टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार बलबीर थारूको प्यानल विजयी भएको छ। वडाध्यक्षमा थारूले ८२० मत पाएका छन्। Continue reading “रेशम चौधरीको पार्टीले खोल्यो खाता, टीकापुर-५ मा बलबीर थारूको प्यानल विजयी”
Author: Madan Kumar
टीकापुर, जोशीपुर, जानकी र भजनीमा नागरिक उन्मुक्ति पार्टीको मत कति?
पछिल्लो मतपरिणाम अनुसार कैलालीका २ पालिकामा रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता फराकिलो पार्दै गएको छ। जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो अग्रता कायमै राखेको छ। Continue reading “टीकापुर, जोशीपुर, जानकी र भजनीमा नागरिक उन्मुक्ति पार्टीको मत कति?”
मौन अवधिमा के गर्न पाइन्छ, के गर्न पाइँदैन?
तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरू हुनेछ। यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले भने प्रभावकारी बनाउने भएको छ। Continue reading “मौन अवधिमा के गर्न पाइन्छ, के गर्न पाइँदैन?”
आफ्नै चेलासँग चुनावी प्रतिस्पर्धा गर्दै कृष्णलाल चौधरी
कारी महतो
चितवन : खैरहनी नगरपालिका वडा नं. १२ मा वडा अध्यक्षको पदमा आफैँले पढाएका विद्यार्थीसँग कृष्णलाल चौधरी चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनले नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनका चेला केदारनाथ पन्तले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन्।
२०४० देखि २०५४ सम्म कपिया माविमा शिक्षकको रूपमा अनुभव हासिल गरेका चौधरीले २०५४ सालमा भएको निर्वाचनमा तत्कालीन कुमरोज गाविसको अध्यक्ष पदमा निर्वाचित भई २०५९ सालसम्म कुशलतापूर्वक जिम्मेवारी बहन गरेका थिए। २०५५ सालमा कपिया माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, २०५९ देखि २०६३ सम्म कुमरोज मध्यवर्ती वन उपभोक्ता समूहको अध्यक्षको पनि उनले जिम्मेवारी पूरा गरेका छन्।
विभिन्न समयमा थारू कल्याणकारिणी सभाको विभिन्न पदमा रही काम गरेका चौधरी चितवन जिल्ला दुग्ध विकास समितिका जिल्ला सदस्य, मत्स्य व्यावसायी संघका केन्द्रीय सदस्य र राष्ट्रिय कृषक महासंघको प्रदेश कमिटी सदस्यमा समेत रही काम गरेका छन्। २०४७ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही जिम्मेवारी पूरा गरेका चौधरीलाई वडा नं. १२ को निकै बलियो उम्मेदवारको रूपमा हेरिएको छ।
वैशाख ३० गतेको स्थानीय निर्वाचनमा उनका चेला नेपाली कांग्रेसका केदारनाथ पन्तसहित अन्य प्रतिस्पर्धीहरूमा नेकपा एकीकृत समाजवादी र राप्रपाका कृष्णप्रसाद तिवारीबीच वडा अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदैछ।
५० वटा पालिका प्रमुखमा थारु आकांक्षीहरु, अघिल्लो निर्वाचनको रेकर्ड तोडिएला?
काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाख ३० गते सम्पन्न हुँदैछ। निर्वाचनका लागि ७२ घन्टे मौन अवधि आज राति १२ बजेपछि सुरु पनि हुँदैछ। आसन्न स्थानीय निर्वाचनमा थारु बाहुल्य रहेको पालिकामा कसले जित्ने भन्ने आम चासोको विषय बनेको छ। Continue reading “५० वटा पालिका प्रमुखमा थारु आकांक्षीहरु, अघिल्लो निर्वाचनको रेकर्ड तोडिएला?”
डिज्नी पार्क रिसोर्टदेखि क्यानेइङ निर्माण गर्ने शान्तिकुमारी चौधरी योजना
कारी महतो
चितवन : खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको बाबा ग्याँस प्लान्टको पछाडिबाट बग्ने कुलोमा बग्ने पानीले हरेक वर्षको वर्षायाममा पर्सा बजारलाई नै डुबानमा पार्ने गरेको छ। वर्षभरि पानी बग्ने त्यस कुलोमा क्यानेइङ परियोजना आउने भएको छ। Continue reading “डिज्नी पार्क रिसोर्टदेखि क्यानेइङ निर्माण गर्ने शान्तिकुमारी चौधरी योजना”
पालिका हाँक्ने दौडमा थारु महिला
आसन्न स्थानीय तह निर्वाचनमा तीन जना थारु महिला पालिका हाँक्न उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट सरस्वती चौधरीले जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नो दाबेदारी पेश गरेकी छन्। यसअघि उपमेयरसमेत रहेकी सरस्वती चौधरीले विकसित पालिका बनाउने प्रतिवद्धता जनाएकी छन्। Continue reading “पालिका हाँक्ने दौडमा थारु महिला”
अनुभवी थारु उम्मेदवारलाई युवाको चुनौती
कारी महतो
चितवन : स्थानीय निर्वाचनमा खैरहनी नगरपालिकाको वडा नं. १० मा एमालेका तर्फबाट निकै अनुभवी मानिएका कारीराम चौधरीले दोस्रो कार्यकालका लागि वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। कारीराम चौधरीले २०७४ को निर्वाचनमा वडाअध्यक्ष पदमा विजयी हासिल गरी जनताको मनमस्तिष्कमा बसिसकेका छन्। Continue reading “अनुभवी थारु उम्मेदवारलाई युवाको चुनौती”
७३ प्रतिशत थारु रहेको बारबर्दियाका अब्बल उम्मेदवार सुदीन चौधरी
बर्दियाको बारबर्दिया नगरपालिकालाई निवर्तमान मेयर दुर्गाबहादुर चौधरीले नमुना पालिकाको रुपमा अगाडि बढाए। थारु बाहुल्य क्षेत्र भएको पालिकामा थारु भाषा, कला र सँस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि अग्रपंक्तिमा रहेर काम गरे। Continue reading “७३ प्रतिशत थारु रहेको बारबर्दियाका अब्बल उम्मेदवार सुदीन चौधरी”
राजपुरमा थारु उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
बर्दियाको राजापुर नगरपालिकामा प्रमुख पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। थारु बाहुल्य नगरपालिकामा पूर्वसांसददेखि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार वैशाख ३० गते हुने चुनावमा माओवादी केन्द्रबाट प्रदेश सांसद दीपेश थारुले उम्मेदवारी दिएका छन्। Continue reading “राजपुरमा थारु उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा”