दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएको छ। उनी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए। चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। Continue reading “वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन”
Author: Madan Kumar
झुण्डिएको अवस्थामा भेटिएकी थिइन् सन्जु चौधरी : प्रहरी
भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए। Continue reading “झुण्डिएको अवस्थामा भेटिएकी थिइन् सन्जु चौधरी : प्रहरी”
एसियाली खेलकुदको तयारीमा रहेकी साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला
एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ। Continue reading “एसियाली खेलकुदको तयारीमा रहेकी साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला”
प्रचण्ड यसपटक रेशम चौधरीबारे बोलेनन्, तर बागी उम्मेदवार लक्ष्मी थारुका लागि मागे भोट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि प्रचण्डले भोट मागेका हुन् । कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भने, ‘यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब लाजुराम चौधरी र लक्ष्मी सत्गौवा थारुको टीमले पहिलो बनाउनेछन्, दुबैजनालाई जिताइ दिनुस् ।’
कैलालीमा सत्तागठबन्धनका बीच पालिका बाँडफाँड भए अनुसार कैलारी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस भाग परेका थियो । तर, निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले असन्तुष्ट हुँदै स्वतन्त्र उमेदवारी दिएकी थिइन् । कैलालीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच मात्रै गठबन्धन भएको छ । वैशाख १९ गते तीनै दलका नेताहरुले, प्रमुख र उपप्रमुखमा उमेदवारी दिएका आ-आफ्ना कार्यकर्ताहरुलाई कारबाही गरिएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
लक्ष्मी सत्गौवा थारुको नाम उक्त ९ जनाको लिस्टमा उल्लेख छ । माओवादीले निवर्तमान अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई उम्मेदवार बनाएको थियो । प्रचण्डले, अहिले पनि गठबन्धन क्लियर नभएको बताए।
‘गठबन्धन भन्दैमा झुक्ने काम गरिन्न, हामीले एक्लैले पनि चुनावमा जानुपर्छ, पार्टीका उमेदवार जस्तोसुकै अवस्थामा आएपनि हामीले जिताउनुपर्छ,’ प्रचण्डले भने । प्रचण्डले आफ्नै पार्टीका बागी उम्मेदवारलाई भोट मागे पनि रेशम चौधरीका बारेमा भने केही बोलेनन्।
दुई हप्ताअघि उनी कैलाली पुगेर सरकारसँग रेशम चौधरीको मुद्दाबारे ‘सिरियस’ कुरा गर्ने वाचा गरेका थिए। तर उनले सिरियस कुराबारे अहिलेसम्म केही सार्वजनिक गर्न सकेका छैनन्।
घोराही-८ का उम्मेदवार धनीराम चौधरी, जो दीगो विकासका निम्ति लागिपरेका छन्
धनीराम चौधरी नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं ८ मा वडाध्यक्षका बलियो उम्मेदवार हुन्। नेपाली विद्यार्थी संघ हुँदै राजनीतिक आन्दोलनमा लागेका चौधरी विजयकुमार गच्छादार नेतृत्व गरेको फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत थिए। Continue reading “घोराही-८ का उम्मेदवार धनीराम चौधरी, जो दीगो विकासका निम्ति लागिपरेका छन्”
सुरुङ्गाको मेयर उम्मेददवार गीता चौधरीको यस्तो छ प्रतिवद्धता पत्र
थरुहट आन्दोलनबाट उदाएकी नेतृ गीता चौधरी नेपाली कांग्रेसबाट सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रमुख पदको दाबेदार रहेकी छन्। थारु समुदायको सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनले आफ्नो जित सुनिश्चित भएको बताइन्। Continue reading “सुरुङ्गाको मेयर उम्मेददवार गीता चौधरीको यस्तो छ प्रतिवद्धता पत्र”
जोशीपुरमा जनकराज चौधरीकी श्रीमती कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार
काठमाडौं : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभापति एवं पूर्वसांसद जनकराज चौधरीकी श्रीमती किरन चौधरी कैलालीको जोशीपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार रहेका छन्। Continue reading “जोशीपुरमा जनकराज चौधरीकी श्रीमती कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार”
राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी हो : नरेश जोगी
काठमाडौं : गायक नरेश जोगीले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी भएको बताएका छन्। प्रतिष्ठानले थारु कलाकारहरुको हक हितका लागि काम गर्ने उनले बताए।
‘यो संस्था कुनै व्यक्तिको होइन। यो थारु कलाकारहरुको साझा चौतारी हो। यस संस्थामा पूर्वदेखि पश्चिमसम्मका थारु कलाकारहरुको आबद्धता रहेको छ। यस संस्थाले राज्यबाट पाउने हक अधिकारका निम्ति अग्रस्थानमा रहेर काम गर्छ,’ उनले थारुवानसँग भने।
उनले थारु गीत संगीतले पछिल्लो समय फड्को मारे पनि थारु कलाकारहरुले बिसाउने घर अझै बनिनसकेको बताए। ‘थारु गीत संगीतमा हामी दिनरात काम गर्छौं। जसका कारण पछिल्लो समय यसले फड्को पनि मारेको छ। तर हाम्रा पनि कतिपय दुःखहरु छन्। त्यसलाई कसरी समाधान गर्ने? त्यसको नेतृत्व कसले लिइदिने? हामीले नगरे कसले गरिदिने भनेरै हामीले संस्था गठन गरेका हौं,’ उनले भने।
पहिलो चरणमा यस संस्थाले काठमाडौं केन्द्रीत रहेर जग बलियो बनाउने काम गर्ने उनले बताए। ‘हामी जिल्ला शाखा पनि विस्तार गर्छौं। तर त्यसका लागि पहिले हाम्रो जग बलियो हुनुपर्छ। काठमाडौंमा जति पनि हामी कलाकारहरु छौं। सबैको साझा प्रयासमा यस संस्थाको जग बलियो बनाउँछौं। अनि बल्ल जिल्लातिर मुभ गर्छौं,’ उनले भने।
नरेशले स्थानीय तहको निर्वाचन लगत्तै संस्था दर्ता प्रक्रिया जाने बताए। त्यसका लागि विधानलगायतका कुराहरुको तयारी भइरहेको उनले बताए।
नरेशकै नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन भएको थियो। राजधानीमा गत शनिबार बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।
त्यस्तै सदस्यहरुमा आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राणा, रजनिश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेका छन्। बैठकले सल्लाहकार समेत चयन गरेको छ। जसको कानुनी सल्लाहकारमा राजेन्द्र शर्मा, अभिनेता प्रदीपकुमार चौधरी, निर्माता लोकेन्द्रराज चौधरी, संगीतकार विकास चौधरी र सुशीला चौधरी रहेका छन्।
नागरिक उन्मुक्ति पार्टीका आकांक्षीहरु भन्छन्- हामी जोगाउँछौं रेशम चौधरीको विरासत
मदन चौधरी
काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन संघारमा आउँदै गर्दा कैलालीको टीकापुर क्षेत्र फेरि चर्चाको विषय बनेको छ। थरुहट आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते घटेको ‘टीकापुर घटना’का कारण उक्त क्षेत्र बेला-बेला चर्चामा आइरहन्छ। ठूला दलकै शीर्ष नेताहरुले ‘टीकापुर घटना’लाई कोट्याएर चर्चामा ल्याउँछन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीका आकांक्षीहरु भन्छन्- हामी जोगाउँछौं रेशम चौधरीको विरासत”
थारु कलाकारहरुमा फाटो, नरेश जोगी नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन
गायक नरेश जोगगीको नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरिएको छ। शनिबार राजधानीमा बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। नरेश जोगी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्। Continue reading “थारु कलाकारहरुमा फाटो, नरेश जोगी नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन”