आसन्न स्थानीय तह निर्वाचनमा थारु कलाकारहरु पनि होमिएका छन्। चम्पन साँस्कृतिक समूहमार्फत् थारु कला क्षेत्रमा योगदान पुर्याउँदै आएका नन्दुराज चौधरी दाङको राप्ति गाउँपालिका वडा ४ मा अध्यक्षको उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेबाट वडाध्यक्षका आकांक्षी बनेका हुन्। Continue reading “स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि उपमेयरका आकांक्षी बनेका थारु कलाकारहरु”
Author: Madan Kumar
एउटै पदमा थारु ज्वाइँ र ससुराको सौहार्दपूर्ण प्रतिस्पर्धा
कारी महतो
चितवन : निर्वाचनको पूर्व सन्ध्याहरुमा विभिन्न दलहरुका कार्यकर्ताहरु एकआपसमा जुधेर अंगभंग भएको सुनिन्छ। कतै भाषण गर्दा वा अन्तर्वार्ता दिँदा एकअर्कालाई गाली गलौज गरेको सुनिन्छ। तर चितवनको खैरहनी नगरपालिका वडा नं. ७ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका दुई उम्मेदवारहरु निकै सौहार्दपूर्ण वातावारणमा घरदैलो अभियानमा देखिएका छन्। Continue reading “एउटै पदमा थारु ज्वाइँ र ससुराको सौहार्दपूर्ण प्रतिस्पर्धा”
नागरिक उन्मुक्ति पार्टी फटाहाहरुको पार्टी हो : जनकराज चौधरी
कांग्रेसको सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई फटाहाहरुको जमात भएको बताएका छन्। कैलालीको जोशीपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फटाहाहरुको पार्टीले जनतालाई गुमराहमा पार्ने काम गरेको बताए। Continue reading “नागरिक उन्मुक्ति पार्टी फटाहाहरुको पार्टी हो : जनकराज चौधरी”
थारु समुदायका लागि लालमणिले के गरे ? के गरेनन् ?
कारी महतो
चितवन : लालमणि चौधरी थारु समुदायकै भइकन पनि थारुका लागि कुनै उल्लेखनीय काम नगरेको भनेर केही थारुले आरोप लगाएका छन्। अहिले स्थानीय निर्वाचनको संघारमा यसखालका आरोप-प्रत्यारोप लाग्नु र लगाउनु स्वभाविक हो। तर यस विषयमा मलाई तटस्थरुपमा रही सोधखोज गर्न मन लाग्यो। साँच्चै पाँच वर्षमा थारु समुदायको लागि कुनै काम भएन र?
आरोपको खण्डन गर्दै लालमणि चौधरीले भने, ‘मैले थारु समुदायको लागिमात्र होइन, सबैको लागि काम गरेको छु। किनकि २०७४ सालको स्थानीय निर्वाचनमा मैले थारुलगायत अन्य आदिवासी जनजाति, दलित, ब्राह्मण क्षेत्रीलगायत सबै जातजातिको भोटले जितेको थिएँ। मैले नगरप्रमुखको हैसियतले थारुको लागिमात्र होइन, सबैको लागि काम गर्नु थियो। त्यही भावनाअनुसार मैले काम गरेँ। थारु समुदायका लागि यो वा त्यो काम गरेँ भन्नुभन्दा पनि थारु समुदायको गाउँ बस्तीमा जानुहोस्। सोधखोज गर्नुहोस्। सबै थाहा पाउनुहुनेछ।’
मलाई पनि सोधखोज गर्नु नै थियो। त्यसैले थारु गाउँहरुतर्फ लागे। बाटोघाटो, स्कुल, कृषिजस्ता विकास निर्माणको साझा कामभन्दा पनि मलाई नितान्त थारु समुदायका लागि सम्पन्न भएको काम खोज्नु थियो। मैले झट्ट सम्झेँ। थारु कल्याणकारिणी सभाको एक कार्यक्रममा लालमणि चौधरीले भनेका थिए- थारु समुदायको धार्मिक तथा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने कदम चालेको छु।’ मेयर दाईको यो काम के कति सम्पन्न भयो भनेर म केही थारु गाउँको भ्रमण गरेँ।

