा ९९ जना निर्वाचित भएका छन्। तीमध्ये चार पालिका प्रमुख र तीनटामा उपप्रमुख समेत रहेका छन्। सबैभन्दा धेरै जानकी गाउँपालिकामा निर्वाचित भएका छन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित”

थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ७२ जना निर्वाचित, कांग्रेस-एमालेपछि नागरिक उन्मुक्ति पार्टी बन्यो तेस्रो शक्ति

स्थानी तह निर्वाचनमा थारु समुदायबाट २८ जना पालिका प्रमुख बनेका छन्। जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट १४, एमालेबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ४ र माओवादीबाट ३ जना निर्वाचित भएका छन्। यसरी हेर्दा नागरिक उन्मुक्ति पार्टी थारु समुदायमा तेस्रो ठूलो पार्टी बनेको छ। Continue reading “थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ७२ जना निर्वाचित, कांग्रेस-एमालेपछि नागरिक उन्मुक्ति पार्टी बन्यो तेस्रो शक्ति”

इटहरी र धनगढी उपमहानगरपालिकामा थारु महिला उपप्रमुखमा निर्वाचित

इटहरी र धनगढी उपमहानगरपालिकामा थारु समुदायकी महिला उपप्रमुखमा निर्वाचित भएकी छन्। इटहरीमा संगीताकुमारी चौधरी ३२ हजार ४३६ मत ल्याउँदै निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८०३१ मत पाए। Continue reading “इटहरी र धनगढी उपमहानगरपालिकामा थारु महिला उपप्रमुखमा निर्वाचित”

टीकापुरका थारुहरुको भावना विपरीत लक्ष्मण थारुले स्टाट्स लेखे, तुरुन्त सच्याइयोस् : सुरेन्द्र चौधरी

थारु अभियन्ता सुरेन्द्र चौधरीले थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। कैलाली जनताले नागरिक उन्मुक्ति पार्टीलाई दिएको अभिमतविरुद्ध उनले सामाजिक सञ्जालमा आफ्नो भनाइ उल्लेख गरेका छन्। Continue reading “टीकापुरका थारुहरुको भावना विपरीत लक्ष्मण थारुले स्टाट्स लेखे, तुरुन्त सच्याइयोस् : सुरेन्द्र चौधरी”

बाराको कोल्हबीमा रामप्रसाद चौधरी र लक्ष्मी चौधरी निर्वाचित

बारामा सुजता चौधरी र उनको नाबालिक छोराछोरीको हत्या https://www.tharuwannews.com/2022/10/12/128083/

बाराको कोल्हबी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार रामप्रसाद चौधरी ९ हजार १०५ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भरतबहादुर भणडारीले ८ हजार ३०७ मत पाए। Continue reading “बाराको कोल्हबीमा रामप्रसाद चौधरी र लक्ष्मी चौधरी निर्वाचित”

सप्तरीको पहिलो महिला प्रमुख बनिन् गीता चौधरी

सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन्।

यसपटक थारु समुदायबाट दुई जना महिना नगर प्रमुखमा निर्वाचित भएका छन्। यसअघि नेकपा एमालेकाबाट ताराकाजी महतो थारु चितवनको माडी नगरपालिकामा निर्वाचित भएकी थिइन्।

तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।

टीकापुरमा रेशम चौधरीको पार्टी विजयी, रामलाल डंगौरा थारु मेयरमा निर्वाचित

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो। Continue reading “टीकापुरमा रेशम चौधरीको पार्टी विजयी, रामलाल डंगौरा थारु मेयरमा निर्वाचित”