रामजनम र जनकराज चौधरीको गृहपालिका जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

कांग्रेसका दुई थारु नेता रामजन चौधरी र जनकराज चौधरीको गृह पालिका जोशीपुरमा रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी सुरुवात गरेको छ। गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन्। उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत ल्याए। नागरिक उन्मुक्तिले वडा नं. १, ३, ४ र ५ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ। वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं. ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन्।

त्यस्तै वडा नं. २ मा भने जसपाका विष्णुप्रसाद डगौरा, वडा नं. ६ मा माओवादी केन्द्रका भोजराज डगौरा र वडा नं. ७ मा नेकपा एमालेका बमबहादुर शाह विजयी भएका छन्। जोशीपुर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो। यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा जितेको थियो।

कैलारीमा रामसमझ चौधरी र भगवती चौधरी निर्वाचित

सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन्। Continue reading “कैलारीमा रामसमझ चौधरी र भगवती चौधरी निर्वाचित”

घोराही उपमहानगरपालिकामा पुनः नरुलाल चौधरी निर्वाचित

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र शर्माले २६ हजार ३६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपमेयरमा एमालेकी डिसीले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतान्तरले पराजित गरेकी छिन्। डिसीले ३० हजार ४०३ मत र डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्।

यसैगरी उपमहानगरको १९ वटा वडामध्ये एमाले १३ वटा वडामा विजयी भएको छ। यसअघि एमालले १० वटा वडामा मात्र विजयी भएको थियो। अहिले एमालेले वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १३, १७ र १८ मा विजयी हासिल गरेको छ।

को हुन् नरुलाल?

१२ वर्षकै उमेरमा अनेरास्ववियूबाट विद्यार्थी राजनीति शुरु गरेका चौधरी २०२४ वैशाख ३ हालको घोराही -२ मा जन्मिएका हुन्। उनी विलराम र मन्धरी चौधरीका कान्छा छोरा हुन्।

उनी नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्ष समेत भएका थिए। २०६९ सालमा एमाले दाङको अध्यक्षमा निर्वाचित भएका थिए।

सामान्य किसान परिवारमा हुर्केका चौधरी अहिले एमालेको पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन्। व्यवस्थान र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी राजनीतिक र व्यवस्थानमा अब्बल र चत्तुर नेताका रुपमा चिनिन्छन्।

कम बोल्ने, सरल स्वाभाव, मिजासिला, बौद्धिक र मिहिनती नेताको रुपमा चौधरीको परिचय बनेको छ। उनी सफल व्यवसायी समेत हुन्। चौधरीले राजनीति सँगसँगै माहुरी र कुखुरापालन समेत गर्दै आएका छन्। उनले कुखुरा पालक किसानहरुको संगठनको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। कुखुरा पालन गर्नु अगाडि तरकारी खेती गर्दै आएका थिए।

रेडियो नेपाल सुर्खेतमा काम गर्दागर्दै पार्टीले २०५४ सालमा स्थानीय निकायको चुनावमा गाविसको अध्यक्षको टिकट दिएपछि उनले रेडियो जागिरबाट राजीनामा दिएर चुनाव लड्न दाङ फर्केका थिए। चुनावमा उनी तत्कालीन रामपुर गाविसको अध्यक्षमा सर्वाधिक मतले निर्वाचित भएका थिए।

चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा सर्वाधिक मतले विजयी भएका थिए।

सक्रिय राजनीतिमा आउन अगाडि उनले रेडियो नेपाल सुर्खेतमा थारू भाषाको सामाचार वाचकको रुपमा काम गरेका थिए। यसैगरी दुई वर्षसम्म आफने घर नजिकै रहेको जनता मावि बुकामा शिक्षकको रुपमा समेत काम गरेका गरेका थिए।

पटेर्वा सुगौलीमा दिनेशकुमार चौधरी र ममता महतो निर्वाचित

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेशकुमार चौधरी ५ हजार १४४ मतका साथ विजयी भएका छन्। उनी निकटतम प्रतिद्वन्द्वीसित १२ सय मत अन्तरले विजयी भएका हुन्। Continue reading “पटेर्वा सुगौलीमा दिनेशकुमार चौधरी र ममता महतो निर्वाचित”

रेशमको पार्टीलाई फटाहा भन्ने जनकराज चौधरीको वडामा नागरिक उन्मुुक्ति पार्टी विजयी

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभाति एवं पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ। सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले कांग्रेस उम्मेदवारलाई २२६ मतान्तरले पराजित गर्दै ८०३ मत प्राप्त गरे। Continue reading “रेशमको पार्टीलाई फटाहा भन्ने जनकराज चौधरीको वडामा नागरिक उन्मुुक्ति पार्टी विजयी”

सरावल गाउँपालिकामा सुखाडीप्रसाद चौधरी निर्वाचित

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन् । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । Continue reading “सरावल गाउँपालिकामा सुखाडीप्रसाद चौधरी निर्वाचित”

बाँकेको डुडुवामा नरेन्द्र चौधरी निर्वाचित

बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन्। अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। Continue reading “बाँकेको डुडुवामा नरेन्द्र चौधरी निर्वाचित”

हालसम्म थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ५९ जना निर्वाचित (सूचीसहित)

स्थानीय तह निर्वाचनमा हालसम्म थारु समुदायबाट एक महिलासहित २५ जना पालिका प्रमुखमा निर्वाचित भएका छन्। जसमध्ये कांग्रेसबाट १२, एमालेबाट ७, माओवादीबाट ३ र नागरिक उन्मुक्ति पार्टीबाट ३ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमुखमा एक पुरुषसहित ३४ जना निर्वाचित भएका छन्। Continue reading “हालसम्म थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ५९ जना निर्वाचित (सूचीसहित)”

पर्साको जिराभवानी अध्यक्षमा ३२ वर्षीय युवा अनोज चौधरी निर्वाचित

पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका ३२ वर्षीय अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। Continue reading “पर्साको जिराभवानी अध्यक्षमा ३२ वर्षीय युवा अनोज चौधरी निर्वाचित”

मोरङको कटहरीमा देवराज चौधरी निर्वाचित

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसले निरन्तरता पाएको हो । एमालेका उम्मेदवार शुभाषकुमार सरदारलाई ९ सय ८३ मतान्तरले पछि पार्दै चाैधरी अध्यक्षमा निर्वाचित भएका हुन् । Continue reading “मोरङको कटहरीमा देवराज चौधरी निर्वाचित”