अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको बर्दियाको बारबर्दिया नगरपालिकामा यसपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयर र उपमेयर दुबै पद कांग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ। Continue reading “माओवादी गढमा कांग्रेसका छबिलाल थारु मेयरमा निर्वाचित”
Author: Madan Kumar
कञ्चनपुरमा दुई पालिका अध्यक्षमा राना थारुका उम्मेदवार विजयी
कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरे। Continue reading “कञ्चनपुरमा दुई पालिका अध्यक्षमा राना थारुका उम्मेदवार विजयी”
थारु नेताले खोले खाता, सर्लाहीको हरिपुरमा कांग्रेसका गोपाल पजियार निर्वाचित
सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पजियार निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पजियार विजयी भएका हुन्। उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए। Continue reading “थारु नेताले खोले खाता, सर्लाहीको हरिपुरमा कांग्रेसका गोपाल पजियार निर्वाचित”
हालसम्म थारु उम्मेदवारले जिते ५० बढी वडा, बढी कांग्रेसका (सूचीसहित)
कञ्चनपुरको बेलौरीमा ३ वटा वडाअध्यक्षमा थारु उम्मेदवार निर्वाचित भएका छन्। वडा २ मा एमालेका कलवीर चौधरी १०३२ मत ल्याइ निर्वाचित भएका छन्। वडा ९ मा राना थारु समुदायबाट नेपाली कांग्रेसका किसन सिंह राना ६८० मत ल्याइ निर्वाचित भएका छन्। वडा १० मा भने माओवादीका सोमलाल चौधरी १११६ मत ल्याई निर्वाचित भएका छन्। Continue reading “हालसम्म थारु उम्मेदवारले जिते ५० बढी वडा, बढी कांग्रेसका (सूचीसहित)”
टीकापुरमा रेशम चौधरीको पार्टीको अर्को जित, वडा ४ मा लालवीर चौधरीको प्यानल विजयी
टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीले अर्को जित निकालेको छ। वडा ४ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालवीर चौधरीको प्यानल विजयी भएको छ। लालवीरले १२३० मत प्राप्त गरी विजयी भएका हुन्। Continue reading “टीकापुरमा रेशम चौधरीको पार्टीको अर्को जित, वडा ४ मा लालवीर चौधरीको प्यानल विजयी”
रेशम चौधरीको पार्टीले टीकापुरमा अग्रता बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम
टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले २४३७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज रावलले १४६९ मत पाएका छन् भने एमालेका श्याम खत्रीले ९१७ मत पाएका छन्। Continue reading “रेशम चौधरीको पार्टीले टीकापुरमा अग्रता बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम”
रेशम चौधरीको पार्टीले जोशीपुरमा पनि खाता खोल्यो, वडा १ मा रामचन्द्र चौधरीको प्यानल विजयी
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले जोशीपुरमा पनि खाता खोलेको छ। वडा १ मा नागरिक उन्मुक्ति पार्टीबाट रामचन्द्र चौधरीको प्यानल नै विजयी भएको छ। रामचन्द्रले ७७३ मत पाउँदा उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फुलराम डंगौराले ४७१ मत पाए भने नेकपा एमालेका पुरन लाल डंगौराले ३११ मत पाए। Continue reading “रेशम चौधरीको पार्टीले जोशीपुरमा पनि खाता खोल्यो, वडा १ मा रामचन्द्र चौधरीको प्यानल विजयी”
सप्तरीको सुरुङ्गामा कांग्रेसकी गीता चौधरीले अग्रता
सप्तरीको सुरुङ्गा नगरपालिकामा कांग्रेसकी गीता चौधरीले अग्रता लिएकी छन्। उनले ७६७ मतका साथ अगाडि छिन्। उनका नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ७३४ मत ल्याएका छन्। Continue reading “सप्तरीको सुरुङ्गामा कांग्रेसकी गीता चौधरीले अग्रता”
देशभरि २९ पालिकामा थारु उम्मेदवारले लिँदैछन् अग्रता (सूचीसहित)
देशभरि थारु समुदाय २९ जना उम्मेदवारले पालिका प्रमुखमा अग्रता लिएका छन्। तीमध्ये सबैभन्दा धेरै कांग्रेसबाट ११ पालिकामा अग्रता लिएको छ भने एमालेबाट १० र जसपा र रेशम चौधरीको पार्टीबाट ३ पालिकामा अग्रता लिएको छ। माओवादीबाट भने एक पालिकामा अग्रता लिएको छ। Continue reading “देशभरि २९ पालिकामा थारु उम्मेदवारले लिँदैछन् अग्रता (सूचीसहित)”
टीकापुरमा रेशम चौधरी चौधरीको पार्टीको अग्रता दुई गुणाले बढी
टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीले अग्रता कायम राखेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई गुणा बढी मतले अग्रता लिएको हो। मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १४९० मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका नवराज रावलले ७८१ मतका साथ पछ्याएका छन् भने तेस्रोमा नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन्। Continue reading “टीकापुरमा रेशम चौधरी चौधरीको पार्टीको अग्रता दुई गुणाले बढी”