सर्वप्रथम म वडा नं. १ मा रहेको बहेरा गाउँको बरमथानमा पुगेँ। बहेरा गाउँका थारु समुदायले परापूर्वकालदेखि विभिन्न अवसरमा पूजापाठ गर्ने बरमथान पाँच वर्षअगाडि निकै नाजुक अवस्थामा थियो। केही सुधार भएको देखियो। २०२६ साल अघि बरमथानका लागि १० कट्ठा जमिन छुट्याइएको थियो। तर अहिले नक्सामा दुई कट्ठा चार धुरमात्र छ। फिल्डमा डेढ कट्ठामात्र रहेछ। त्यही भएपनि संरक्षण गर्नुपर्छ भनेर १५ वर्ष पहिले स्थानीयले नगद संकलन गरेर तारबारसम्म लगाएका थिए। तर त्यो पनि गायब भइसकेको थियो।
खैरहनी नगरपालिकाले लगातार तीन वर्षसम्म बरमथानको लागि बिनियोजन गरेको बजेटबाट चारैतिर पक्की पर्खाल लगाइएको छ। पश्चिमतर्फ पक्की गेट पनि निर्माण गरिएको छ। तर त्यो बजेट निकै थोरै भएको बरमथान संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष धर्मराज चौधरीले बताए।

त्यसखालको बरमथान हरेक थारु गाउँमा हुन्छ। अरु गाउँमा संरक्षण भएको छ कि छैन भनेर हेर्न म दुई किमी पूर्वमा रहेको खैरहनी-८ को मगनी गाउँमा पुगेँ। पर्सा खानेपानीको मुख्य कार्यालय र मुख्य ट्याङ्की रहेको जग्गमा जोडिएर रहेको मगनी गाउँको बरमथान क्षेत्र निकै थोरै रहेछ। दश धुरभन्दा पनि कम रहेछ। बरमथानकै जमिनमा पर्सा खानेपानी बनेको होलाजस्तो लाग्यो। बरमथान क्षेत्रमा नगरपालिकाकै बजेट सहयोगबाट पक्की मन्दिर बनेको रहेछ। बरमथान क्षेत्रभित्र मोजाइक टायल्स, चारैतिर पक्की पर्खाल र पूर्वतर्फ पक्की गेट निर्माण गरिएको रहेछ। केही व्यक्तिहरुले बस्नका लागि सिमेन्टको मेच पनि सौजन्य गरेको पाइयो।
त्यसपछि एक किमी उत्तरपूर्वमा रहेको खैरहनी-९, बस्यौली गाउँको बरमथानमा पुगेँ। लगभग एक कट्ठा क्षेत्रफलमा रहेको बस्यौलीको बरमथानमा एउटा मन्दिर बनाइएको रहेछ। त्यसको चारैतर्फ तारजालीले बारेको देखियो। त्यसपछि सिमलटाँडी हुँदै खैरहनी-७ को मझुई गाउँमा पुगेँ। त्यस करिब डेढ कट्ठा क्षेत्रफलमा रहेको बरमथानमा तीनतर्फबाट पक्की पर्खाल लगाएको र मन्दिर जाने बाटोमा मोजाइक टायल्स लगाएको रहेछ। एक साइडमा पर्खाल र गेट निर्माण गर्न बाँकी रहेको देखियो।
खैरहनी नगरपालिकामा ३० वटा थारु गाउँहरु छन्। सबै गाउँ घुम्न समयको अभाव भयो। त्यसपछि त्यसको बजेटिङबारे सामाजिक विकास समितिमा रही काम गरेका वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष मनेजर चौधरीलाई बरमथानका लागि कतिवटा बरमथानमा बजेट विनियोजन गरिएको थियो भनेर प्रश्न गरेँ। करिब सबै वडाका सबै गाउँको बरमथानका लागि बजेट विनियोजन गरिएको थियो भनेर उनले बताए।

लालमणिकै कार्यकालमा पचास लाख लागतमा थारु कल्याणकारिणी सभाको साँस्कृतिक भवन निर्माण सम्पन्न भएको छ। थारु महिलाहरुले लगाउने साँस्कृतिक भेषभुषा खरिद गर्नका लागि पनि नगरपालिकाले बजेट विनियोजन गरेको र उक्त बजेटबाट महिला समूहहरुले केही साँस्कृतिक भेषभुषा र गरगहना खरिद गरी संकलन गरेको बुझियो। यीलगायत केही ठाउँमा साँस्कृतिक भवन निर्माणकै लागि पनि नगरले बजेट दिएको रहेछ। कतिपय गाउँका थारु महिलाहरुका लागि सीपमूलक तालिम र आयमूलक कार्यक्रमहरु पनि सम्पन्न गरेको जनाइएको छ।
यसरी केही समयको घुमाई र बुझाईबाट पाँच वर्षे कार्यकालमा लालमणिले केही पनि नगरेको भन्न मिल्ने ठाउँ रहेनछ। बजेटको ठूलो हिस्सा विकास निर्माणको काम जाने भएकाले दलित, महिला, जनजातिलगायत सबैलाई भागबण्डा लगाउने क्रममा सामाजिक विकास कार्यक्रमको बजेटको आकार निकै सानो देखिएको चाहिँ निश्चित हो।
आगामी स्थानीय निर्वाचनअन्तर्गत खैरहनी नगरपालिकाको नगरप्रमुख पदमा सात जनाले उम्मेदवारी दिएका छन्। लालमणि चौधरीले दोस्रो कार्यकालका लागि नेकपा एमालेको तर्फबाट पुनः उम्मेदवारी दिएका छन्। गठबन्धन दलहरुले साझा उम्मेदवारीको रुपमा नेपाली कांग्रेसको शशी कुमार खनियालाई अगाडि सारेका छन्। त्यस्तै राप्रपाको तर्फबाट सागर पाण्डे, राष्ट्रिय जनमोर्चाको तर्फबाट धनबहादुर थापा, जनमत पार्टीको तर्फबाट विरेन्द्र प्रसाद यादव र स्वतन्त्रबाट दुईजना विकास डल्लाकोटी र रामशरण बर्तौलाले उम्मेदवारी दिएका छन्।

गठबन्धनका उम्मेदवार शशी कुमार खनियाले थारु समुदायको बाहुल्य रहेको नगरपालिकाबाट थारु समुदायका लागि निकै कम बजेट विनियोजन भएको बताए। थारु कल्याणकारिणी सभाको भवन निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउन सर्वदलीय संयन्त्रमा प्रस्ताव लैजाने व्यक्ति आफू भएको दाबी गर्छन्। ‘नेपाली कांग्रेसको नगर सभापतिको हैसियतले मैले नै सर्वदलीय संयन्त्रमा जग्गा उपलब्ध गराउने प्रस्ताव राखेको हुँ,’ उनले भने।
फूले जितेमा नगरक्षेत्रभित्र रहेका थारुलगायत सबै जातजातिका विभिन्न समूहहरुसँग छलफल र सहकार्य गरी ती समूहहरुको आवश्यकताका आधारमा काम गर्ने बताएका छन्। पाँच वर्षमा लालमणि चौधरीले गरेको कामभन्दा धेरै र उल्लेखनीय काम गर्ने शशी कुमार खनियाले प्रतिवद्धता व्यक्त गरेका छन्।
राजापुर वडा ५ मा अब्बल युवा नेताको उम्मेदवारी
बर्दियाको राजापुर नगरपालिका थारु बाहुल्य क्षेत्र हो। त्यही थारु बाहुल्य क्षेत्र राजापुर वडा-५ मा युवा नेता रमेश चौधरीले उम्मेदवारी दिएका छन्। राजापुर नगर विकासका लागि युवाहरुको भूमिका अपरिहार्य रहेको भन्दै उनले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हुन्।
तर, प्राविधिकरुपमा उनको उम्मेदवारी स्वतन्त्र हुन पुगेको छ। पार्टीले आधिकारित उम्मेदवारको रुपमा उनलाई उभ्याए पनि उनीविरुद्ध पहिल्यै बागी परेको हुँदा निर्वाचन आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको रुपमा उभ्याएको छ।
‘पार्टीले मलाई आधिकारित उम्मेदवार बनाएको हो। तर केही व्यक्तिले मभन्दा पहिल्यै पार्टीको नामबाट उम्मेदवारी दिएकाले पार्टीको भुनावभन्दा बाहिरी चुनाव चिन्हमा चुनाव लड्नुपरेको छ,’ उनले भने। निर्वाचन कार्यालयले रमेशलाई खरायो चुनाव चिन्ह प्रदान गरेको छ। नयाँ चुनाव चिन्हबाट जाँदा उनीमाथि चुनौति पनि थपिएको छ। तर राजापुरको वडा ५ माओवादी बाहुल्य रहेको उनको दाबी छ।
‘वडा ५ माओवादी बाहुल्य क्षेत्र हो। यतिबेला हामी घर घर पुगेर कसरी मत हाल्ने भनेर सिकाइरहेका छौं। हामीले सबैलाई प्रमुख र उपप्रमुखमा हसिया हथौडा र बाँकी सबैमा खरायो चिन्हमा मतदान गर्न अपील गरेका छौं,’ उनले भने।
उनले राजापुरको समग्र विकास, थारु जातिको पहिचान, भाषा, सँस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न आफ्नो प्रमुख भूमिका रहने बताए। राजापुर कृषि उपज क्षेत्र रहेको र हरेक वर्ष प्राकृतिक विपत्तिको समेत सामना गर्नु परिरहेको राजापुरबासीलाई ती समस्या समाधानका निम्ति आफू खट्ने उनले बताए।
बागी उम्मेदवार रहेका रामबहादुर थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। माओवादी केन्द्रको पत्रपछि निर्वाचन अधिकृतको कार्यालयले थारुको उम्मेदवारी खारेज गरेको हो।

दुहवी नगरपालिकामा भगवत लाल चौधरीको दावेदारी
आसन्न स्थानीय तह निर्वाचनमा सुनसरीको थारु बाहुल्य क्षेत्र दुहवी नगरपालिकामा भगवत लाल चौधरीले स्वतन्त्रबाट प्रमुखमा दाबेदारी पेश गरेका छन्। भगवत लालको नेतृत्वमा दुहवीको उपप्रमुखदेखि वडासम्मै दाबेदारी पेश गरिएको छ। Continue reading “दुहवी नगरपालिकामा भगवत लाल चौधरीको दावेदारी”
चितवनको खैरहनीमा ५९ जना थारुको प्रतिस्पर्धा
चितवन : थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनी नगरपालिकाको वैशाख ३० गते हुने स्थानीय चुनावमा विभिन्न दलहरुले कूल ५९ जना थारु समुदायका उम्मेदवार उठाएका छन्। नेकपा एमालेको सबैभन्दा धेरै थारु उम्मेदवार रहेका छन्। Continue reading “चितवनको खैरहनीमा ५९ जना थारुको प्रतिस्पर्धा”
रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई बिना कारण जेलमा राखेको बताएका छन्। कैलालीमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले सरकार नढलेको भए उक्त समस्या समाधान भइसक्ने बताए। Continue reading “रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन : केपी ओली”
लहान नगर बनाउने चन्दन चौधरीको सपना
चन्दन चौधरी सिरहाको लहान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। आफ्नो गाउँ आफैँ बनाउ अभियान सञ्चाल गरिरहेका उनले राजनीति, श्रोत र साधनमा युवाको नियन्त्रण र सफा, शिक्षित, स्वास्थ्य, स्वरोजगार तथा महिलामैत्री नगरको निर्माण गर्न उनी अग्रस भएका छन्। Continue reading “लहान नगर बनाउने चन्दन चौधरीको सपना”
बाराको करैयामाईमा एमालेको लालकिला स्थापित हुन्छ : वलवीर चौधरी
बारा : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर करैयामाई गाउँपालिका वडा नम्बर ८ को कार्यालय नरहीमा स्थापना गरिएको छ। Continue reading “बाराको करैयामाईमा एमालेको लालकिला स्थापित हुन्छ : वलवीर चौधरी”